भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) ले आठ हप्ते, पूर्ण रूपमा छात्रवृत्तियुक्त स्टार्टअप तालिम कार्यक्रमका लागि नेपाली नवप्रवर्तक र स्टार्टअपहरूबाट आवेदन माग गरेको छ। यो तालिम भारतको प्रतिष्ठित संस्था आईआईटी मद्रासमा हुनेछ, जसमा सहभागीहरूले प्रत्यक्ष सिकाइ, विज्ञहरूको मार्गदर्शन (मेन्टोरशिप) र इन्टर्नसिपको अवसर पाउनेछन्।
यो कार्यक्रम आईआईटी मद्रास प्रवर्तक, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालन हुने हो। यसको उद्देश्य सहभागीहरूलाई आफ्नो नयाँ सोच र आइडियालाई व्यवहारिक र सफल स्टार्टअपमा बदल्न सहयोग गर्नु हो।
पहिलो र दोस्रो ‘इन्डिया–नेपाल स्टार्टअप कनेक्ट’ कार्यक्रमको सफलतापछि सुरु गरिएको आईएन–एसप्यानले नेपालका बढ्दै गरेका स्टार्टअपहरूलाई भारतको अग्रणी नवप्रवर्तन केन्द्रसँग जोड्ने लक्ष्य राखेको छ।
कार्यक्रमबारे
अवधि: ८ हप्ते उद्यमशीलता यात्रा
कार्यक्रम सुरु हुने मिति: १ डिसेम्बर २०२५
आवेदनको अन्तिम मिति: १५ नोभेम्बर २०२५
छनोट प्रक्रिया: आवेदनहरू मूल्यांकन गरेर छनोट समितिले छोटकरीमा परेका उम्मेदवारहरूसँग अनलाइन भिडियो अन्तरवार्ता लिनेछ।
प्रमाणपत्र: तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई आईआईटी मद्रास प्रवर्तकबाट प्रमाणपत्र प्रदान गरिनेछ।
सुविधा: चयन भएका सहभागीहरूको यात्रा, बसोबास, खानपान र सम्पूर्ण तालिम खर्च भारतीय दूतावास, काठमाडौंद्वारा व्यहोर्नेछ।
कार्यक्रम संरचना:
- हप्ता १–४: उद्यमशीलता तालिम
- हप्ता ५–६: विशेष सीप तालिम (सोलार प्यानल इन्स्टलेसन र मर्मत, कृत्रिम बुद्धिमत्ता, र इलेक्ट्रोनिक किट्स लगायत)
- हप्ता ७–८: इन्टर्नसिप अवसर
स्थान: आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजीज फाउन्डेशन, आईआईटी मद्रास रिसर्च पार्क, चेन्नई
आवेदन लिंक: IN-SPAN Training Program
सम्पर्क:
श्री अतुल मदन
भारतीय दूतावास, काठमाडौं
+९७७-९८५११-०७०५२
[email protected]









