Private Firm Registration Act, 2014
1. एकल स्वामित्व
एकल स्वामित्वलाई एकमात्र व्यापारी पनि भनिन्छ, जसको केवल एकमात्र मालिक हुन्छ र आफ्नै नाममा व्यापार गर्दछ। एकल स्वामित्वमा कुनै छुट्टै कानूनी संस्था हुँदैन किनकि यो एकल व्यक्तिको स्वामित्वमा हुन्छ। एकल व्यापारीको दायित्व र शक्ति असीमित छ र उसको निर्णय नै अन्तिम हुन्छ। “प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४”को प्रावधान अनुसार ३ वटा विभिन्न नियामक निकाय अन्तर्गत एकल स्वामित्व दर्ता हुने गर्दछ।
एकल स्वामित्वको दर्ताको लागि आवश्यक कागजातहरू :
क्र.सं. | कागजात सूची |
1. | निम्न विवरणहरू खुलासा गर्ने एउटा आवेदन:
|
2. | उद्यमीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि। |
3. | हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति। |
4. | नियामक निकायद्वारा निर्धारित अन्य कागजातहरू। |
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अनुसार लागू हुने दर्ता शुल्क।
पूँजी रकम | दर्ता शुल्क(ने.रु) |
एक लाख रुपैयाँ सम्म | रु १,१००।–(एक हजार एक सय रुपैयाँ मात्र) |
एक लाख एक रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु ३,१००।–(तीन हजार एक सय रुपैयाँ मात्र) |
तीन लाख एक रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु ६,१००।–(छ हजार एक सय रुपैयाँ मात्र) |
पाँच लाख एक रुपैयाँ भन्दा बढी बीस लाख रुपैयाँ सम्म | रु १२,१००।–(बाह्र हजार एक सय रुपैयाँ मात्र) |
बीस लाख एक रुपैयाँ भन्दा बढी एक करोड रुपैयाँ सम्म | रु २०,१००।–(बीस हजार एक सय रुपैयाँ मात्र) |
एक करोड एक रुपैयाँ भन्दा बढी पाँच करोड रुपैयाँ सम्म | रु ३०,१००।–(तीस हजार एक सय रुपैयाँ मात्र) |
पाँच करोड एक रुपैयाँ भन्दा बढी | रु ५०,१००।–(पचास हजार एक सय रुपैयाँ मात्र) |
अनलाइन मार्फत दर्ता प्रक्रिया:
1. Enter webpage https://www.doc.gov.np/
2. Create Username and ID via “ DOCSCP”
३. फर्मको विवरणहरू भर्नुहोस्।
आवेदन फारममा निम्न जानकारी खुलासा गर्न आवश्यक छ:
- एकल स्वामित्वको पूरा नाम र ठेगाना
- पुँजीको खुलासा
- पुँजीको स्रोतको खुलासा ।
- एकल स्वामित्वको उद्देश्य
- एकल स्वामित्वद्वारा लेनदेन गरिने सामानहरू
- एकल स्वामित्वको वेबसाइट
- शाखा
- रोजगारी क्षमता
४. मालिकको विवरण भर्नुहोस्
आवेदनमा निम्न जानकारी खुलासा गर्न आवश्यक छ :
- उद्यमीको पूरा नाम
- पूर्ण स्थायी र अस्थायी ठेगाना, लिङ्ग
- नागरिकता प्रमाणपत्र नं., जारी मिति र जिल्ला
- बुबा, हजुरबुबा र जीवनसाथीको नाम
५. निम्न कागजातहरू अपलोड गर्नुहोस्।
कागजात सूची
- नागरिकता प्रमाणपत्रको स्क्यान गरिएको प्रतिलिपि
- हालसालै खिचेको पासपोर्ट साइज फोटो
- डिजिटल हस्ताक्षर
- लगानीको स्रोतको खुलासा
- भाडा वा जग्गा स्वामित्व प्रमाणपत्रको स्क्यान प्रतिलिपि
- मालिकको स्वघोषणा
एकल स्वामित्व दर्ता गर्नका लागि आवश्यक सामान्य प्रक्रियाहरु :
चरणहरू | प्रक्रिया |
पहिलो | माथि उल्लिखित आवश्यक कागजातहरू र तोकिए बमोजिम दर्ता शुल्क सहित नियमन निकायमा निवेदन पेश गर्ने। |
दोस्रो | अनलाइन प्रक्रिया पूरा गरेपछि, दर्ता प्रक्रियालाई अन्तिम रूप दिनको लागि मालिक DOCSCP मा उपस्थित हुनुपर्छ। |
तेस्रो | एकल स्वामित्व दर्ता प्रमाणपत्र जारी। (चित्र तल देखाइएको छ) (चित्र तल देखाइएको छ) |
एकल स्वामित्वको नवीकरणको लागि आवश्यक कागजातहरूको सूची:
क्र.सं. | कागजातहरूको सूची |
1. | PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि। |
2. | गत आर्थिक वर्षको करचुक्ता । |
3. | लेखापरीक्षण प्रतिवेदन |
4. | एकल स्वामित्व दर्ताको सक्कल प्रमाणपत्र। |
5. | नियामक निकायद्धारा निर्धारित कुनै अन्य कागजातहरू। |
एकल स्वामित्वको नवीकरण
एकल स्वामित्वले आफ्नो दर्ता अवधि समाप्त भएको ३५ दिन भित्र प्रत्येक २ वर्षमा नवीकरण गर्नुपर्छ। एकल स्वामित्वको लागि लागू हुने नवीकरण शुल्कहरू निम्नानुसार छन् :
पूंजीको दायरा | लागू हुने शुल्क |
एक लाख रुपैयाँ सम्म | रु ६००।– (छ सय रुपैयाँ मात्र) |
एक लाख एक रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु १,०००।– (एक हजार रुपैयाँ मात्र) |
तीन लाख एक रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु १,६००।– (एक हजार छ सय रुपैयाँ मात्र) |
पाँच लाख एक रुपैयाँ भन्दा बढी बीस लाख रुपैयाँ सम्म | रु ३,०००।– (तीन हजार रुपैयाँ मात्र) |
बीस लाख एक रुपैयाँ भन्दा बढी एक करोड रुपैयाँ सम्म | रु ५,०००।– (पाँच हजार रुपैयाँ मात्र) |
एक करोड एक रुपैयाँ भन्दा बढी पाँच करोड रुपैयाँ सम्म | रु ८,०००।– (आठ हजार रुपैयाँ मात्र) |
पाँच करोड एक रुपैयाँ भन्दा बढी | रु १५,०००।– (पन्ध्र हजार रुपैयाँ मात्र) |
2. साझेदारी फर्म
साझेदारी फर्म भन्नाले आपसी फाइदाका लागि व्यवसाय सञ्चालन गर्ने उद्देश्यका साथ संयुक्त पूँजी, सीप र क्षमता सहित व्यापार गर्ने दुई वा बढी व्यक्तिहरूको संस्था हो। तिनीहरूले सम्झौतामा तोकिए बमोजिम नाफा, नोक्सान भुक्तानी तथा दायित्व बाँडफाँड गर्छन्। उनीहरूले संयुक्त रूपमा फर्मको उद्देश्य, पूँजीको मात्रा र नाफा नोक्सानको अंश निर्धारण गर्छन्।
साझेदारी फर्महरू साझेदारी ऐन, २०२० को प्रावधान अनुसार दर्ता हुने गर्दछन्।
साझेदारी फर्म दर्ता गर्न आवश्यक कागजातहरू
क्र.सं. | कागजातहरूको सूची |
1. | तोकिएको ढाँचामा आवेदन फारम। |
2. | साझेदारहरू बीचको सम्झौता (साझेदारी पत्र) ३ प्रति |
3. | प्रत्येक साझेदारको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि |
4. | प्रत्येक साझेदारको हालसालै खिचेको पासपोर्ट आकारको फोटो (प्रत्येकको ३ प्रति) |
5. | सम्बन्धित साझेदारहरू सक्कली नागरिकतासहित स्वयं उपस्थित हुनुपर्छ |
साझेदारी फर्म दर्ता गर्न आवश्यक सामान्य प्रक्रियाहरु
चरणहरू | प्रक्रिया |
पहिलो | निम्न विवरणहरू खुलासा गर्दै आवेदन फारम पेश गर्ने:
|
