निर्यात प्रोत्साहन: नेपाल सरकारको नगद अनुदान योजनाको ब्रेकडाउन

नेपालको निर्यात अनुदान योजनाले मूल्य अभिवृद्धिमा आधारित मापदण्डसहित ३६ छानिएका उत्पादनहरूको निर्यातमा क्यासब्याक प्रदान गर्दछ।
Weaving a Dhaka Shawl at Dhaka Weaving Centre, Pokhara । Photo by Jim Holmes for AusAID

के तपाईलाई थाहा छ नेपाल सरकारले छानिएका उत्पादनहरुको निर्यात मूल्यमा ८% सम्मको नगद अनुदान उपलब्ध गराउँछ? 

‘निर्यात अनुदान कार्यविधि’ २०७५ मा पेश गरिएको थियो, जुन सोही वर्ष परिमार्जन पनि गरिएको थियो र त्यसपछि २०७९ मा उल्लेखनीय रूपमा सुधार गरियो ।

हालको निकासी प्रोत्साहन योजना अन्तर्गत ३६ वटा निर्यात वस्तुले उत्पादन, निकासीको मात्रा र देश भित्र मूल्य अभिवृद्धिको आधारमा आफ्नो कुल निर्यातको निश्चित मात्रामा लाभ लिन सक्नेछन् ।

वस्तुहरूलाई ५ र ४  प्रतिशत नगद अनुदानका लागि दुई अनुसूचीमा वर्गीकृत गरिएको छ (तलको तालिका हेर्नुहोस्), जसमा कम्तिमा क्रमशः ५० र ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्छ ।

 

क्र.स.

अनुसूची-१ (५%) अनुसूची-२ (४%)
प्रशोधित चिया स्वदेशमा उत्पादित कपडा
प्रशोधित कफी तयारी पोशाक
हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थको रुपमा प्रयोग हुने समेत) र काष्ठकलाका वस्तु गलैंचा र ऊनीका सामान
प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरु पस्मिना, क्यासमेयर र ‘च्याङ्ग्रा’ पस्मिना तथा सोबाट उत्पादित सामान
हाते कागज तथा सोबाट उत्पादित सामान स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू
प्रशोधित र अर्ध-प्रशोधित जडीबुटी (यार्सागुम्बा सहित) र सारयुक्त तेल सुनचाँदीका गहना
प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना स्वदेशी अर्ध-प्रशोधित छाला
अल्लोबाट उत्पादित सामानहरु औषधी
प्रशोधित पिउने पानी/मिनरल वाटर फेल्ट (ऊनीजन्य) का वस्तुहरु
१० प्रशोधित र अर्ध-प्रशोधित बेसार पोलिस्टर यार्न/फाइबर भिस्कोज यार्न/एक्रेलिक यार्न/कपास
११ ताजा तरकारी* तामाका सामान (हस्तकलाका सामान, पुजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा )
१२ पुष्प* जुत्ता
१३ प्रशोधित मह* क्लिंकर
१४ प्रशोधित र अर्ध-प्रशोधित अलैंची सिमेन्ट
१५ प्रशोधित र अर्ध-प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत) स्टिल
१६ दुग्धजन्य पदार्थ (दुध, चिज, पनिर, छुर्पी र फ्याट)* कत्था
१७ फलफुल* रोजिन तथा तार्पेन
१८ अम्रिसो* प्लाइउड

* परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा

 

अतिरिक्त प्रावधानहरू:

→ यदि अनुसूची-१ र अनुसूची-२ का उत्पादनहरूमा क्रमशः मूल्य अभिवृद्धि कम्तिमा ८०% र ७०% भएमा कूल निर्यात रकमको थप १ प्रतिशत नगद अनुदान प्रदान गरिनेछ ।

→ राष्ट्रिय स्तरको सामूहिक ट्रेडमार्क मार्फत (जस्तै चिया वा पश्मिना) बमोजिम अनुसूची-१ र अनुसूची-२ का उत्पादनहरू निर्यात भएमा कूल निर्यात रकमको थप १ प्रतिशत नगद अनुदान । 

→ यदि अनुसूची १ र अनुसूची २ का उत्पादनहरूमा अघिल्लो आर्थिक वर्ष निर्यात गरेको परिणाम भन्दा २०% भन्दा बढी निर्यात गरेमा त्यसरी बढि निर्यात गरेको मुल्यको एक प्रतिशतले हुन आउने थप रकम प्रदान गरिनेछ ।

→ यदि अनुसूची १ का उत्पादनहरूमा ५०% भन्दा कम मूल्य अभिवृद्धि छ तर कम्तिमा ३०%, सो उत्पादनहरु अझै पनि ४% नगद फिर्ताको लागि योग्य हुनेछन् ।

→ यदि अनुसूची २ का उत्पादनहरूमा कम्तिमा ५०% मूल्य अभिवृद्धि छ भने, सो उत्पादनहरु मानक  ४% को सट्टा ५% नगद अनुदानका लागि योग्य हुनेछन् ।

→ वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको निकासी भएका उत्पादनहरूले ५० करोड भन्दा बढी भएको मूल्यमा ८% अनुदान पाउनेछन् ।

→ नगद अनुदानलाई अन्तर्राष्ट्रिय बजार प्रवर्धन, प्रविधि र क्षमता अभिवृद्धि र विधुतिय व्यापारको क्षेत्रमा खर्च गर्नु पर्नेछ ।