एक करोड १५ लाख लिटर दूध प्रशोधन

चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।
तस्बिर : रा.स.स.

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उहाँले बताउनुभयो । “गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ”, उहाँले भन्नुभयो, “पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।”

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।” पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ ।

जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताउनुभयो ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी