अक्टोबरमा नेपालमा पर्यटक आगमनको संख्या एक लाख नाघेको छ

पर्यटन सम्बन्धित लघु, साना तथा मझ्यौला उद्द्यमहरुका लागी खुशीको खबर!
Image Source: Tribhuvan International Airport website (TIA)

नेपालमा अक्टोबर २०२३ मा १००,००० भन्दा बढी पर्यटकको आगमन भएको छ। 

अध्यागमन विभागको तथ्यांक अनुसार गत महिनामा नेपालले १ लाख १७ हजार ३०६ पर्यटकलाई स्वागत गरेको छ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यस वर्षको पहिलो दश महिना (२०२३ जनवरी-अक्टोबर) मा हालसम्म नेपालमा कुल ८०९,६७८ पर्यटकको आगमन भएको छ।

तुलनात्मक रुपमा हेर्दा २०२२ को अक्टोबर महिनामा ८८ हजार ५८२ पर्यटकको आगमन भएको थियो भने पहिलो १० महिनामा कुल पर्यटक आगमन संख्या ४ लाख ५१ हजार ९८८ थियो।

पर्यटक आगमन संख्यामा आएको यो सुधारले महामारीले गर्दा असमान रूपमा प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानलाई गति दिने आशा गर्न सकिन्छ।