खाद्य प्रशोधन उद्यममा रहेको अवसरबारे थाहा पाउनुहोस्

“नेपालमा खाद्य प्रशोधन एमएसएमईहरूको लागि राम्रो सम्भावना छ। र तपाईं पनि यस क्षेत्रमा उद्यम गर्न सक्नुहुन्छ"
पर्वतमा लप्सी तितौरा प्रशोधन/तस्बिर स्रोत: कम्युनिटी फूड प्रोसेसिङ्ग इन्डस्ट्री (फलेवास, पर्बत)

फलफूल तथा तरकारी, मसला, दूध तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, अनाज मिल उत्पादन, बेकरी, तेल, पेय पदार्थ, चाउचाउ, चिया र कन्फेक्शनरी, आदि प्रशोधनमा आधारित विभिन्न साना तथा मध्यम उद्योग र पसलहरू देशका विभिन्न भागमा रहेको छन्।

अन्य उत्पादन उप-क्षेत्रहरूको तुलनामा, कृषि प्रशोधन गतिविधिहरू कम जटिल हुन्छन् र यिनका प्राविधिक आवश्यकताहरु पनि कम हुन्छन्। फूड प्रोसेसरको रूपमा तपाईंले स्थानीय कच्चा पदार्थबाट मुल्यवान उत्पादनहरू बनाएर स्वस्थ र पौष्टिक खाद्य उत्पादनहरूको माग आपूर्ति गर्न सक्नुहुन्छ। नेपालमा स्थानीय रूपमा उत्पादित सामग्रीहरू प्रयोग गरेर त्यस्ता व्यवसाय गर्ने राम्रो सम्भावना छ।

जस्तै, नेपाली खानामा आँप, कागती, तरकारी लगायतका विभिन्न प्रकारका अचारहरूको व्यापक रूपमा खपत हुन्छ। मिठाई र बेकरी सामान पनि त्यत्तिकै लोकप्रिय छन्। नेपाली अचारलाई तिनीहरूको विशिष्ट स्वाद र बनाउने परम्परागत विधिले विशेष चिनारी दिएको छ। किचेन रेसिपी नामक ब्रान्ड अन्तर्गत विशेष अचार उत्पादन गर्ने आमाको अचारहजुरी खाद्य उद्योग केहि उल्लेखनिय नाम हुन् जुन प्ररम्भिक वर्षहरुमा सानो व्यवसायका रूपमा सुरु भएका थिए। यसबाहेक धेरै अन्य लो-प्रोफाइल एमएसएमईहरू पनि अचार उद्योगमा काम गरिरहेका छन्।

तर ध्यान दिनुहोस्, खाद्य प्रशोधनको क्षेत्रमा मसलाहरू बाहेक अन्य धेरै अवसरहरू पनि छन् जसमा तपाईं व्यवसाय गर्न सक्नुहुन्छ। एमएसएमईहरू गुणस्तरीय प्रशोधन र प्याकेजिङ, स्वच्छता, र उत्पादनहरूमा नवीनता (उदाहरणका लागि, अचारमा स्वादहरू) मा ध्यान केन्द्रित गरेर घरेलू र विदेशी, दुवै बजारहरुको माग पूरा गर्न सक्छन्।

एमएसएमईहरूको लागि खाद्य प्रशोधनको क्षेत्र आशाजनक हुनु पछिका केहि कारणहरु:

 

घरेलु बजारमा सम्भावना

बढ्दो सहरीकरण, बदलिँदो उपभोक्ता प्राथमिकता र बानी, र बढ्दो वित्तीय स्रोत जस्ता कारणहरुले प्रशोधित खाद्य उत्पादनहरूको लागि घरेलु बजारमा राम्रो वृद्धि अवसरहरू रहेको देख्न सकिन्छ।

व्यस्त जीवनशैली र सुविधाको चाहनाको कारण उपभोक्ताहरू खान-तयार वा सजिलै बनाउन सकिने खाना विकल्पहरू खोजिरहेका छन्। यी आवश्यकताहरू तयारी चाउचाउ, प्याकेज गरिएको खाजा, जमाईएको खाना, जस्ता प्रशोधित खाद्य वस्तुहरूले पुर्याउँछन्।

अझ, स्वस्थ र पौष्टिक खाद्य विकल्पहरूमा बढ्दो चासोको कारण जैविक उत्पादनहरू जस्ता मूल्य-वर्धित वस्तुहरूको लागि बढ्दो माग छ।

यसबाहेक, पर्यटन उद्योगले अहिले कठिन समयको सामना गरिरहेको भए पनि सम्भवतः यो परिस्थिति बदलिने छ। होटल र रेष्टुरेन्टसँग प्रत्यक्ष जोडिएको उद्योगले स्थानीय खाना र पेय पदार्थको माग बढाउँने हुन्छ।

केही अन्य सम्भावित उदाहरणहरू*:

. खाद्यान्नमा आधारित:

  • पापड
  • सुदृढ खाना र अनाज सूप
  • चिउरा
  • चामल र गहुँ मिल
  • दाल र तिलहन
  • घरेलु चाउचाउ र पास्ता
. फलफूल र तरकारीमा आधारित:

  •  सुकाईएको फलफूल (ड्राइ फ्रुट्स)
  • मस्यौरा
  • अचार र किण्वित उत्पादनहरू
  • फलफूल मिठाई (जस्तै ल्याप्सी) र तितौरा
  • विभिन्न प्रकारका सस
  • जाम, जेली, मुरब्बा र विभिन्न प्रशोधित फलफूल उत्पादनहरू
  • फलफूल जुस तथा स्क्वैस
  • चिप्स
  • टमाटर उत्पादनहरू – केचप, सस, प्यूरी
. पशुधनमा आधारित:

