अन्तर्राष्ट्रिय व्यापारको शक्ति

"आफ्नो व्यवसायलाई घरेलु र अन्तर्राष्ट्रिय बजारमा फस्टाउनका लागि मद्दत गर्न आयात तथा निर्यातको उल्लेखनीय लाभहरूको अध्ययन गर्नुहोस्"
International Trade | Source: Image by Freepik

अन्तर्राष्ट्रिय व्यापार बजार अप्रतिरोध्य छ, यसले कम्पनीहरूलाई नवप्रवर्तनको लागि नयाँ बजारहरू खोलेर र सांस्कृतिक आदानप्रदानलाई बढावा दिएर सफलता र समृद्धिको रोमाञ्चक मार्गमा लाग्न लोभ्याउँछ।

तपाईंको व्यवसाय बढ्दै छ भने यो  समय भनेको  तपाईंको खेललाई एक चरण माथि लाने र प्रतिस्पर्धालाई बढावा दिने समय हो। तपाईं उत्पादनहरू चाहे आयात गर्नुहोस् वा निर्यात, अन्तर्राष्ट्रिय व्यापारमा तपाईंको प्रवेश तपाईंको सफलताको ठुलो कारक बन्न सक्छ। परिष्कृत चालहरूको साथ, आयात र निर्यातले यस्ता लाभहरू प्रदान गर्दछन्  कि महत्वाकांक्षी उद्यमी हुन् वा एक अनुभवी व्यवसाय मालिक जो पनि लोभिने गर्छन्।

यस लेखले तपाईंलाई आयात र निर्यातको उल्लेखनीय फाइदाहरू बताएर तपाईंको व्यापारलाई बजारमा फस्टाउन मद्दत गर्नेछ।

निर्यात मार्फत बजार विविधीकरण: निर्यात गतिविधिहरूमा संलग्न हुनाले एमएसएमईहरूलाई नेपालको सिमानाबाहिर आफ्नो बजार उपस्थितिलाई विविधीकरण गर्न सहयोग गर्छ।  यसको अर्थ  भने बजार विविधीकरण मात्र होइन। अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नु पकडको सहयोगले, एमएसएमईहरू घरेलु बजारमा आफ्नो निर्भरता कम गर्न सक्छन् र आर्थिक उतार-चढ़ाव साथै मौसमी मागहरूसँग सम्बन्धित जोखिमहरू कम गर्न सक्छन्। बजार विविधीकरण भन्नाले आय प्रवाहको विविधीकरण पनि हुन सक्छ। थप रुपमा, बजार विविधीकरणले निकै लोभलाग्दा मूल्यहरू पनि उपलब्ध गराउन सक्छ।

उदाहरणका लागि, यदि तपाईंको व्यवसाय पश्मिना सल, धातुको काम र काष्ठकला जस्ता विशिष्ट हस्तशिल्पहरूमा केन्द्रित छ भने, यसले राम्रो परम्परागत शिल्प कौशलको लागि माग बढिरहेको अमेरिका, युरोप वा अष्ट्रेलिया जस्ता देश्हरुका ग्राहकहरूलाई लोभ्याउन सक्छ। त्यसैगरी विदेशमा कपडा बेच्ने एक नेपाली कपडा कम्पनीले निर्यात आम्दानीमा भर पर्दै घरेलु बजार सुस्त हुने जोखिम कम गर्न सक्छ। यसबाहेक, विदेशी बजारमा सामानहरू निर्यात गर्नाले तपाईंको व्यवसायसमक्ष उपभोक्ता र सांस्कृतिक प्रभावहरूको ठुलो दायरा पनि पर्दाफास हुन्छ।

त्यसैले आफ्नो उत्पादनको लागि उच्च माग भएका वा साना, विशिष्ट बजारहरू भएका बजारहरू पहिचान गर्नका लागि केही समय खर्च गर्न नहिचकिचाउनुहोस्।

सिकइ र नेटवर्किङ अवसरहरू: निर्यात-उन्मुख एमएसएमईहरू प्राय: व्यापार मेला, प्रदर्शनी र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिने गर्छन् जसले बहुमूल्य सिकाइ अनुभवहरू र नेटवर्किङ अवसरहरू प्रदान गर्दछन्। यी अन्तरक्रियाहरूले नेपालमा सहकार्य, साझेदारी र सम्भावित विदेशी लगानी तर्फ डोर्याउन सक्छन्।

