डिजिटल मार्केटिङ मार्फत आफ्नो व्यवसाय बढाउनुहोस्

सही डिजिटल मार्केटिङका साथ तपाईं आफ्नो ब्रान्डको उपस्थिति बढाउन, उपभोक्ताको ध्यानाकर्षण गर्न, र बिक्री संख्याको छलांग देख्न सक्नुहुन्छ।
Digital Marketing | Source: Image by Wynn Pointaux from Pixabay

यो बुझ्नुहोस् – नेपालले इन्टरनेटको पहुँच, डिजिटल उपकरण र सामाजिक संजाल प्लेटफर्महरूको प्रयोगमा तीव्र वृद्धि देखेको छ। यसको मतलब मोबाइल उपकरणहरू, डेस्कटपहरू, र अन्य प्लेटफर्महरू जस्ता वेब-आधारित डिजिटल प्रविधि प्रयोग गरेर तपाईंको व्यवसायले लक्षित ग्राहकहरूमा प्रत्यक्ष पहुँच राख्न सक्छ। यसमार्फत ग्राहकहरुको विशेष आवश्यकताहरू बुझेर उनीहरूलाई सिमलेस/सजिलो सेवाहरूको दिन तपाईंको व्यवसाय सक्षम हुन सक्छ।

सीमित स्रोतहरू भएका व्यवसायहरूका लागि डिजिटल मार्केटिङ ‘किन’ का थप कारणहरु छन्:

  • कम लागतमा सम्भावित ग्राहकहरू बीच दृश्यता र चेतना
  • लक्षित दर्शकहरूमा पहुँच, ग्राहकहरूसँग जोडिन र अन्तरक्रिया गर्न (जस्तै, उत्पादन र सेवा प्रतिक्रिया लिन)
  • आफ्नो मार्केटिङ पोफोर्मेन्स मापन गरेर समायोजन र अनुकूलन गर्नुहोस्
  • नयाँ अवसरहरू कब्जा गर्न सामाजिक संजाल प्लेटफर्महरू प्रयोग गर्नुहोस्
  • वेबसाइट ट्राफिक बढाउनुहोस्, लीडहरू उत्पन्न गर्नुहोस्, र तिनीहरूलाई वफादार ग्राहकहरूमा रूपान्तरण गर्नुहोस्
  • आफ्नो वेबसाइट मार्फत प्रभावकारी र आकर्षक रूपमा उत्पादन वा सेवाहरू प्रदर्शन गर्नुहोस्
  • प्रतिद्वन्द्वीहरू भन्दा फरक पहिचान बनाउनुहोस् र ठूला व्यवसायहरूसँग प्रतिस्पर्धा गर्नुहोस्

 

यद्यपि, अनुसन्धान र योजना यस व्यापक मार्केटिंग प्रक्रियाको आधार तय गर्ने दुई मुख्य पाटो हुन्। अन्यथा, इच्छित परिणामहरू प्राप्त गर्ने सम्भावना थोरै हुन्छ। परम्परागत मार्केटिङको तुलनामा यसलाई कम स्रोतहरू चाहिन्छ। तर यसको प्रक्रिया तपाईंले पूर्ण रुपले बुझ्न र आवश्यक प्रयास गरिराख्न महत्वपूर्ण छ।

पहिलो, यदि तपाईं डिजिटल मार्केटिंगको फाइदा लिन चाहनुभएको स्टार्टअप वा सानो व्यवसाय हुनुहुन्छ भने एउटा राम्रो वेबसाइट बनाउनु उत्तम हुन्छ। यदि तपाईंसँग सीमित स्रोतहरू छन् भने सामाजिक संजालमा तपाईंको व्यवसायको उपस्थिति बनाउनुस्। अब डिजिटल मार्केटिङ रणनीतिहरू प्रयोग गरेर तपाईंको व्यवसाय बढाउने केही तरिकाहरू हेरौं।

 

तपाईंको लक्षित दर्शक निर्धारण गर्नुहोस्

आफ्नो लक्षित बजार पहिचान गर्नुहोस्। लक्षित दर्शक भनेको तपाईंले आफ्नो मार्केटिङ प्रयासहरूमा ध्यान केन्द्रित गर्ने विशेष बजार समूह हो । तपाईंसँग निर्दिष्ट दर्शकवर्ग हुँदा तपाईंको व्यवसायले थप सान्दर्भिक सामग्री, सन्देश र विज्ञापनहरू सिर्जना गर्न सक्छ। यदि तपाईं धेरै महत्वाकांक्षी हुनुभयो वा तपाईंको अफरमा रुचि राख्ने पर्याप्त व्यक्तिहरू छैनन् भनेर धेरै ढिलो पत्तो पाउनुभयो भने, तपाईंले आफ्नो स्रोत त्यसै बर्बाद गर्नुहुने छ।

 

लक्षित दर्शक कसरी पहिचान गर्ने?

  • तपाईंको हालको ग्राहक आधारको जनसांख्यिकी जाँच गर्नुहोस्
  • तपाईंको वेबसाइटका आगन्तुकहरूको विशेषताहरू विश्लेषण गर्नुहोस्
  • तपाईंको उत्पादन वा सेवाको लागि लक्षित दर्शकहरू निर्धारण गर्नुहोस्
  • आफ्ना प्रतिस्पर्धीहरूलाई चिन्नुहोस्
  • प्राथमिक र माध्यमिक उद्देश्यहरू तय गर्नुहोस्

 

मोबाइल-अनुकूल वेबसाइट सिर्जना गर्नुहोस्

धेरैभन्दा धेरै प्रयोगकर्ताहरू मोबाइल उपकरणहरू प्रयोग गरेर तपाईंको व्यापार वेबसाइटमा पुग्दा ती सम्भावित ग्राहकहरूले आँखा मिची-मिची आफ्ना स्क्रिनमा हेर्दै तपाईंको साइट ठिक तरिकाले नेभिगेट गर्न संघर्ष गर्नुपर्ने त पक्कै चाहनु हुन्न होला। तपाईंको वेबसाइटको लोड टाइम (लोड हुने समय*) अप्टिमाइज गर्नुहोस्, एक रेस्पोन्सिभ/प्रतिक्रियाशील (source responsive, approximate trans.)* ल्यान्डिङ पृष्ठ/पेज निर्माण गर्नुहोस्, र तपाईंको मोबाइल प्रयोगकर्ताहरूलाई जित्न कम्मर कस्नुस्।

जुनसुकै यन्त्रको प्रयोग गरेपनि वेबसाईट भ्रमण गर्ने सबैको अनुभव सन्तोषजनक रहने सुनिश्चित गर्न महत्त्वपूर्ण छ। मोबाइल आगन्तुकको राम्रो अनुभवले तपाईंले नयाँ ग्राहक कमाउन सक्नुहुन्छ।

 

एसईओ गुरु बन्नुहोस्

यो तपाइँको एसईओ टोपी लगाउने समय हो।* तपाइँको पेज रैंकिंग बढाउनुहोस्, र आफ्नो डिजिटल उपस्थिति अधिकतम गर्नुहोस्। यदि तपाईंको व्यवसायसँग पहिले नै राम्ररी डिजाइन गरिएको वेबसाइट छ भने, यसको कार्यात्मकता आंकलन गर्न उपयोगिता र खोज इन्जिन रैंकिंगहरू विशलेषण गर्नुहोस्। डिजिटल संसारको शोर माथि उठेर खोज परिणामहरूमा उच्च स्थानमा देखा पर्नको लागि व्यवसायहरूले धेरै प्रयास गर्नुपर्छ।

तपाईंको लक्षित दर्शकहरूले प्रयोग गरिरहेका सान्दर्भिक खोज शब्दहरू पत्ता त्यस्ता शब्दहरूलाई आफ्नो कन्टेन्टमा समावेश गर्नुहोस्। एसईओ प्रयासहरूको नतिजाहरू हेर्न कम्तिमा छ महिनादेखि एक वर्ष लाग्ने भए तापनि यदि तपाईं आफ्नो व्यवसाय बढाउन चाहानुहुन्छ भने तपाईंले कुनै न कुनै समयमा सुरू गर्नुपर्छ।

धेरैजसो ट्राभल र ट्रेकिङ कम्पनीहरूले त्यो शिर्षस्थान जित्नको लागि अन-पेज र अफ-पेज एसईओ प्राथमिकतामा रख्छन्।

 

एक वा बढी मार्केटिङ फनेल सेट अप गर्नुहोस्

दर्शकहरुलाई आवश्यक एक्सन*/कार्य गर्न प्रोत्साहित गर्न एक वा धेरै फनेलहरू स्थापना गर्नु तपाइँको व्यवसाय विस्तार गर्नको निमित्त एक बुद्धिमानी रणनीति हुन सक्छ। पहिले आफ्नो मार्केटिङ फनेलको चरणहरूको योजना बनाउनुस्। तपाईंका सम्भावित ग्राहकहरूलाई जागरूकताबाट रूपान्तरणको चरणमा लैजाने रोडम्यापका रूपमा यसलाई बुझ्नुहोस्।

