चीनमा औषधि र सुगन्धित बिरुवा उत्पादन कसरी निर्यात गर्ने
नेपालको उच्च हिमाली र हिमाली क्षेत्रमा यार्सागुम्बा, चिराइतो, पाखानवेद, जटामासी, सुगन्धवल, मजिथो, सिलाजित, पदमचाल र कुड्कीलगायतका विभिन्न प्रकारका औषधी र सुगन्धित बिरुवाहरू पाइन्छ । यी प्रजातिका बिरुवाहरू नेपालका लागि अद्वितीय छन् र अन्तर्राष्ट्रिय बजारमा अतुलनीय मूल्यहरूमा बिक्रि हुन्छन् ।