व्यवसाय र दर्ता सम्बन्धी मार्गदर्शन/गाइड
नेपालमा उद्योगहरूको दर्ता प्रक्रिया/चरणहरू, लागू हुने दर्ता निकाय र व्यवसाय सञ्चालन गर्नु पूर्व र पछिका अनुपालनालाई व्यवस्थित गर्ने कानून औद्योगिक व्यवसाय ऐन, २०२० हो। व्यवसाय सञ्चालनका लागि उद्यमीले सम्बन्धित सरकारी निकायमा आफ्नो व्यवसायलाई उद्योगको रूपमा दर्ता गर्नुपर्नेछ।
औद्योगिक व्यवसाय ऐन, २०२० ले उद्योगहरूलाई ५ वर्गमा वर्गीकरण गरेको छ :
- लघु उद्योग
- घरेलु उद्योग
- साना उद्योग
- मध्यम उद्योग
- ठूला उद्योग
उद्योगको सामान्य वर्गीकरण निम्न कुराहरुमा आधारित छ : (क) पूँजी लगानीको आकार, (ख) व्यवसायको प्रकृति/क्षेत्र र (ग) कर्मचारीहरूको संख्या उद्योगको वर्गीकरण लगायत विस्तृत विवरण हेर्नको लागि यहाँ संग्लग्न गरिएको औद्योगिक व्यवसाय ऐन, २०७६ हेर्नुहोला ।
















