Nep
Eng
Nep
Eng

This post is also available in: English

नबिल एसएसई फेलोसिप कार्यक्रम आरम्भ, २० जनाको सहभागिता

फेलोसिप कार्यक्रममा २० सहभागीहरु मध्ये ११ महिला छन्। काठमाडौंबाट ८ , ललितपुर र भक्तपुरबाट ३/३ जना छन्भने खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीबाट १/१ जना छन्।

नबिल बैंकको सामाजिक उद्यमशीलता विद्यालय (नबिल एसएसई) ले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको व्यवस्थापन संकायसँगको सहकार्यमा  आफ्नो चौथो फेलोसिप कार्यक्रम  सुरु गरेको छ।

गत सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा औपचारिक रूपमा यो कार्यक्रम सुरु गरिएको थियो। 

कार्यक्रमले जीविकोपार्जन, सीप विकास, कृषि, शिक्षा, स्वास्थ्य, कला, सामुदायिक कल्याण, सूचना प्रविधि, ऊर्जा जस्ता विभिन्न क्षेत्रहरूमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ र नयाँ र इच्छुक सामाजिक उद्यमीहरूलाई आवश्यक ज्ञान, सीप, तालिम र मार्गदर्शन प्रदान गर्ने छ।

विज्ञापनहरू

यसअघि बैंकले जुलाईमा आवेदनको लागि आह्वान गरेको थियो जसमा १०० वटा आवेदन प्राप्त भएका थिए।

छनोटको प्रक्रियामा आवेदकहरूले आफ्ना उत्पादनहरू दिगो बनाउन र व्यवसाय वृद्धि गर्ने बारे प्रस्तुति दिएका थिए।

छनोट गरिएका २० जना आवेदकहरू ६ महिनाको कार्यक्रममा सहभागी हुनेछन्, जसमा १८ दिनको आवासीय कार्य-आधारित तालिम समावेश छ। यसका अतिरिक्त उनीहरूले एक वर्षसम्म आगामी दिनकालागि मार्गदर्शन सेवा पनि पाउनेछन्।

छनोट गरिएका २० जना मध्ये ११ जना महिला छन्। काठमाडौंबाट ८, ललितपुर र भक्तपुरबाट ३/३ जना छन्  भने खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीबाट १/१ जना छन् ।

केराको रेशा प्रयोग गरेर कपडा उत्पादन गर्ने, प्राकृतिक जडिबुटी आधारित  कस्मेटिक्स उत्पादन गर्ने र मैनबत्तीका विभिन्न डिजाइनहरू बनाउने जस्ता पर्यावरण-मैत्री व्यवसायहरूमा छनोट भएका सहभागीहरू संलग्न छन्।

नबिल एसएसई फेलोशिप कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीहरूलाई तालिम दिएको छ। कार्यक्रमपछि ४५ वटा उद्यमहरू स्थापना भएका छन्। साथै, १२०० भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना भएको बैंकले जनाएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू