नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७

के तपाईँ औद्योगिक वा उपभोग्य वस्तु वा उद्योग सम्बन्धी सेवाहरु प्रदान गर्दै हुनुहुन्छ ? यदि तपाईँ औद्योगिक वा उपभोग्य वस्तु वा उद्योग सम्बन्धी सेवाहरु प्रदान गर्नुहुन्छ भने नेपाल गुणस्तर प्रमाण चिन्हले (NS) तपाईँको सामानको गुणस्तर र प्रयोग गर्न सुरक्षित भएको ग्यारेण्टि दिन्छ।    प्रमाणिकरण सम्बन्धी नियम बनाउने अधिकार कसलाई छ ? कुनै पदार्थ, प्रकृया वा […]

Image by storyset on Freepik

के तपाईँ औद्योगिक वा उपभोग्य वस्तु वा उद्योग सम्बन्धी सेवाहरु प्रदान गर्दै हुनुहुन्छ ?

यदि तपाईँ औद्योगिक वा उपभोग्य वस्तु वा उद्योग सम्बन्धी सेवाहरु प्रदान गर्नुहुन्छ भने नेपाल गुणस्तर प्रमाण चिन्हले (NS) तपाईँको सामानको गुणस्तर र प्रयोग गर्न सुरक्षित भएको ग्यारेण्टि दिन्छ। 

 

प्रमाणिकरण सम्बन्धी नियम बनाउने अधिकार कसलाई छ ?

कुनै पदार्थ, प्रकृया वा सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्न र त्यस्तो पदार्थमा प्रमाण-चिन्हको प्रयोगको व्यवस्था गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल गुणस्तर परिषद् गठन गर्न सक्नेछ। सो परिषद्को अंग्रेजीमा पूरा नाम नेपाल काउन्सिल फर स्टायण्डर्डस् (Nepal Council for Standards) र संक्षिप्त नाम एन.सी.एस. (NCS) हुनेछ।

 

नेपाल गुणस्तर कार्यालय (Nepal Bureau of Standards) को स्थापना:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले नेपाल गुणस्तर कार्यालयको स्थापना गरेको छ। यस काेयालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुन्छ:

  • परिषद् बाट गुणस्तर निर्धारण भएपछि प्रमाण-चिन्ह प्रयोग गर्न इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र दिने,
  • कुनै पदार्थ प्रकृया वा सेवाको गुणस्तर वृद्धि गर्ने सम्बन्धमा निरीक्षण गर्ने गराउने र आवश्यक प्राविधिक सल्लाह तथा निर्देशन दिने,
  • निरीक्षक नियुक्ति गर्ने वा तोक्ने,
  • इजाजतपत्र नवीकरण गर्ने, स्थगित गर्ने वा रद्द गर्ने,
  • इजाजतपत्र दिंदा आवश्यक शर्त तोकी कबूलियत वा मन्जूरनामा गराउने, 
  • परिषद्को प्रशासकीय काम कारबाई गर्ने।

 

नेपाल गुणस्तर प्रमाण चिन्ह (NS) केहो र यसले व्यवसायीलाई कसरी मद्दत गर्दछ ?

नेपाल गुणस्तर प्रमाण चिन्हले (NS) नेपालमा बिक्री हुने औद्योगिक वस्तुहरुले गुणस्तरीय मापदण्ड पूरा गरेको जनाउँछ। गुणस्तर चिन्ह प्राप्त गर्नाले;

  • व्यापार अवसरहरु वस्तार हुन्छ,
  • निरन्तर निगरानी हुने हुनाले उत्पादनको आवश्यक मापदण्डहरु सुनिश्चित हुन्छ,
  • ग्राहक सन्तुष्टि र सामानप्रतिको विश्वास वृद्धि हुन्छ,
  • थप अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्दछ

 

इजाजतपत्र वा प्रमाणपत्र कसरी प्राप्त गर्ने ?

यदि कुनै पनि व्यवासायीलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्नुछ भने, निजले यस ऐनको अनुसूची १ को ढाँचामा इजाजतपत्र प्रदान गर्ने कार्यालय समक्ष आवेदन पेश गर्नुपर्दछ।

 

आवेदन पेश गरेपछि जाँचबुझ गरीन्छ;

  • आवेदकले आफ्नो सामगरी, प्रकृया, वा सेवाले मापदण्ड पालना गरेको छ वा छैन जाँच गर्न आवश्यक छ।
  • नेपाल गुणस्तर अनुसार सामग्रीको गुणस्तर कायम राख्न आवेदकले आफूसँग गुणस्तर नियन्त्रण र परीक्षणको व्यवस्था भएको देखाउनु पर्दछ।
  • नेपाल गुणस्तर मापदण्डको अनुपालन पुष्टि गर्न आवेदकले निरीक्षणका लागि अनुमति दिनुपर्दछ।
  • आवेदकले निरीक्षणका लागि नमूना र आवश्यक जानकारी प्रदान गर्नुपर्छ र सो सम्बन्धी लागत बेहोर्नु पर्दछ।

 

निरीक्षणको आधारमा कार्यालयले आवेदकलाई गुणस्तर नियन्त्रण र परीक्षण व्यवस्थामा परिवर्तन गर्न सुझाव दिन सक्छ।