तपाईंको व्यवसायका लागि उपयोगी हुनसक्ने व्यवसाय सम्बन्धि प्रकाशन, निर्देशिका र टेम्प्लेटहरू यहाँ पाउन सक्नुहुनेछ ।
क्रमनामविवरणभाषास्रोत
1व्यापार योजनाका लागि टेम्प्लेट (Word file)व्यापार लक्ष्य, रणनीति, सञ्चालन, र वित्तीय अनुमानहरूको रूपरेखा निर्धारण यो टेम्प्लेटले व्यापार सफलताको लागि खाका र सरोकारवालाहरूका लागि सञ्चार उपकरणको रूपमा काम गर्न सक्छ । तपाईको व्यवसायको बारेमा विस्तृत रूपमा व्याख्या गर्न यो टेम्प्लेट ठूलो महत्वपूर्ण रहेको छ ।
2वित्तीय प्रक्षेपण स्प्रेडसिट (टेम्पलेट)वित्तीय विवरणहरूमा मुख्य विद्याहरु बुझ्न यो टेम्प्लेट प्रयोग गर्नुहोस् -- ब्यालेन्स शीट; लाभ/हानि खाता र नगद प्रवाह विवरण ।
3वित्तीय योजनाका आधारभूत विषयहरु - लघु, घरेलु तथा साना उद्योगका लागि ई-गाईडयो गाइडले तपाईंलाई व्यापारिक विषयमा वित्तलाई अझ राम्ररी बुझ्न र तपाईंको व्यापारलाई प्रतिबिम्बित गर्न, पुन: सुरु गर्न वा पुनरुत्थान गर्न र नयाँ बजार अवस्थाहरूमा तपाईंको व्यापार प्रदर्शनलाई अनुकूलन गर्न वित्तीय योजनाको विकाससँग परिचित हुन सक्षम बनाउँछ । यो गाइड क्यारिबियन विकास बैंक (CDB) को योगदान र फ्रान्कफर्ट स्कूल अफ फाइनान्स एण्ड म्यानेजमेन्टको प्राविधिक सहयोगबाट संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) बार्बाडोस र पूर्वी क्यारिबियन द्वारा मस्यौदा गरेको हो ।
4मार्केटिङ र ब्रान्डिङको लागि व्यावहारिक गाइडपश्चिमी अस्ट्रेलियाको साना व्यवसाय विकास निगमले साना व्यवसायहरूको लागि यो गाइड तयार पारेको हो ।
5व्यापार योजना/प्रस्ताव टेम्प्लेट (पावरपोइन्ट)जानकारीद्वारा तयार गरिएको यो व्यापार योजना/प्रस्ताव टेम्प्लेटले तपाईंलाई तपाईंको व्यावसायिक कृषि-फार्म व्यवसायका लागि दिशानिर्देशन गर्दछ ।
क्रमनामविवरणभाषास्रोत
1मौरी पालन पुस्तिकामाहुरीपालनमा प्रमाणित भएका उत्कृष्ट अभ्यासहरू अनुसार निर्मित, यो म्यानुअलले मौरीपालन विधि र सो सम्बन्धित उद्देश्यका बारे व्यावहारिक मार्गदर्शन प्रदान गर्दछ ।
2केरा खेती पुस्तिकाविगतका अनुभवहरूबाट सफल अभ्यासहरू चित्रण गरेर सावधानीपूर्वक बनाइएको, यो पुस्तिकाले केरा खेतीका विविध विधिहरूमा किसानहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्दछ ।
3कुखुरा उत्पादन सम्बन्धी पुस्तिकायस पुस्तिकाले प्रभावकारी कुखुरा उत्पादन प्रविधि साथै तिनीहरूका विविध उपयोगिताका बारेमा जानकारी दिन्छ ।
4जैव उर्वरक र जैविक कीटनाशक बुलेटिनयस पुस्तिकाले किसानहरूलाई कृषिमा जैविक मल र जैविक विषादीको सम्भाव्यतालाई उपयोग गर्न आवश्यक ज्ञान र प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
5च्याउ उत्पादन र मार्केटिङ पुस्तिकायस म्यानुअल भित्र निहित निर्देशनहरू च्याउ खेती र उत्पादनलाई सहज बनाउने उद्देश्यका साथ साथै खेती गरिएको च्याउ बेच्न र प्रवर्द्धन गर्न प्रभावकारी मार्केटिङ रणनीतिहरूको बारेमा निर्देशनहरु दिइएको छ ।
6व्यावसायिक बाख्रा पालन पुस्तिकायो म्यानुअलले व्यापारीक बाख्रा पालन गर्ने किसानहरूलाई नस्ल चयनदेखि स्वास्थ्य हेरचाह साथै अन्य सबै पक्षहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ ।
7प्राङ्गारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीPGS प्रणाली अन्तर्गत सामूहिक गुणस्तर स्तरको प्रमाणीकरणको दृष्टिकोणले कृषकहरूलाई जैविक खेतीमा संलग्न हुन प्रेरित गर्छ, साथै विषाक्त पदार्थ र रासायनिक पदार्थहरू रहित जैविक खाद्य उत्पादनमा पनि सहयोग गर्छ ।
8ताजा तरकारी उत्पादन श्रोत पुस्तिकाताजा तरकारी उत्पादनको लागि यो पुस्तिका यस क्षेत्रका अघिल्ला अनुभवहरूबाट सफल अभ्यासहरू चित्रण गरेर सावधानीपूर्वक तयार गरिएको छ । यस पुस्तिकाको प्राथमिक उद्देश्य किसान र फिल्डमा कार्यरत प्राविधिकहरुले सजिलै बुझ्न सकिने गरी व्यावहारिक मार्गदर्शन प्रदान गर्नु हो ।
