Nep
Eng
Nep
Eng

This post is also available in: English

व्यवसायहरू अब नि:शुल्क दर्ता गर्न सकिने

कम्पनी रजिष्ट्रारको कार्यालयमा लाग्ने कम्पनी दर्ता शुल्क आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण रूपमा छुट गरिएको छ।
Image by Freepik

यदि तपाईं यस वर्ष आफ्नै व्यवसाय स्थापना गर्ने सोच्दै हुनुहुन्छ भने, तपाईंको लागि राम्रो खबर छ!

कम्पनी रजिष्ट्रारको कार्यालयमा लाग्ने कम्पनी दर्ता शुल्क आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण रूपमा छुट गरिएको छ। तपाईंको आधिकारिक पूँजी जति नै भएपनि अब तपाईंले आफ्नो कम्पनी दर्ता गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा कुनै पनि शुल्क तिर्नु पर्ने छैन।

यो व्यवस्था विद्यमान कम्पनीहरूको पूँजी वृद्धि, विदेशी कम्पनीको शाखा वा सञ्चार कार्यालय स्थापना र मुनाफा वितरण नगर्ने कम्पनि दर्ता गर्ने शुल्कमा पनि लागू गरिएको छ।

विज्ञापनहरू

यद्यपि, यो छूट तपाईंको कम्पनीमा लागू हुन सक्ने अन्य सम्बन्धित निकायहरूबाट स्वीकृति वा इजाजतपत्र प्राप्त गर्न र प्यान र भ्याट का लागि दर्ता गर्न आवश्यक पर्ने कुनै पनि शुल्कहरूमा लागू हुँदैन।

साथै, अब कम्तीमा रु. १०० सम्मको अधिकृत पुँजीका साथ पनि कम्पनी दर्ता गर्न सकिने छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Image by Freepik