आयात मार्फत इनपुट, कच्चा पदार्थ र प्रविधिमा पहुँच: आयात गतिविधिहरूमा संलग्न हुनाले एमएसएमईहरूलाई उच्च-गुणस्तरको इनपुट, कच्चा पदार्थ, नवीन प्रविधि तथा स्रोतहरू र अन्तर्राष्ट्रिय एक्सपोजर पाउन सहजीकरण गर्छ जुन घरेलु रूपमा सजिलै उपलब्ध नहुन सक्छन्। यसले तिनीहरूलाई सरल प्रक्रिया र प्रतिस्पर्धी मूल्यहरू मार्फत राम्रो गुणस्तरको उत्पादनहरू उत्पादित गर्न सक्षम बनाउँछ।

उदाहरणका लागि, नेपाली कृषि प्रशोधन व्यवसायले उत्पादन प्रक्रियालाई अनुकूलन गर्न र मूल्य अभिवृद्धि प्रयोजनका लागि आधुनिक चामल मिलिङ उपकरण वा कफी प्रशोधन गर्ने मेसिन आयात गर्न सक्छ।

प्रतिस्पर्धात्मकता बढाउने: अन्तर्राष्ट्रिय व्यापारमा सहभागी भएर आफ्नो व्यवसायको प्रतिस्पर्धात्मकता पनि बढाउन सकिन्छ। विश्व बजारको एक्सपोजरले नवप्रवर्तन, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय कानून तथा नियमहरूको अनुपालनाको माग गर्दछ। फलस्वरूप, वस्तु, प्रक्रिया र सेवाहरू लगातार सुधार हुँदै जान्छन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मकता बढ्दै जान्छ।

ब्रान्ड पहिचान र प्रतिष्ठा: उत्पादन वा सेवाहरू सफलतापूर्वक निर्यात गर्नाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा र ब्रान्ड पहिचान बढाउन सक्छ। यसले थप ग्राहक र लगानीकर्ताहरूलाई आकर्षित गर्न र विश्वव्यापी बजारमा आफ्नो स्थिति अझ बलियो बनाउन सक्छ।

लागत बचत व्यवसायको रूपमा आयात गर्नुहोस्: धेरै व्यवसायहरूले सामान वा स्रोतहरू आयात गर्नु स्थानीय रूपमा उत्पादन गर्नु भन्दा बढी लागत-प्रभावी र सम्भावित छ भन्ने पाउँछन्। यो विशेष गरी निम्न विशेषताहरु भएका उत्पादन र सेवाहरूको लागि सही ठहरिन जान्छ :

  • महँगो कच्चा माल वा विशेष उत्पादन प्रक्रियाहरू चाहिने
  • अन्य देशका प्रचलित वा लोकप्रिय उत्पादनहरू जसले व्यवसायहरूलाई स्थानीय प्रतिस्पर्धीहरूभन्दा अगाडि रहन र नयाँ तथा नवीन वस्तुहरू खोज्ने ग्राहकहरूलाई आकर्षित गर्न मद्दत गर्छ
  • स्थानीय रूपमा उपलब्ध नहुने वा कम आपूर्ति हुने उत्पादनहरू जसले विशेष बजारहरूको मागहरू पूरा गर्न मद्दत गर्न सक्छ
  • स्थानीय उत्पादन सीमितताहरूसँग सम्बन्धित चुनौतिहरू हटाउँदै व्यवसायहरूलाई वर्षभर ग्राहकहरूलाई केहि न केहि प्रस्ताव गरिरहन सक्षम बनाउने मौसमी उत्पादनहरू।

यदि तपाईं पनि आयात व्यवसायमा हुनुहुन्छ भने, भरपर्दो र प्रतिष्ठित अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग साझेदारी गर्न नबिर्सनुहोस्, प्रभावकारी व्यवस्थापन टोली विकास गर्नुहोस् र आन्तरिक आपूर्ति र वितरण च्यानलहरूमा नवीनता ल्याउनुहोस्।