क्रमनामविवरणभाषास्रोत
1बजार अनुसन्धान प्रतिवेदन - नेपालमा मह र माहुरी पालन (२०१४)यस अध्ययनले दाङ, कैलाली, प्युठान र सुर्खेतका चार जिल्लामा महको बजार अवस्थालाई रेखांकित गरेको छ ।
2नेपालको उत्पादनयहाँ नेपालबाट निर्यात हुने २८ उत्पादनहरूको सूची, तिनीहरूको उत्पादन विशेषता, उत्पादन प्रक्रिया र सम्भावित बजारका बारे हेर्नुहोस् ।
क्रमनामविवरणभाषास्रोत
1नेपालको उत्पादनयहाँ नेपालबाट निर्यात हुने २८ उत्पादनहरूको सूची, तिनीहरूको उत्पादन विशेषता, उत्पादन प्रक्रिया र सम्भावित बजारका बारे हेर्नुहोस् ।
2व्यावसायीक जडिबुटि तथा सुगन्धित बिरुवाहरुको पहिचान पुस्तिका (२०१७)यस प्रतिवेदनले ६९ वटा औषधीजन्य बिरुवाको प्रकृति, उत्पादन क्षेत्र तथा बिरुवाको विवरण र व्यापारिक क्षेत्र सहित विस्तृत जानकारी प्रदान गर्दछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी, उत्पादक, लगानीकर्ता र औषधिजन्य विरुवामा रुचि राख्ने व्यक्तिहरूका लागि सहयोग पुर्याउँछ ।
3नेपाल व्यापार एकीकरण रणनीति २०२३ (२०८०) (नेपालीमा)यस प्रतिवेदनले नेपालका लागि ३२ क्षमतावान् उत्पादन र सेवाहरूको निर्यात सम्भावनालाई पहिचान गरेको छ । दाल, जुट, तरकारी, फलफूल, मसला र कफी कृषि श्रेणीमा पर्छन् । वन क्षेत्रको परिधिमा ह्यान्डमेड लोक्ता पेपर, रोजिन र टर्पेन्टाइन, सुगन्धित तेल र लामो फाइबरको कपडा । गहना, पास्ता, हिमालयन स्प्रिङ पानी, मह, छुर्पी, र साना र घरेलु उद्योग अन्तर्गत पर्ने अन्य - यी सबै २०१६ मा प्रस्तुत अघिल्लो रणनीतिभन्दा नयाँ थप भएको हो ।
4औषधीजन्य र सुगन्धित बिरुवाहरू - सरोकारवाला निर्देशिका (२०१४)निर्देशीकाले नेपालभरका औषधीजन्य र सुगन्धित बिरुवा सम्बन्धी सरोकारवालाको तथ्यांकको संकलन प्रस्तुत गर्दछ । यसमा मूल्य निर्धारण तथा यसमा प्रत्यक्ष सरोकार राख्नेहरुको विस्तृत सम्पर्क विवरण र नेपालका विभिन्न औषधीजन्य र सुगन्धित बिरुवाहरूको जानकारी संलग्न गरीएको छ । यो डाइरेक्टरी विशेष गरी राष्ट्रिय स्तरमा, बजारसँग जोडिन को लागी संकलित गरिएको हो ।
क्रमनामविवरणभाषास्रोत
1चीनमा औषधि र सुगन्धित बिरुवा उत्पादन कसरी निर्यात गर्नेनेपालको उच्च हिमाली र हिमाली क्षेत्रमा यार्सागुम्बा, चिराइतो, पाखानवेद, जटामासी, सुगन्धवल, मजिथो, सिलाजित, पदमचाल र कुड्कीलगायतका विभिन्न प्रकारका औषधी र सुगन्धित बिरुवाहरू पाइन्छ । यी प्रजातिका बिरुवाहरू नेपालका लागि अद्वितीय छन् र अन्तर्राष्ट्रिय बजारमा अतुलनीय मूल्यहरूमा बिक्रि हुन्छन् ।
2चीनमा कार्पेट कसरी निर्यात गर्नेनेपालको हातले बनाएको ऊनी गलैंचा युरोप र विश्वका अन्य विकसित देशहरूमा मात्र नभएर, चीनमा समेत राम्रो परिमाणमा निर्यात भइरहेको छ ।
3नेपाल राष्ट्रिय निर्यात रणनीति - चियाआईटीसी ट्रस्ट फण्डको आर्थिक सहयोग र प्राविधिक सहयोगमा वाणिज्य मन्त्रालयको नेतृत्वमा नेपालको चिया निर्यात रणनीति तयार भएको हो ।
4नेपाल राष्ट्रिय निर्यात रणनीति - ठूलो अलैंचीआईटीसी ट्रस्ट फण्डको आर्थिक सहयोग र प्राविधिक सहयोगमा वाणिज्य मन्त्रालयको नेतृत्वमा नेपालको ठूलो अलैंची निर्यात रणनीति तयार भएको हो ।
5नेपाल राष्ट्रिय निर्यात रणनीति - हस्तनिर्मित कागजहस्तनिर्मित कागज नेपालको प्राथमिकता निर्यात क्षेत्रहरू मध्ये एक हो।
6नेपाल राष्ट्रिय निर्यात रणनीति - कफीकफी निर्यात रणनीति २०१७-२०२१ ले यस क्षेत्रको प्रतिस्पर्धात्मक अवरोधहरूलाई सम्बोधन गर्ने र गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, स्थानीय स्रोतहरूको उपयोग, व्यापार घाटा घटाउन दिगो रूपमा उत्पादन, प्रशोधन, मार्केटिङ र गुणस्तर सुधारका क्षेत्रमा व्यापक दिशानिर्देशन प्रदान गर्ने लक्ष्य राखेको छ ।