तपाईंलाई आफ्नो व्यवसाय सरल बनाउन मद्दत गर्ने औजारहरुको एक हब। तपाईको व्यवसायको लागि कुन औजारले राम्रो काम गर्न सक्छ, त्यस्ता केहि उपकरणहरूको सुची ।
क्रमनामविवरणभाषास्रोत
1टीग (tigg)tigg ले साधारण प्रयोगकर्ता-अनुकूल लेखा सम्बन्धी काम साथै व्यवसायको आधारभूत लेखा मात्र नभएर निर्णय लिनका लागि व्यावहारीक रिपोर्टहरू पनि उत्पादन गर्दछ । यसबाहेक, यसको क्लाउड-आधारित प्रकृतिले जहाँसुकैबाट प्रयोग गर्न मिल्छ ।
2खातापानाएकल व्यवसायी, साना व्यवसाय, साझेदारी फर्म, फ्रीलान्सर वा भर्खरै आफ्नो उद्यम सुरु गर्नुभएको छ भने, Khatapana तपाइँको वित्तीय लेनदेन व्यवस्थापन गर्न को लागी एक महत्वपूर्ण एप हो ।
क्रमनामविवरणभाषास्रोत
1SlackSlack एउटा सहकार्य र सञ्चार माध्यम हो, जुन समूह र व्यवसायहरूलाई दिमागमा राखेर सिर्जना गरिएको हो । यसले समूहलाई एउटै-समयमा छुट्टै ठाउँहरूमा सन्देश पठाउन, फाइलहरू साझेदारी गर्न, परियोजनाहरूमा सँगै काम गर्न, र व्यवसायले प्रयोग गर्ने अन्य उपकरणहरूसँग एकीकृत गर्न अनुमति दिन्छ । साथै, तपाईंले साझेदारी गर्नुभएको सबै चीजहरू तपाईंलाई आवश्यक परेको बेलामा व्यवस्थित रूपमा राखीएको हुन्छ । यसले ईमेल खोल्ने र बन्द गर्ने झन्झटलाई पूर्ण रुपमा विस्थापित गरेको छ ।
2DiscordDiscord को साथमा आफ्नो कुराकानी सरल बनाउन सकिन्छ । यो एपले प्रयोगकर्ताहरूलाई आफ्नै निजी सञ्चार सर्भरहरू सिर्जना गर्न दिन्छ, जसले ह्यासट्यागद्वारा तोकिएका धेरै च्यानलहरूमा एकसाथ बस्न मिल्छ । यो परियोजना छलफल गर्न साथै अन्य थुप्रै कामहरु संचालन गर्न एक उत्कृष्ट र महत्वपूर्ण उपकरण हो।
क्रमनामविवरणभाषास्रोत
1Wixयदि तपाइँ तपाइँको व्यवसाय अनलाइनबाट सञ्चालन गर्न, ब्लग सुरु गर्न, घटनाहरू व्यवस्थित गर्न, र अनलाईन समुदाय निर्माण गर्न चाहानुहुन्छ, भने वेबसाइट अनिवार्य छ र यसैको लागि तपाईलाई Wix चाहिन्छ । यसको आफूले खोजे जस्तो टेम्प्लेटहरू र प्रयोगकर्ता-मैत्री उपकरणहरूको साथमा तपाईँले आफुले खोजे जस्तो प्रयोगकर्ता-मैत्री वेबसाईट बनाउन सक्नुहुन्छ ।
2Canvaआफ्नो व्यवसायको लागि मनमोहक मार्केटिङ डिजाइनहरू सिर्जना गर्न चाहनुहुन्छ तर फोटोशप फोटोसप आउँदैन ? क्यानभाले तपाईलाई यसको समाधान दिन्छ । यसको पूर्व-निर्मित टेम्प्लेटहरूसँग भएको ग्राफिक डिजाइन उपकरणले तपाईंलाई असाधारण डिजिटल सामग्रीहरू सिर्जना गर्न मद्दत पुर्याउँछ ।
क्रमनामविवरणभाषास्रोत
1SnapHRMमानव संसाधनहरू म्यानुअल रूपमा ट्र्याकिङ र व्यवस्थित गर्दा साना व्यवसायहरूको ठूलो समय र लागत उपयोग हुन जान्छ । SnapHRM: एक प्रयोगकर्ता-मैत्री, क्लाउड-आधारित HR व्यवस्थापन समाधान हो जसले तपाईंलाई कुशलतापूर्वक आफ्ना कर्मचारीहरूको डाटाबेस निर्माण गर्न, छुट्टी दिन, उपस्थिति, पेरोल, र अन्य धेरै व्यवस्थापन गर्न सहयोग गर्छ । यसरी तपाईँको बहुमूल्य समय सजिलै बचत हुन सक्दछ ।
क्रमनामविवरणभाषास्रोत
1Mail-ChimpMailChimp इमेल मार्केटिङ मा विशेषज्ञ, एउटा एकल विन्दु मार्केटिङ प्लेटफर्म हो । यसको AI-संचालित विचारहरू र टेम्प्लेटहरूले ठुलो मद्दत पुग्दछ, ग्राहक इमेल र मार्केटिङ अभियानहरू सिर्जना गर्न एकदम सजिलो हुन्छ । साथै, यसको स्वचालन प्रवृधिले तपाईलाई जे सिर्जना गर्नुहुन्छ सही समयमा सही मानिसहरूलाई पठाउन मद्दत गर्दछ ।
2HubSpotHubspot ले तपाईंलाई सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ - जस्तै तपाईंको ग्राहकहरू । यो एक CRM प्लेटफर्म हो जसमा उपकरणहरूको एक विशाल क्षेत्र समायोजित हुन्छ जसले तपाईंको कम्पनीको उत्पालन बजार सामु प्रभावकारी रूपमा बिक्री गर्नका लागि मद्दत गर्दछ ।
क्रमनामविवरणभाषास्रोत
1आसन (Asana)के तपाईं ठूला कामलाई व्यवस्थित बनाउन विभाजन गर्न संघर्ष गर्दै हुनुहुन्छ? आसन तपाईको लागि सही उपकरण हो । यसले तपाइँलाई योजना बनाउन, संगठित गर्न, सहयोग गर्न, कार्यान्वयन गर्न र कार्यहरूलाई ट्राक गर्न मद्दत गर्दछ ।
2गुगल सुइट (Google Suite)जसरी रिमोट काम गर्ने व्यवस्थाले गति प्राप्त गरेको छ त्यसैगरी गुगल सुइटले पनि गति समातेको छ । तपाईको व्यवसायमा यदि सबैसँग Gmail खाता छ भने, तपाईले यसको अन्तर-जोडित अनुप्रयोगहरू सिर्जना गर्न, सहकार्य गर्न, सञ्चार गर्न, र थप अन्य कामका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
3जेपिएर (Zapier)जेपिएर (Zapier) स्वचालनमा आधारीत छ । निर्बाध रूपमा तपाइँका सबै अनुप्रयोगहरू जडान गरेर र दोहोरिने म्यानुअल कार्यहरू स्वचालित रूपमा, यसले तपाइँको कार्यप्रवाहलाई सुव्यवस्थित बनाउँछ र उत्पादकत्व बढाउँछ ।