महिला केन्द्रित उद्यमका लागि रु ५० करोडको ‘ग्रोथ फन्ड’

"यस विकास कोषले ५० करोड रुपैयाँ परिचालन गर्नेछ र प्रारम्भिक चरणमा १०-१५ साना तथा मझौला उद्यमहरुमा लगानी गरिनेछ। व्यवसायीले ५० लाखदेखि ५ करोड रुपैयाँसम्मको लगानी पाउन सक्नेछन्।"

महिला-नेतृत व्यवसायहरुका लागि ठूलो खबर!

ग्लोबल इक्विटी फण्ड, एक निजी इक्विटी कम्पनी – जसले साना र मझौला उद्यमहरू (SMEs) लाई प्रारम्भिक, विस्तार र वृद्धिका चरणमा पूँजी प्रदान गर्दछ – र यु.एस.एड अन्तर्गतको ‘ट्रेड एण्ड कम्पिटिटीभनेस’ को संयुक्त पहलमा नेपाल वुमेन ग्रोथ इक्विटी फण्ड संचालनमा ल्याईएको छ।

ग्लोबल इक्विटी फण्ड अनुसार यो कोष महिला नेतृत्व भएका व्यवसायहरूमा केन्द्रित नेपालकै पहिलो वैकल्पिक पूँजी वाहन हो। यसले महिलाहरूको लागि लगानीको अवसरहरू खोलेर उनीहरूलाई आफ्नो व्यवसाय बढाउन सक्षम बनाउन वित्तीय सेवाहरूमा पहुँच बढाउनेछ।

विज्ञापनहरू

यस विकास कोषले ५० करोड रुपैयाँ परिचालन गर्नेछ र प्रारम्भिक चरणमा १०-१५ साना तथा मझौला उद्यमहरुमा लगानी गरिनेछ। व्यवसायीले ५० लाखदेखि ५ करोड रुपैयाँसम्मको लगानी पाउन सक्नेछन्।

कोषले महिला उद्यमीहरूको व्यावसायिक लगानीमा पहुँच विस्तार गर्दै उनीहरुको क्षमता र प्रतिस्पर्धात्मकता वृद्धि गर्ने र घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने अपेक्षा गरिएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू