हाम्रो बारे

आफ्ना व्यवसायिक आवश्यकता पुरा गर्न घु, साना तथा मझौला उद्यमहरुलाई जानकारी, ज्ञान र स्रोतसम्म पहुँच दिने एउटा प्ल्याटफर्म आवस्यक छ। जानकारीलाई सूचना प्ल्याटफर्मका रूपमा बुझ्न सकिन्छ, जसले नेपालमा लघु, साना र मझौला व्यवसायहरू (एमएसएमई) लाई आवश्यक जानकारी प्रदान गर्छ।
 

जानकारीलाई केएफडब्लु अन्तर्गतको प्राविधिक सहयोग कार्यक्रम नेपालमा ग्रामीण र अर्धशहरी क्षेत्रहरूमा दिगो आर्थिक विकास (सेड्रा) को एक भागको रूपमा विकास गरिएको हो जसलाई व्यवसाय र वित्त परामर्श (बिएफसी) जीएमबिएचद्वारा कार्यान्वयन गरिएको छ।

 

तपाईं यस प्लेटफर्ममा के पाउन सक्नुहुन्छ?

हाम्रो विचार सरल छ:

तपाईंले यस पोर्टलमा खोज गर्दैगर्दा यसले तपाईंलाई सूचित  प्रेरित गर्नेछ। र तपाईंलाई व्यापारको बारेमा सोच्नेआफ्नै व्यवसाय सुरु गर्नेव्यवसायलाई अझ विवेकपूर्ण रूपमा व्यवस्थापन गर्ने र तपाईंको व्यवसायलाई बढाउनमा त्यो छलांग लिनका निमित्त सहि निर्णयहरू गर्न मद्दत गर्नेछ भनि हामी आशा राख्छौँ।

सफल व्यवसायका कथाहरूव्यवसाय व्यवस्थापनका विषयमा ब्लगहरू, व्यवसाय सम्बन्धिका विशेषज्ञ तथा सेवा प्रदायकहरूको सूची, व्यवसाय सम्बन्धि आवश्यक उपकरण, गाइड र टेम्प्लेटहरू, कानून, कार्यक्रम र नितिहरुबारे जानकारी, उद्यम सम्बन्धि समाचार र सम्भावित व्यवसाय अवसरहरूबारे उपयोगी रिपोर्टहरू तपाईंले यहाँ भेट्न सक्नुहुन्छ। यी पहिले नै सार्वजनिक डोमेनमा उपलब्ध भएपनि यहाँ तपाईंको लागि संकलन गरिएको छ।

 

यो प्लेटफर्म कसको लागि हो?

  • सबै संचालनमा रहेका लघुसाना तथा मझौला उद्यमहरु (औपचारिक रूपमा चलाइएको + अर्ध-औपचारिक रूपमा चलाइएको + अनौपचारिक रूपमा चलाइएको)
  • लघु, साना तथा मझौला उद्यमबारे सोच्दै गरेका युवा श्रोताहरू
  • लघु, साना तथा मझौला उद्यम आकांक्षीहरू
  • विचारणमा चासो भएका व्यक्तिहरू

 

अस्वीकरण:

यस पोर्टलमा राखिएको जानकारी विभिन्न स्रोतहरू प्रयोग गरी संकलन गरिएको/लेखिएको छ। जानकारी पोर्टलमा रहेका सामग्रीलाई सल्लाहको रूपमा लिनु हुँदैन, यसलाई कुनै पनि प्रकारको ग्यारेन्टी बिना प्रदान गरिएको हो। प्लेटफर्ममा प्रस्तुत जानकारी/ब्लगहरूको प्रयोग गर्दाको कुनै पनि परिणामको लागि जानकारी टोली जिम्मेवार हुनेछैन।