प्राइभेट कम्पनी, एकल स्वामित्व र साझेदारी फर्मको बिक्री र शेयर हस्तान्तरण कसरी गर्ने ?

आफ्नो व्यवसाय बेच्ने तथा शेयर हस्तान्तरणबारे छोट्करीमा प्रक्रिया बुझ्नुहोस्।
Image by freepik

शेयरको स्वामित्वमा शेयर हस्तान्तरण र दाखिला खारेज दुबैले परिवर्तन ल्याउछ । तर कम्पनी ऐन,२०६३ अनुसार यी सर्तहरु बीच भिन्नता छ । एक शेयर हस्तान्तरण शेयरधनीको कार्य मार्फत पूरा हुन्छ । जबकी, शेयर दाखिला खारेज ओरिजिनल शेयरधनीको मृत्यु वा दामासाही कानून अनुसार अपरेसन हुन्छ ।

 

क) एकल शेयरधनी भएको कम्पनी

एक व्यक्ति कम्पनी वा एकल शेयरधनी भएको कम्पनी भनेको एउटा कम्पनी केवल एकल व्यक्ति रुपम गठन भएको बुझिन्छ ।

एकल शेयरधनी भएको कम्पनी शेयरधनीको मृत्यु भएमा निजको हकदार वा निजको शेयरमा हक प्राप्त गर्ने व्यक्तिले शेयरधनीको हक प्राप्त गर्नछ र निजले शेयर हस्तान्तरण तथा दाखिल खारेज गर्ने लगायत यस ऐन बमोजिम एकल शेयरधनीले गर्ने समुपूर्ण कार्य गर्नेछ ।

यसरी हक प्राप्त गर्ने व्यक्तिले शेयर हस्तान्तरण र दाखिल खारेजको निर्णय गर्दा लिखित रुपमा गर्नु पर्नेछ । तर त्यस्तो शेयरधनीको कुनै हकवाला फेला नपरे कार्यालयले लिक्विडेटर नियुक्त गरि प्रचलित कानून बमोजिम कम्पनी खारेज गर्नेछ ।

एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरणका लागि कम्पनी ऐनको,२०६३ को  दफा १५२ अनुसार निम्न चरणहरु रहेका छन् :

चरण १: कम्पनी रजिस्ट्रेसन कार्यालय जानकारी प्रदान गर्ने

निजको शेयरमा हक प्राप्त गर्ने व्यक्तिले शेयरधनीको हक प्राप्त गर्नेछ, शेयरमा हक प्राप्त गर्ने व्यक्तिले एक महिनाभित्र सो कुराको प्रमाणसहित कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।

चरण २: कम्पनी रजिस्ट्रेसन कार्यालयले अभिलेख राख्ने

कार्यालयले तोकिएको दस्तुर लिई सो जानकारी अभिलेख गरिएको व्यहोरा शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।

चरण ३: एकल शेयरधनी लाई शेयर हस्तान्तरण गर्ने

शेयरमा हक प्राप्त गर्ने व्यक्ति एकभन्दा बढी भएमा अन्य हकदारले एकजनालाई मात्र एक हस्तान्तरण गरेको अवस्थामा बाहेक निजहरु तत्कालका लागि कम्पनीको सञ्चालक भएको मानिनेछ र सोहि आधारमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्नु पर्नेछ । तर हक बाहेकको प्रश्न उठेमा सो विषयमा अधिकार प्राप्त अदालतको फैसला बमोजिम हुनेछ ।

चरण ४: प्रबन्धपत्र वा नियमावलीको संसोधन

कम्पनीको साधारण सभाले प्रबन्धपत्र वा नियमावलीको संसोधन गर्न सक्नेछ ।

 

ख) प्राइभेट लिमिटेड कम्पनी

प्राइभेट कम्पनी ति हुन् जहाँ शेयरधनीहरुको एक बाट सुर भएर पचास भन्दा कम हुन्छ ।

यस किसिमका कम्पनीले सदस्यता शेयर गर्न सर्वसाधारण जनतालाई आमन्त्रण गर्न सक्दैनन् । कम्पनी ऐन,२०६३ ले प्राइभेट कम्पनीमा शेयर हस्तान्तरण प्रक्रियाको रुपरेखा तय गरेको छ । कम्पनीसंग लेनदेनको अभिलेख छ जहाँ स्थानान्तरणकर्ता (विक्रेता) र हस्तान्तरणकर्ता (क्रेता) बीच एक वैध बिक्री लिखतको अभिलेख छ ।

स्थानान्तरण गर्ने व्यक्तिको नाम कम्पनीको शेयरधनीकोरुपमा मान्यता प्राप्त दर्ता अभिलेखको पुस्तकमा अभिलेख हुनुपर्दछ । अभिलेखमा दर्ता भएका व्यक्तिले मात्र मतदान गर्न पाउनेछन् ।

