नेपालको अनुमानित आई.टी सेवा निर्यात ५१ करोड ५० लाख डलर बराबरको

नेपालको सूचना प्रविधि (आई.टी) सेवा निर्यात निरन्तर रूपमा अगाडि बढिरहेको छ।

नेपालको सूचना प्रविधि (आई.टी) सेवा निर्यात निरन्तर रूपमा अगाडि बढिरहेको छ। अफसोर आउटसोर्सिङ्गका कारण सफ्टवेयर विकास र डिजिटल सेवाहरूमा भएको बृद्धिले नेपालको सूचना प्रविधि (आईटी) सेवा निर्यात निरन्तर रूपमा अगाडि बढिरहेको संकेत दिन्छ।

हालको तथ्याङ्कले नेपालको आईटी सेवा निर्यात उद्योगको मुल्यांकन अहिले करिब ५१ करोड ५० लाख अमेरिकी डलर रहेको देखाउँछ। यो गहकिलो आंकडा १०६ आई.टी सेवा निर्यात कम्पनीका साथै सफ्टवेयर विकास र टेक्नोलोजीमा विशेषज्ञता भएका १४ हजार ७२८ आई.टी फ्रीलान्सर जनशक्तिमा आधारित छ।

साथै, यस क्षेत्रमा विविध डिजिटल प्लेटफर्महरू मार्फत सेवाहरू निर्यात गर्न सक्रिय रूपमा संलग्न ५१ हजार ७८१ आईटी-इनेबल्ड सर्भिसेस (ITeS) फ्रीलान्सरहरू पनि छन्।

सन् २०२२ मा आईटी सेवा निर्यातको कुल मूल्य ५१ करोड ५० लाख अमेरिकी डलर पुग्यो; सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतको उल्लेखनीय वृद्धि दरलाई संकेत गर्दै। यो असाधारण प्रस्तुति राजस्वको संदर्भमा मात्रै नभई आईटी उद्योगमा गरिएका लगानीहरूमा पनि ईनामदायी ऊचाई हासिल गर्ने सकिने सम्भावना देखाउँछ।

तीन वर्षको परीक्षणकालमा आईटी सेवा निर्यातबाट भएको आयले उल्लेखनीय वृद्धि देख्यो जसले यस उद्योगको वृद्धि सम्भावनाहरूलाई थप आधार प्रदान गरेको छ।

विश्व उत्पादन क्षेत्रमा भारतीय र चिनियाँ समकक्षीहरूबाट नेपाली उत्पादनहरूले सामना गर्ने कडा प्रतिस्पर्धाका कारण प्रतिस्पर्धाको लागि नेपालको सबैभन्दा आशाजनक बाटो आईटी सेवा निर्यातको अभौतिक र सीमाविहीन क्षेत्रमा छ। श्रम निर्यात माथिको भारी निर्भरताबाट टाढा सर्दै सेवा-निर्यातमा केन्द्रित दिगो मोडेलतर्फ अघि बढ्ने रणनीतिक परिवर्तनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने क्षमता राख्दछ।

प्राविधिक विकासहरुले व्यापारयोग्य सेवाहरूको दायरा उल्लेखनीय रूपमा फराकिलो बनाएको छ, र नेपाललाई यसले विशेष फाइदा प्रदान गर्दछ। यस अवसरलाई अँगाल्नाले थप घरेलु रोजगारीका अवसरहरू सिर्जना हुन सक्छ, जसले युवाहरूको “ब्रेन ड्रेन” समस्या पनि सम्बोधन गर्नेछ।