Nep
Eng
Nep
Eng

This post is also available in: English

ड्रोन उद्यमीहरूकालागि ‘एलिभेट नेपाल’ कार्यक्रममा आवेदन खुला

कार्यक्रमले नेपालमा ड्रोनमा आधारित स्टार्टअपहरू र लघु, साना तथा मझौला उद्यमहरूलाई आफ्नो नवप्रवर्तन प्रस्तुत गर्न, विज्ञ मार्गदर्शन प्राप्त गर्न र नवप्रवर्तन अनुदानमा पहुँच पाउन आवेदन दिन आह्वान गरेको छ।
तस्बिर: इम्प्याक्ट हब काठमाडौं | फेसबुक

 


 

नेपालको विकसित हुँदै गएको ड्रोन ईकोसिस्टममा कार्यरत स्टार्टअपहरू र लघु, साना तथा मझौला उद्यमहरूकालागि लिभेट नेपाल (Elevate Nepal) कार्यक्रममार्फत राष्ट्रिय स्तरमा पहिचान बनाउने र विशेषज्ञहरूको समर्थन प्राप्त गर्ने एउटा महत्वपूर्ण अवसर खुलेको छ।

यो आह्वान नेपालमा दर्ता भई ड्रोन ईकोसिस्टममा काम गरिरहेका सबै स्टार्टअप र उद्यमहरूकालागि हो—तपाईं हार्डवेयर, सफ्टवेयर, सेवा, वा जुनसुकै किसिमको नवप्रवर्तनमा काम गरिरहनु भएको भए पनि, आवेदन दिन सक्नुहुन्छ।

एलिभेट नेपाल कार्यक्रम Impact447 र Impact Hub Kathmandu द्वारा विश्व बैंकको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो। कार्यक्रमको प्रविधि साझेदार एयरलिफ्ट टेक्नोलोजी (Airlift Technology) हो। यसको उद्देश्य ड्रोन प्रविधि र प्रयोगमा नवीनतम सोच लिएर अगाडि बढिरहेका नवप्रवर्तनकर्ताहरूको पहिचान गरी उनीहरूलाई सशक्त बनाउनु हो।

यस लक्षित पहलअन्तर्गत ३० वटा चयनित उद्यमहरूले दुई दिने उच्चस्तरीय कार्यक्रममा आफ्नो ड्रोन-आधारित नवप्रवर्तन प्रदर्शन गर्ने अवसर पाउनेछन्। तीमध्ये १० उत्कृष्ट कम्पनीहरूलाई निम्न सेवाहरू सहितको व्यवसाय मार्गदर्शन कार्यक्रममा सहभागी गराइनेछ:

  • नवप्रवर्तन समर्थन कोषमा पहुँच
  • व्यक्तिगत मास्टरक्लासहरू र १-१ कोचिङ
  • लगानीकर्ता, नीति निर्माताहरू र उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष नेटवर्किङ

आवेदनको अन्तिम म्याद: १५ साउन २०८२ (३१ जुलाई २०२५) | साँझ ५:०० बजे (नेपाली समय)
अहिले नै आवेदन दिनुहोस्: https://lnkd.in/g3u385v2

लेख सेयर गर्नुहोस्

तस्बिर: इम्प्याक्ट हब काठमाडौं | फेसबुक