स्थानान्तरण दर्ता नभएसम्म, स्थानान्तरणकर्ताले हस्तान्तरणकर्ताको लागि गुठियारको रुपमा कार्य गर्दछ । कम्पनीको शेयर बिक्री गर्ने कानूनी प्रक्रिया कम्पनी ऐन,२०६३ को दफा ४२ र ४३ बमोजिम रहेकोछ । प्रबन्धपत्र र नियमावलीको अधिनमा रही कम्पनीको शेयर सरह बिक्री गर्न वा धितो बन्धकराख्न सकिनेछ ।

कम्पनीको शेयर यस ऐनले प्रदान गरे अनुसार स्वामित्व हस्तान्तरण गर्न देहायबमोजिमका चरण अपनाउन सकिन्छ :

चरण १: लिखतको तयारी र स्वीकृति

एक लिखत हस्तान्तरणको सबै आवश्यक सर्तहरु बीच क्रेता र बिक्रेताको तयारी हुनेछ । र यदि एकल यो एकल स्वामित्व कम्पनि होइन भने कम्पनी रजिस्ट्रेसन कार्यालयमा शेयर हस्तान्तरण वा बिक्री गर्न आवेदन दिनु अघि बोर्ड सदस्यहरुको स्वीकृति आवश्यक छ ।

चरण २: कम्पनी रजिस्ट्रेसन कार्यालयमा आवेदनहरु

शेयर बिक्री भएकोमा सो खरिद गरी लिने व्यक्तिले लिने त्यस्तो शेयरको दाखेल खारेज गर्नको निमित्त तोकिए बमोजिमको ढाँचामा नियमावलीमा तोकिएको दस्तुर सहित कम्पनीको रजिस्टर कार्यालयमा निवेदन दिनु पर्नेछ । त्यसरी दिइने निवेदन साथ निवेदकले शेयर खरीद बिक्रीसँग सम्बन्धित लिखत र शेयरको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।

चरण ३: नयाँ स्वामित्व दर्ता

उपलब्ध आवेदनको आधारमा सचेतता पूर्वक प्रमाणिकरण पछि कम्पनी रजिस्ट्रेसन कार्यालयले नया मालीकको नाम दर्ता गर्नेछ र दर्ता प्रमाणपत्र प्रदान गर्नेछ ।

चरण ४: नाम खारेजी

निवेदन परेमा कम्पनीले निवेदन परेको पन्ध्र दिनभित्र दर्ता किताबमा साबिक शेयरधनीको नाम खारेज गरी हालवालाको नाम दर्ता गर्नुपर्नेछ ।

 

ग) एकल स्वामित्व वा साझेदारी फर्मको स्वामित्व बिक्री वा हस्तान्तरण

एकल स्वामित्व र साझेदारी फर्महरुको बिक्री वा हस्तान्तरणका लागि समान प्रक्रिया हुन्छ | जब साझेदारी व्यवसायमा  साझेदारले साझेदारी वा साझेदार छोड्ने निर्णय गर्छ त्यसबेला साझेदारी विघटन हुन्छ ।

यस  किसिमका व्यवसायहरुको स्वामित्व बेचेर हस्तान्तरण गर्न सकिन्छ र त्यहाँ कम्पनी जस्तै शेयर हस्तान्तरणको व्यवस्था छैन ।

साझेदारी फर्म वा एकल स्वामित्व बेच्ने कानूनी प्रक्रिया स्थानीय तहको प्रशासनिक अधिकारप्राप्त अर्थात् नगरपालिका/ गाउँपालिकाको वडा कार्यालयले प्रदान गरेको छ ।

यस प्रकारका व्यवसायहरु साना व्यवसाय भएकाले स्थानीय तहका विभागहरु यी सबै व्यवसायहरुको साबि नियामक गतिविधिहरु संचालन गर्ने जिम्मेवार छन् ।

व्यवसाय बेच्नको लागि चरणबद्ध रुपमा निम्नानुसार छन् :

चरण १: सबै आवश्यक कागजातहरु तयारी

  • क्रेता र बिक्रेता बिचको लिखत
  • खरिदकर्ताको फोटोहरु
  • व्यवसायको दर्ता प्रमाणपत्र
  • यदि पहिले नै पेश गरिएको छ भने भाडा सम्झौता
  • दुवै पक्षको नागरिकता
  • इजाजतपत्र हुन सक्ने व्यवसाय संचालनसंग सम्बन्धित आवश्यक कागजातहरु
  • साझेदारी सम्झौता यदि एक साझेदारी व्यवसाय हो

(नोट: विशेष वाड वा व्यवसायको कुनै विशेष आवश्यकताको रुपमा अतिरिक्त कागजातहरु आवश्यक हुन सक्छ। )

चरण २:

दुवै पक्षले वडा कार्यालयमा गएर स्वामित्व परिवर्तनका लागि आवेदन बुझाउनु पर्छ ।

चरण ३:

आवश्यक शुल्क तिने ।

चरण ४:

वडा कार्यालयको स्वीकृति पर्खिनुस । वडाले स्वीकृत गरेपछि नयाँ मालिकको नामको साथ छाप लगाइएको र हस्ताक्षरित प्रमाणपत्र जारि गर्नेछ ।

(नोट: यदि तपाईलाई कुनै सहयोग चाहिन्छ भने वडा कार्यालका अधिकारीहरुले निर्देषित गर्नेछन् । )