इमेल लीडहरू बढाउने, उत्पादनहरू थप बेच्ने, वा समग्र व्यापार सुधार गर्ने – लक्ष्य के हो तय गर्नुहोस्। तपाइँका लक्ष्यहरू स्पष्ट भएपछि, फनेल मार्फत आँफूले पुग्न चाहनु भएको विशिष्ट जनसांख्यिकीमा ध्यान दिन सक्नुहुन्छ। अर्को कदम फनेलको प्रत्येक चरणको लागि विशेष मौलिक/ओरिजिनल कन्टेन्ट बनाउनु हो।

 

सामाजिक सञ्जालमा स्वस्थ उपस्थिति विकास गर्नुहोस्

व्यवसाय जेसुकै भएपनि, कम लागतमा ब्रान्ड पहिचान र व्यवसाय वृद्धिको लागि सामाजिक संजाल तपाईंको मार्केटिङ योजनाको एक हिस्सा हुनुपर्छ।

 

एक बलियो सामाजिक संजाल रणनीतिले तपाइँलाई आफ्नो कन्टेन्ट साझा/सेयर* गरेर व्यवसाय प्रवर्द्धन गर्न तयार ब्रान्ड एम्ब्यासडरहरूको एक स्वस्थ नेटवर्क निर्माण गर्न मद्दत गर्दछ। तपाईंको लक्षित दर्शकहरू सबैभन्दा बढी प्रयोग गर्ने सामाजिक संजाल प्लेटफर्महरू पहिचान गर्नुहोस्। यो फेसबुक, इन्स्टाग्राम, ट्विटर, लिंक्डइन, वा टिकटक पनि हुन सक्छ।

नेपालका अधिकांश व्यवसायहरूले प्रोफाइलहरू सेटअप गरेर र कायम राखेर मात्र पनि आफ्ना ग्राहक बढाउँछन्। उच्च-गुणस्तरको दृश्यहरू, ग्राहक कथाहरू, र तपाईंको उद्योगको बारेमा मूल्यवान अन्तर्दृष्टिहरू साझा गर्नुहोस्। त्येसैले, राम्रो तरिकाले तयार गरिएको सामाजिक संजाल उपस्थितिले तपाईंको ब्रान्डको लागि अविश्वासनीय काम गर्न सक्छ।

 

बबाल विज्ञापन गर्नुहोस्

यती देख्नु भन्दा बढी लोभलाग्दा आकर्षक सामग्री र उच्च गुणस्तरका चित्र वा भिडियोहरू प्रयोग गरेर ध्यान खिच्ने विज्ञापनहरू बनाउनुहोस्। आफ्नो ग्राहकको ध्यान आकर्षित गर्नुहोस्।

हाईल्याण्ड डिस्टिलरीले आफ्नो नयाँ उत्पादन “यति भोड्का” को पहिलो लुक प्रवर्द्धन/प्रमोट* गर्दा ठ्याक्कै येही गरेको थियो। उनीहरुको विज्ञापन सामाजिक सञ्जालभरि थियो र फेसबुकमा मात्रै २० हजारभन्दा बढी लाइक पाएको थियो।

तपाईं फेसबुक ए्याड्स र गूगल ए्याड्स जस्ता उपकरणहरू प्रयोग गरेर आफ्नो लक्षित दर्शकहरूसँग जोडिन सक्नुहुन्छ।

गूगलको अनलाइन विज्ञापनले ग्राहकहरुले तपाईंको प्रदान गर्ने उत्पादन वा सेवाहरू खोज्दै गर्दा तपाईंलाई शिर्षस्थान पुग्न मद्दत गर्न सक्छ।

 

डिजिटल एजेन्सीको सेवा लिन नहिच्किचाउनुहोस्

यदि यी सबै डिजिटल गतिविधिहरु आफ्नो क्षमता परय लग्छ भने कुनै उपयुक्त डिजिटल एजेन्सी खोज्नुहोस्। तिनीहरूलाई आफ्नो योजना र प्राथमिकताहरू थाहा दिनुहोस्, र खर्च र गतिविधिहरू छलफल गरेर निर्धारण गर्नुहोस्। त्यसपछि तपाईं अन्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ।

अब तपाईंसँग आफ्नो व्यवसाय बढाउने तरिकाहरूको सूची छ। तपाईंलाई सबैभन्दा बढी फाइदा पुगाउने तरिकाहरू छनौट गर्नुस् र संसारलाई तपाईंको व्यवसायको गर्जन सुन्न दिनुस्!