दोस्रो | दर्ता शुल्कको भुक्तानीः आवेदन फारमको साथमा कानूनले तोके बमोजिम सम्बन्धित विभागलाई भुक्तानी गर्नुपर्छ। |
तेस्रो | साझेदारी फर्मको दर्ता प्रमाणपत्र प्राप्ति । |
साझेदारी फर्महरूको दर्ताको लागि दर्ता शुल्क प्रादेशिक कानून अनुसार फरक हुन्छ। साझेदारी ऐन, २०२० अनुसार दर्ता शुल्क निम्नानुसार रहेको छ :
क्र.सं. | पूँजी रकम | दर्ता शुल्क |
1. | एक लाख रुपैयाँ सम्म | रु ६००।– (छ सय रुपैयाँ मात्र) |
2. | एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु २,०००।– (दुई हजार रुपैयाँ मात्र) |
3. | तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु ४,०५०।– (चार हजार पचास रुपैयाँ मात्र) |
4. | पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म | रु ७,५००।– (सात हजार पाँच सय रुपैयाँ मात्र) |
5. | दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म | रु १०,०००।– (दश हजार रुपैयाँ मात्र) |
6. | पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै भएपनि | रु १५,०००।– (पन्ध्र हजार रुपैयाँ मात्र) |
अनलाइन मार्फत साझेदारी फर्मको दर्ता:
1. Enter Webpage: https://www.doc.gov.np/
2. Create a username and ID via https://online.doc.gov.np/onlineuser/Login
३. फर्मको विवरणहरू भर्नुहोस्।
आवेदन फारममा निम्न जानकारी खुलासा गर्न आवश्यक छ:
- साझेदारी फर्मको पूरा ठेगाना
- साझेदारी फर्मको पूरा सम्पर्क विवरण
- साझेदार फर्मको प्रतिनिधित्व गर्ने मुख्य साझेदारको नाम र ठेगाना।
४. उद्यमीको विवरण भर्नुहोस्।
आवेदन फारममा निम्न जानकारी खुलासा गर्न आवश्यक छ:
- नाम, पूरा स्थायी र अस्थायी ठेगाना, लिङ्ग
- नागरिकता प्रमाणपत्र नं., जारी मिति र जिल्ला
- बुबा, हजुरबुबाको नाम र जीवनसाथीको विवरण।
- साझेदार फर्मद्वारा लेनदेन गर्नु पर्ने सामानहरू।
- लगानीको स्रोत
- रोजगारी क्षमता
- शाखा
५. निम्न कागजातहरू अपलोड गर्नुहोस्।
कागजात सूची:
- नागरिकता प्रमाणपत्रको स्क्यान गरिएको प्रतिलिपि
- हालसालै खिचिएको पासपोर्ट साइज फोटो
- साझेदारी सम्झौता
- व्यापार स्वीकृति
नविकरण:
फर्मको नवीकरणको लागि ३५ दिन भित्रमा सम्बन्धित विभागमा आवेदन फारम पेश गर्नुपर्नेछ।
साझेदारी ऐन, २०२० अनुसार लागू हुने नवीकरण शुल्क:
पूँजीको दायरा | लागू हुने शुल्क |
एक लाख रुपैयाँ सम्म | रु १००।– (एक सय रुपैयाँ मात्र) |
एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म | रु १२५।– (एक सय पच्चीस रुपैयाँ मात्र) |
तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म | रु १५०।– (एक सय पचास रुपैयाँ मात्र) |
पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म | रु २००।– (दुई सय रुपैयाँ मात्र) |
दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म | रु २५०।– (दुई सय पचास रुपैयाँ मात्र) |
पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै भएपनि | रु ३००।– (तीन सय रुपैयाँ मात्र) |