Nep
Eng
Nep
Eng

This post is also available in: English

उद्योग वाणिज्य महासंघ अन्तर्गत एसएमई विकास केन्द्र स्थापना

केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, कर व्यवस्थापन बुझ्न र सरकारी नियमहरूको पालना गर्न सहयोग गर्नेछ।

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो मातहत अन्तर्गत लघु, घरेलु, साना तथा मझौला उद्यम विकासका लागि केन्द्र (एसएमई विकास केन्द्र) स्थापना गरेको छ। 

महासंघले एक प्रेस विज्ञप्तिमार्फत केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, तालिम तथा नयाँ प्रविधि उपलब्ध गराउनेमा केन्द्रित रहने जनाएको छ। साथै, यसले उद्यमीहरूलाई सशक्त बनाउन बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यवसाय रणनीतिमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

यसबाहेक, केन्द्रले उत्पादन क्षमता र गुणस्तर वृद्धि गर्न प्राविधिक सल्लाह तथा उपकरण उपलब्ध गराउने काम गर्नेछ। यसले आधुनिक प्रविधि अपनाउन, तिनको प्रयोग गर्न र सुधार गर्नमा पनि सहयोग पुर्‍याउनेछ।

विज्ञापनहरू

साथै, केन्द्रले स्वदेशी र अन्तर्राष्ट्रिय बजारमा व्यापार मेलाहरू, प्रदर्शनीहरू र अन्य व्यापार प्रवर्द्धन कार्यक्रममा एमएसएमई उत्पादन र सेवाहरूको सहभागीता सुनिश्चित गर्ने लक्ष्यका साथ काम गर्नेछ। यस प्रकारका क्रियाकलापहरूले उत्पादन भएका सामानलाई विशिष्ट बजारमा पुर्याएर बजार विस्तार गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन र विपद् व्यवस्थापनका लागि सल्लाहकारहरू मार्फत परामर्श सेवा पनि प्रदान गर्नेछ। उद्यमीहरूलाई व्यवसाय सम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्राप्त गर्न पनि मद्दत गरिनेछ।

व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, कर व्यवस्थापन बुझ्न र सरकारी नियमहरूको पालना गर्नु केही अन्य क्षेत्रहरू हुन् जहाँ उद्यमीहरूले उक्त केन्द्रबाट सहयोग प्राप्त गर्न सक्नेछन्।

उद्यमीहरूलाई नवप्रवर्तन, नयाँ विचारहरूको सृजना, व्यवसायमा प्रतिस्पर्धात्मक लाभ ल्याउन नेटवर्किङ अवसर, अनुभव आदानप्रदान, साझेदारी र सहकार्यका माध्यमबाट नयाँ व्यवसायिक अवसरहरूको पहिचान गर्न प्रोत्साहन गर्नु केन्द्रका आधारभूत क्रियाकलापहरू रहेका छन्।

सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत; र महासंघका अध्यक्ष चन्द्रप्रकाश ढकालले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरे।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू