उदयमान उद्यमहरुकालागि सफल मार्केटिङ रहस्य

सम्बन्ध नै उद्यमको मुद्रा हो |
SSUCv3H4sIAAAAAAACA3VRwWrDMAz9FaNzWDd2y3GsGwwGZdut7KDYairi2MWy05WSf5/cprDLbpLee/LT8xk6FLbQnoG9L5ITZo4B2ocGyHGOidFDez83IBlzERLlamcxU6/opb8t2Z7rHFp4KsKBRFYvHDBYApWXToF3FkveY6BYBObmJvgiuw/Rx/70H/W7Aewp2FN9Xw0k8oQXO1uFhmOmNC7eJnYUryUWx7WEKVr0ij9W73pnHOu0T3jYs008Uaq9I7FawDP3nNGbEdNAmUNvbNQzDtkcOe9NDF7PM+hUllkqjsGZURNDI6exi17MzmM2E1nN0PzN9s6sNVjsPJn15vMi/KDgSFnBvG1ezS6mUUNpIP/UaKBZMrruktVipaBfdUvOyomDfto8z787zpjE0gEAAA==

नेपालको गतिशील व्यावसायिक परिवेशमा एमएसएमईहरु देशको आर्थिक वृद्धि, रोजगारी, नवप्रवर्तन र लचिलोपनका प्रमुख योगदानकर्ता हुन्।

सीमित स्रोतसाधन हुँदाको कठिनाइ र बढ्दो प्रतिस्पर्धाको बीचमा नेपालका साना व्यवसायहरूले लक्षित समूहलाई आफ्ना उत्पादन वा सेवाहरू सफलतापूर्वक बिक्री गर्न अक्सर चुनौतीहरू सामना गरिरहन्छन्।

सफलताको लागि कुनै विशेष मार्केटिङ सूत्र नभएकोले, एक व्यवसाय मालिकको रूपमा तपाईंले नयाँ अवसरहरूको फाइदा लिनको लागि निरन्तर नयाँ नीतिहरु लागु गर्दै परिक्षण गर्नुपर्छ।

उदीयमान प्राविधिक विकासले व्यवसायहरुलाई समग्र व्यवसाय रणनीति नै रुपान्तरण गर्ने व्यवस्था प्रस्तुत गरेको छ। जुनै आकारका भए पनि, धेरै कम्पनीहरूले यस प्रतिस्पर्धी बजारमा बाँच्नको लागि डिजिटल मार्केटिङ रणनीति र प्रविधिहरू अपनाइरहेका छन्।

उदाहरणका लागि, धेरैजसो एमएसएमईहरूले आफ्ना उत्पादनहरू बजारमा राख्न विभिन्न मार्केटिङ रणनीतिहरूमा भर परेका हुन्छन्। यद्यपि, कोभीड-१९ प्रकोपले उत्पादनहरूको मार्केटिंग गर्ने तरिका परिवर्तन गर्‍यो। व्यवसायहरू परम्परागत मार्केटिंगबाट डिजिटल मार्केटिङतर्फ सरे र विभिन्न सामाजिक संजाल प्लेटफर्महरू प्रयोग गरेर आफ्ना उत्पादनहरू र सेवाहरूको विज्ञापन र प्रवर्दन गरे।

अब, प्रतिस्पर्धात्मक बजारमा फस्टाउनको लागि तपाईंको व्यवसायलाई दिशानिर्देश प्रदान गर्ने केही सफल मार्केटिङ रणनीतिहरू तर्फ लागौँ।

 

‘हार्ड सेलिङ’ को रणनिति अपनाउन छाड्दिनुहोस्

ग्राहकहरूको उत्पादन खरिद गर्ने तरिका धेरै नै विकसित भइसकेको छ। रुचि नै नभएका ग्राहकलाई अप्रत्याशितरुपमा गरिने ‘कोल्ड कलिङ’ रणनिति र आफुले भनेको अडानमा ग्राहक नझरुन्जेल झुलाइराख्ने ‘स्लिजि सेल्स’ रणनिति aba प्रयोग गरिँदैन। तपाईंको उत्पादन र ब्रान्डको बारेमा अनलाइन जानकारी खोज्न सक्ने सरलताले ग्राहकहरूलाई थप शक्ति दिएको छ। त्यसोभए, सिधा बिक्रि रणनीति लिनुको सट्टा, ग्राहकहरूलाई उनीहरूले तपाईंको उत्पादन वा सेवाहरू किन खरिद गर्ने भनेर बुझाउनुहोस्। यस किसिमका जानकारी तपाईंको वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा राख्दा यसले तपाईका ग्राहकहरूलाई किन्ने वा नकिन्ने निर्णय गर्न मद्दत गर्न सक्छ।

 

उचित सामाजिक सञ्जाल प्लेटफर्ममा विज्ञापन गर्नुहोस्

तपाईंले आफ्नु उत्पादनको विज्ञापन गर्नको लागी उचित सामाजिक सञ्जाल प्लेटफर्म छनोट गर्नु महत्त्वपूर्ण छ। यो तपाई के प्रस्ताव गरिरहनु भएको छ र तपाईंको लक्षित दर्शक को हुन् मा निर्भर हुन्छ र यसले लक्षित दर्शकको आवश्यकताहरुलाई सहि रुपमा पूरा गर्नको लागी तपाईंको विज्ञापनलाई परिष्कृत गर्दछ। जस्तै, यदि तपाई अचार बेच्ने योजना गर्दै हुनुहुन्छ भने, विज्ञापन केन्द्रित गर्नको लागि फेसबुक र टिकटक सही प्लेटफर्म हुन सक्छन्। थ्रिफ्ट स्टोर, जेन- जि कपडा वा क्याफे पसलहरूको लागि इन्स्टाग्राममा आफ्नो विज्ञापनमा केन्द्रित गर्न सक्नुहुन्छ। त्यसैले आफ्ना लक्षित वर्ग को हुन् भनेर स्पष्ट र सटिक रूपमा जन्नुहोस् र तिनीहरू मुख्यतया कहाँ केन्द्रित छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

 

आफ्नो ब्रान्ड कथा बताउनुहोस्

मार्केटिङको निरन्तर परिवर्तनशील संसारमा, ग्राहकहरूलाई गहिरो स्तरमा संलग्न गर्नका लागि ब्रान्डको बारेमा कथा कथन गर्ने रणनिति प्रभावकारी तरिकाको रुपमा स्थापित भएको छ।

सच्चा हुनु, आफ्ना ग्राहकका भावनाहरूसँग जोडिनु र उनीहरूको अनुभवलाई तपाईंले कसरी सुधार गर्न सक्नुहुन्छ भन्ने कुरा प्रस्तुत गर्नु सफल ब्रान्ड कथा/स्टोरीका मुख्य तत्वहरू हुन्। तपाईंको ब्रान्ड कथा/स्टोरीले तपाईंले समर्थन गर्ने वातावरणीय संरक्षण, शिक्षा, स्वास्थ्य सेवा जस्ता सामाजिक क्रियाकलापहरुबाट वा तपाईंको र तपाईंको समुदायको मूल्यमान्यतासँग मिल्दोजुल्दो कुनै अन्य क्षेत्रमा तपाईंले गर्नु हुने सामाजिक कामबाट धेरै फाइदा लिन सक्छ।

तपाईंले कोष सङ्कलन कार्यक्रमहरू, सचेतना अभियानहरू, स्वयंसेवक कार्यक्रमहरू, आदि जस्ता कार्यक्रमहरू आयोजना गर्न सक्नुहुन्छ। साथै, तपाईंले समुदायमा आवश्यकताहरू सम्बोधन गर्न प्रतिबद्धित स्थानीय गैर-नाफामुखी समूहहरूसँग समन्वय पनि गर्न सक्नुहुन्छ।

तपाई लाभदायक प्रभाव पार्न सक्ने पहल र कार्यक्रमहरु सह-आयोजन गर्न सक्नुहुन्छ। यदि वातावरणीय दिगोपन प्रवर्द्धनले तपाईंको ब्रान्डमा फरक पार्छ भने, त्यस्ता कार्यक्रमहरु आयोजन गर्नुहोस्। तपाईंको ब्रान्ड पर्यावरण सचेत मानिनेछ र यदि तपाईंले आफ्ना कार्यक्रमहरूमा दिगोपन समावेश गर्दै जानु भयो भने यसले समान विश्वास राख्ने सहभागीहरूलाई आकर्षित पनि गर्नेछ। यो रणनीतिले वातावरणलाई केहि दिने तपाईंको समर्पणको कदर गर्ने सामाजिक रूपमा सचेत व्यक्तिहरूसँग तपाईंको गहिरो सम्बन्ध स्थापित गर्दै कुनै न कुनै प्रकारको फरक पार्न तपाईलाई सक्षम बनाउँछ।

उदाहरणका लागि, भामा (VAMA) एक नेपाली फेसन ब्रान्ड हो जसले पर्यावरणमैत्री उत्पादनहरू बिक्री गर्छ। भामाले उत्पादनहरू सिर्जना गर्न कपास लिनेन, खादी र शुद्ध कपास लगायतका पर्यावरण-मैत्री सामग्रीहरू प्रयोग गर्छ। पर्यावरण-मैत्री उत्पादनहरू बेचेर वातावरण सुधारमा ध्यान केन्द्रित गरेको छौँ भनेर देखाउने भामासँग एउटा कथा हुनाले ग्राहकहरूलाई यसको उत्पादन किन्न उत्प्रेरित गरेको छ। तपाईंले तस्विर, भिडियो, उपयोगकर्ता-जनित सामग्री (युजर जेनेरेटेड कन्टेन्ट) तथा ग्राहक प्रतिक्रियाहरूलाई आफ्नो ब्रान्ड कथा साझा गर्न प्रयोग गर्न सक्नुहुन्छ।

 

केवल कन्टेन्ट भन्दा माथि उठ्नुहोस्

“सामग्रीको साथै सरलता पनि उतिकै अनिवार्य छ।”

तपाईंले मार्केटिङ योजना तयार गर्दा कन्टेन्ट (सामग्री) र सरलतालाई सगँसगैँ लैजानुपर्छ। यदि तपाई सरल कन्टेन्ट सिर्जना गर्न असफल हुनुभयो भने, तपाई तपाईंको दर्शकलाई सही सन्देश प्रदान गर्न असफल हुन सक्नुहुन्छ।

कन्टेन्ट मार्केटिङको साथमा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) र लिङ्क निर्माण जस्ता अन्य रणनीतिहरू पनि सधैँ प्रयोग गरिनुपर्छ। धेरै जसो एमएसएमईहरूले गुगल खोज परिणामहरूमा शीर्ष स्थान प्राप्त गर्न एसईओमा लगानी गर्छन्। यहाँ तपाईंले की वर्ड (मुख्य शब्द) योजना, लिङ्क निर्माण, इमेज अप्टिमाइजेसन इत्यादिमा ध्यान केन्द्रित गर्न आवश्यक छ। तल केहि उपायहरु छन् जसले तपाईलाई आफ्नो एसईओमा मद्दत गर्नेछन्:

  • गुणस्तरीय सामग्री सिर्जना गर्नुहोस् जुन तपाईका लक्षित दर्शकहरूले साझा/सेयर गर्न सकुन्।
  • सान्दर्भिक किवर्डहरू प्रयोग गर्नुहोस्।
  • तपाईंले सिर्जना गर्नुभएको पृष्ठहरूमा प्रख्यात तेस्रो-पक्ष वेबसाइटहरूबाट लिङ्कहरू थप्नुहोस्।
  • प्रयोगकर्ताहरूलाई तपाईंको वेबसाइटमा लैजान सामाजिक सञ्जाल प्रयोग गरेर लिङ्कहरू सिर्जना गर्नुहोस्।
  • पृष्ठ (वेबपेज) लोड कम गर्न अप्टिमाइजड चित्रहरु प्रयोग गर्नुहोस्।

 

मौखिक विज्ञापन (वर्ड अफ माउथ) प्रयोग गर्नुहोस् र इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्नुहोस्

लक्षित दर्शकहरू बीच सक्रिय फलो भएका र तपाईंको व्यवसायको मुल्य मान्यतासगँ मिल्दो मुल्य मान्यता राख्ने इन्फ्लुएन्सरहरू तपाईका लागि आदर्श हुन सक्छन्। नेपाली ब्रान्डहरूले आफ्ना उत्पादन र सेवाहरूलाई व्यापक दर्शकमाझ प्रवर्द्धन गर्न सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूसँग सहकार्य गरिरहेका छन्। उदाहरणका लागि, साना स्थानीय नेपाली रेष्टुरेन्टहरूले फूड ब्लगरहरूसँग प्रायः इन्स्टाग्राम र टिकटकमा जस्ता सामाजिक सञ्जाल सहकार्य गर्छन्। ती ब्लगरहरूले खाना समीक्षा र आतिथ्य मूल्याङ्कनहरू गर्छन र थप ग्राहकहरूलाई आकर्षित गर्न रेस्टुरेन्टको वातावरण देखाउने भिडियोहरू अद्यावधिक गर्छन्। यदि तपाई आफ्ना ग्राहकहरूलाई कायम राख्न संघर्ष गर्दै हुनुहुन्छ भने इन्फ्लुएन्सर मार्केटिङ उत्तम मार्केटिङ रणनीतिहरू मध्ये एक हो।

 

सामाजिक सञ्जाल क्षेत्रमा संलग्न हुनुहोस्

सामाजिक सञ्जाल खाता हुनु मात्र पर्याप्त छैन। आजकल, विभिन्न गतिविधिहरू मार्फत आफ्ना दर्शकहरूसँग संलग्न हुनु र उनीहरूसँग कुराकानी गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईंले पर्दा पछाडिको सामग्रीहरू, व्यक्तिगत प्रश्नोत्तरहरू, उत्पादन डेमोहरू वा समाचारहरू प्रदान गर्न इन्स्टाग्राम, फेसबुक वा टिकटक जस्ता सामाजिक सञ्जाल साइटहरूमा लाइभ भिडियो स्ट्रिमिङ र स्टोरि राख्ने सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ। तपाईका दर्शकहरूले तपाईसँग थप जोडिएको महसुस गर्नेछन्। तपाईका दर्शकहरूलाई तपाईंको ब्रान्डसँग सम्बन्धित प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गर्न सक्नुहुन्छ। तपाईका दर्शकहरूलाई उनीहरू मूल्यवान छन् भनेर देखाउन तपाईंको सामाजिक सञ्जालमा उपयोगकर्ता-जनित सामग्री (युजर जेनेरेटेड कन्टेन्ट) साझा गर्नुहोस्। दर्शकहरूलाई दर्शकबाट वास्तविक खरीददार बनाउनको लागि आकर्षक छुट र उपहारहरू प्रस्ताव गर्नुहोस्।

 

इमेल मार्केटिङ अँगाल्नुहोस्

सामाजिक सञ्जालको वृद्धिको बावजुद इमेल मार्केटिङ एमएसएमईहरूको लागि प्रभावकारी रणनीति हो। इच्छुक ग्राहकहरूको इमेल ठेगानाहरूको सूची सिर्जना गर्नुहोस् र नियमित रूपमा तिनीहरूलाई न्यूजलेटरहरू, विशेष प्रस्तावहरू, अद्यावधिकहरू र उनिहरुको लागि अनुकूलित गरिएको जानकारीहरू पठाउनुहोस्। रोचक विषय रेखाहरू सिर्जना गर्नुहोस्। इमेल मार्केटिङले ब्रान्ड वफादारीलाई बढावा दिन्छ, ग्राहकहरूसँग सम्बन्ध विकास गर्छ र साथै ग्राहकहरूलाई फर्कनका लागि प्रोत्साहन दिन्छ।

 

माथि सूचीबद्ध गरिएका सबै रणनीतिहरू तपाईंको व्यवसायका लागि उपयुक्त नहुन सक्छन्, तर कुन कुन रणनीतिले तपाईंको लागि राम्रो काम गर्छन् भनी हेर्न तिनीहरूलाई संयोजन गर्नु अझै व्यावहारिक हुन जान्छ। आफ्ना दर्शकहरूबाट प्रतिक्रिया प्राप्त गर्दा, खुला दिमाग र लचिलोपन राख्नुहोस् र प्रतिक्रिया अनुसार अनुकूलन गर्न इच्छुक हुनुहोस्। आफ्नो लागत (समय, ऊर्जा र निश्चित रूपमा पैसा) र प्राथमिकताहरू नबिर्सनुहोस् तर आफ्नो उत्पादन र ब्रान्ड देखिएको र सुनिएको छ भनेर पनि सुनिश्चित गर्नुहोस्।