Nep
Eng
Nep
Eng

This post is also available in: English

कञ्चनजङ्घाको खाम्बाचेन र पेमा छिरिङ शेर्पा [फोटो फिचर]

पेमाका अनुसार कञ्चनजंगा पदयात्राका लागि फाल्गुनको दोस्रो सातादेखि जेठको पहिलो सातासम्म उत्कृष्ट समय हो। उनी भन्छन्, “यो समयमा यहाँ २२ प्रजातीका लालिगुराँस ढकमक्क हुन्छ। चौँरी देखिन्छ। भेंडा च्यांग्रा देखिन्छन्। हिमचितुवा देखिन्छन्। स्थानीय भेषभुषा देख्न सकिन्छ।”

खाम्बाचेन क्षेत्रसमुन्द्री सतहबाट ४,१४५ मिटरको उचाईंमा रहेको खाम्बाचेन क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि पेमा छिरिङ शेर्पा होटल सञ्चालन गरेर बसेका छन्। कञ्चनजङ्घा क्षेत्रमा बढ्दो पर्यटनसँगै पेमाले आफ्नो पुर्ख्यौली चौँरीपालन पेसा त्यागेर खाम्बाचेनमा गेस्ट हाउस सञ्चालन गर्न थालेका छन्।

खम्बाचेनमा आलु रोप्दै किसानहरु

“पहिला यहाँ उवा रोपिन्थ्यो, गान्टे (भोटे) मुला रोपिन्थ्यो, आलु रोपिन्थ्यो”, उनी भन्छन्, “उत्पादन भएको वस्तु लगेर सेकाथुम हुँदै ताप्लेजुङ बजारसम्म पुर्याएर अन्नसँग साटिन्थ्यो।”

विज्ञापनहरू

 

गेस्ट हाउसको सामुन्ने पेमा छिरिङ शेर्पा

चौँरी पाल्ने, चौँरी हुर्काएर त्यसलाई तिब्बतमा बेच्ने र चौँरीको दुधबाट हुने उत्पादनलाई बिक्री गर्नु पनि प्रमुख पेशा थियो।

तर, पछिल्लो समय भने खाम्बाचेनमा होटलहरु सञ्चालनमा आएको पेमा बताउँछन्।

खाम्बाचेन गेस्ट हाउसमा चौरी चढ्दै पर्यटक

शेर्पा जोडी

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू