चितवनको नोबेल एग्रीकल्चर फार्म

व्यवसाय गर्ने क्रममा उनले सरकारी निकायबाट मल तथा बिजुली बत्तीमा छुट तथा अनुदान पनि प्राप्त गरेका छन् ।

यो कथा कृषि विभागको वेबसाइटमा १३ फाल्गुन २०७७ मा प्रकाशित भएको हो ।


विगत १५ वर्ष देखि कृषि व्यवसायमा संलग्न भरतपुर म.न.पा.-२५ ,शुक्रनगर, चितवनमा बस्ने ४२ वर्षका कृष्ण न्यौपाने साउदी र मलेसिया गरी करिब ३ वर्ष विदेश बसेका थिए । विदेशमा गर्ने दु:खले आफ्नै घर ठाउँमा केहि गर्न सकिन्छ भन्ने सोचका साथ उनी व्यवसायिक तरकारी खेतीमा लागेका हुन् ।

वि.सं. २०७१ सालमा नोबेल एग्रीकल्चर फार्म नाममा दर्ता गरी १० कठ्ठाबाट सुरु गरेको यस व्यवसाय, १.५ विघा जग्गा आफ्नो र १८.५ विघा भाडामा लिएका उनले विभिन्न तरकारीहरु जस्तै लौका, करेला, चिचिण्डा, काँक्रो, बोडी, खुर्सानी, भेडेखुर्सानी इत्यादी (७०-८० टन) उत्पादन गर्ने गरेका छन् । यसरी उत्पादन गरेको कृषि उपज ९०% काठमाडौँ,  बुटवल,  पोखरा र नारायणगढ जस्ता बजारमा जाने उनको भनाई रहेको छ ।

उनले हाल टमाटर ५ विघामा, तरबुजा २५ विघामा, लौका २ विघामा, करेला २ विघामा, फर्सि २ विघामा खेती गर्दै आएका छन् भने ११ विघा क्षेत्रफलमा थोपा सिँचाई पद्धति अपनाएर आधुनिक तवरबाट तरकारी खेती गर्दै आएका छन् । पलास्टिक मल्चिङ्गलाई पनि उत्तिकै महत्वका साथ प्रयोग गर्दै आएका छन् ।

१ करोड भन्दा माथिको आफ्नै लगानी रहेको यस व्यवसायमा ३५ लाख बैंक ऋण रहेको छ । व्यवसाय गर्ने क्रममा उनले सरकारी निकायबाट मल तथा बिजुली बत्तीमा छुट तथा अनुदान प्राप्त गरेको जानकारी गराएका छन् ।

उनका अनुसार उनले बार्षिक २ करोड बराबरको कारोबार गर्नुका साथै दैनिक ५० जना कामदारलाई रोजगारीको अवसार प्रदान गरेका छन् भने विभिन्न महोत्सवहरुमा फिल्ड प्रदर्शन गरी पुरस्कृत पनि भएका छन् ।

विदेशबाट फर्की कृषि व्यवसाय गरिराखेका कृषकहरुलाई प्राथमिकतामा राखि राज्यबाट कार्यक्रम ल्याईनुपर्ने, नयाँ प्रविधि तथा सस्तो ब्याजमा कृषि ऋण दिनुपर्ने जस्ता आवश्यकता रहेको उनको भनाई छ ।

आफ्नो व्यवसायलाई आधुनिक तरिकाबाट अगाडी बढाउने र यसलाई नै निरन्तरता दिँदै जाने पनि उनको भावी सोच रहेको छ ।


कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/१३