  • दुग्धजन्य उत्पादनहरू जस्तै पनीर, छुर्पी, दूधका पेय, मिठाई, आदि
  • सॉसेज, नगेट्स, म:म, सुकुटी जस्ता प्रशोधित मासु र पोल्ट्री उत्पादनहरू
. ग्रामीण क्षेत्रमा आधारित उद्यमहरू:

  • जडीबुटी र मसला
  • फ्लोरिकल्चर
  • टपरी
  • नेपाली कागज, हस्तशिल्प र प्याकेजिङ सामग्री
  • अन्य प्याकेजिङ सामाग्री
  • पशु र कुखुरा दाना
  • सुकाईएको माछा
  • मौरीपालन मार्फत मह उत्पादन
  • studentnepal.com का साथै अन्य विभिन्न स्रोतहरुबाट संकलित 

 

ठूलो कृषि आधार

नेपालको विशेष तर अप्रयुक्त कृषि भूमिले कृषि प्रशोधन गतिविधिहरूको लागि ठूलो सम्भावना राख्दछ। यहाँको उर्वर माटो र विभिन्न किसिमका जलवायुमा मुख्य खाद्य बालीहरूको साथसाथै थुप्रै फलफूल र तरकारीहरूको खेति गर्न सकिन्छ।

त्येसका साथै, नेपाल अलैंची, अदुवा, बेसार, दालचीनी जस्ता मसलाका साथै उपचारात्मक गुण भएका विभिन्न औषधीय जडीबुटीका लागि पनि परिचित छ। यी विभिन्न प्रकारका स्रोतहरूले खाद्य प्रशोधन उद्योगका एमएसएमईहरूलाई स्थानीय रूपमै कच्चा पदार्थहरू झिकाउन सक्छन्।

जस्तै, व्यवसायहरूले आँपको जुस, पल्प र जाम, जेली र अचार जस्ता अन्य विभिन्न उत्पादनहरू बनाउनको लागि प्रशोधन कारखाना स्थापना गर्न सक्छन्। यी प्रशोधित आँप उत्पादनहरू फल्फुल्जन्य उत्पादनहरुको माग पूरा गर्न विभिन्न आन्तरिक र अन्तर्राष्ट्रिय बजारहरूमा बेच्न सकिन्छ।

 

मूल्य अभिवृद्धि र निर्यात सम्भावना

यदि तपाइँका उत्पादनहरू गुणस्तरीय र प्रमाणित (सर्टिफाईड) छन् भने तपाईं अरु देशहरूमा पनि आफ्ना उत्पादन निर्यात गर्न सक्नुहुन्छ। नेपालका विभिन्न देशहरूसँग प्राथमिकतामा आधारित व्यापार सम्झौताहरू छन्, जसले एमएसएमईहरूलाई आफ्ना उत्पादनहरू निर्यात गर्न सजिलो बनाउँछ।

अझ, विश्वव्यापी रूपमा जैविक र प्राकृतिक खाद्य उत्पादनहरूको माग बढ्दो छ, र यस क्षेत्रका कम्पनीहरूले यस प्रवृतिको फाइदा लिन सक्छन्।

यसका लागि व्यवसायीहरूले कृषि उत्पादन प्रशोधन गरी आफ्नो उत्पादनको गुणस्तर बढाउनु, उपभोग्य वस्तुको ताजापन तन्काउन र मूल्य अभिवृद्धि भएका विस्तृत र विविध वस्तुहरूको उत्पादन गर्नु पर्छ। जस्तै, ताजा फलहरुलाई जुस, प्यूरी, सुकेका फल, वा खाजामा प्रशोधन गर्न सकिन्छ. त्येसैगरी तरकारीहरूलाई पनि जमाउन वा डब्बामा प्याकेजिंग गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय उपभोक्ताहरूले सुविधाजनक र उपभोग गर्न तयार खाद्य वस्तुहरू खोजिरहेको हुनाले प्रशोधित र प्याकेज गरिएका उत्पादनहरूको माग पनि बढ्दो छ। तपाईंको एमएसएमईले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरू पूरा गरेर यी बजारहरूमा प्रवेश गर्न र आफ्नो लागि एउटा स्थान बनाउन सक्छ।

 

फसल पछिको घाटामा कमि

नेपालमा फसल पछिको नोक्सान एउटा ठुलै चुनौतीको रूपमा रहेको छ। तर खाद्य प्रशोधन एमएसएमईहरूसँग यो समस्यालाई कम गर्ने क्षमता छ। विशेष गरी उपभोग्य वस्तुहरू जस्ता कृषि उत्पादनहरू, प्रायः क्षय र अपर्याप्त प्रशोधन र भण्डारण सुविधाहरूको परिणामको रूपमा बर्बाद हुन्छन्। यद्यपि, एमएसएमईहरूले खाद्य प्रशोधन सुविधाहरू स्थापना गरेर यो नोक्सानलाई उल्लेखनीय रूपमा कम गर्न सक्छन्।

जस्तै, पौष्टिकता कायम राख्न र भण्डारण गर्न सकिने समय लम्ब्याउन, फलफूल र तरकारीहरूलाई निर्जलित गर्न वा जमाउन सकिन्छ।