तपाईंको व्यवसाय औपचारिक बनाउन पाँच कदमहरु

“सानो व्यवसायले गर्न सक्ने सबैभन्दा ठूलो गल्ती सानो व्यवसाय जसरी सोच्नु हो“
Business formalization | Source: Image by rawpixel.com on Freepik

के तपाइँ उद्यमी हुन चाहनुहुन्छ र तपाइँको व्यवसाय गर्ने सपनालाई वास्तविकता दिन तयार हुनुहुन्छ?

व्यवसायलाई औपचारिकता दिनाले तपाइँको उद्यमलाई एक ठोस कानूनी आधार प्रदान हुन्छ। औपचारिक रूपले व्यवसाय संचालन गर्नाले तपाईंसँग व्यवसाय वृद्धि र विस्तारका लागि बलियो आधार रहन्छ। 

आफ्नो व्यवसायिक गतिविधि बढाउन, नयाँ बजारहरू खोजि गर्न, र प्रख्यात, सम्मानित संस्थाहरूसँग व्यापार गर्न रुचाउने त्यस्ता सम्भावित व्यवसायिक साझेदारहरू आकर्षित गर्ने बाटो तपाईंका लागि खुल्नेछन्।

सरल रूपमा भन्नुपर्दा, तपाईंले पूरा गर्नुपर्ने मुख्य औपचारिकताहरू यसप्रकार छन्:

१. व्यवसाय दर्ता

२. बहीखाता व्यबस्थापन

३. कर दर्ता

४. सामाजिक सुरक्षा सम्बन्धी औपचारिकताहरू

५. श्रम नियमहरू

६. अन्य विशेष आवश्यकताहरू

 

यस ब्लगमा व्यवसायलाई औपचारिक बनाउने प्रक्रिया तपाईंका लागि क्रमबद्ध रूपमा दिईएको छ। ल हेरौँ!

 

चरण १: तपाईंको व्यवसाय प्रकार र संरचना निर्धारण गर्नुहोस्

तपाईंको व्यवसायलाई औपचारिक बनाउने पहिलो चरण भनेको व्यवसायको प्रकार र संरचना निर्धारण गर्नु हो। नेपालमा मुख्य चार प्रकारका व्यवसायहरू छन्:

 

१. एकल स्वामित्व: एकल स्वामित्व व्यवसायको सबैभन्दा सामान्य प्रकार हो। यस्ता व्यवसायहरुलाई कुनै पनि विशेष अनुमति वा इजाजतपत्रहरू आवश्यक पर्दैन र स्थापना गर्न पनि सजिलो हुन्छ। यद्यपि, एकल स्वामित्वमा व्यक्तिगत दायित्व/लायबिलिटि बीमा नहुने भएकाले तपाईंको कम्पनी विरुद्ध ल्याइने कुनै पनि ऋण वा कानुनी मुद्दाहरुका लागि तपाईं जिम्मेवार हुन सक्नुहुन्छ।

 

२. साझेदारी: एकल स्वामित्व जस्तै, साझेदारीमा दुई वा बढी व्यक्तिहरू हुन्छन्। साझेदारीहरू दुई प्रकारका हुन्छन्: सीमित साझेदारी/लिमिटेड पार्टनरशिप (एल.पी) र सीमित दायित्व साझेदारी/लिमिटेड लायबिलिटि पार्टनरशिप (एल.एल.पी)।

 

३. सीमित दायित्व कम्पनीहरू (एल.एल.सी): सीमित दायित्व कम्पनी एकल स्वामित्व वा साझेदारी भन्दा बढी औपचारिक प्रकारको व्यवसाय हुन्। एल.एल.सी ले आफ्ना मालिकहरूलाई कम्पनीको दायित्वहरूको निम्ति व्यक्तिगत रूपमा उत्तरदायी हुनबाट जोगाउँछ। यद्यपि, एकल स्वामित्व वा साझेदारी कम्पनि स्थापना गर्नुभन्दा एक एल.एल.सी स्थापना गर्नु निकै जटिल र महँगो हुन सक्छ।

 

४. कोर्पोरेशन: कोर्पोरेशन सबैभन्दा औपचारिक प्रकारको व्यवसायिक संस्था हुन्, जसले कम्पनिलाई तिनीहरूका मालिकहरूबाट स्वतन्त्र कानूनी पहिचान दिन्छ। यसले नाफा कमाउन, कर तिर्न, र कानूनी रूपमा उत्तरदायी हुन सक्छ।

 

प्रत्येक संरचनाको आफ्नै विशेष परिचालन र कानूनी प्रक्रियाहरु हुन्छ। तपाईं आफ्नो व्यवसायिक उद्देश्य अनुसारको संरचना छनोट गरि अघि बढ्न सक्नुहुन्छ।

 

चरण २: आफ्नो व्यवसायको नाम दर्ता गर्नुहोस्

तपाईंको व्यवसायको नाम तपाईंको ब्रान्ड पहिचानको महत्त्वपूर्ण भाग हुन्छ। तपाईंको व्यवसायको 

 नामले यसको मूल्य-मान्यता, मिशन, र लक्ष्य प्रतिबिम्बित गर्नुपर्छ।

आफ्नो व्यवसायको नाम रोज्नुभएपछि, तपाईं अर्को चरणमा जान सक्नुहुन्छ: व्यवसाय दर्ता।

तपाईले आफ्नो व्यवसायको नाम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्न सक्नुहुन्छ।

दर्ता गर्नाले तपाईंको कम्पनीको नामको कानूनी मान्यता र सुरक्षा सुनिश्चित हुन्छ। सो नामको उपलब्ध भए वा नभएको पुष्टि गर्न कम्पनि रेजिस्ट्रारको कार्यालयले नाम खोज गर्नेछ। स्वीकृत भएपछि तपाइँ दर्ता प्रक्रियामा अघि बढ्न सक्नुहुन्छ।

 

चरण ३: कर कार्यालमा दर्ता

व्यवसायलाई औपचारिक बनाउने तेस्रो चरणमा कर कार्यालयमा दर्ता गर्नु पर्दछ। यो ई-रजिष्ट्रेसन प्रणाली मार्फत वा नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर अनलाइन गर्न सकिन्छ।

आन्तरिक राजस्व विभाग (IRD) बाट स्थायी लेखा नम्बर (प्यान)* लिनुपर्ने हुन्छ। प्यान दर्ता कर तिर्न, कर फिर्ता, फाइल गर्न/भर्न, र वित्तीय लेनदेन सञ्चालन गर्न आवश्यक हुन्छ।

केही व्यवसायहरूले भ्याटमा पनि दर्ता गर्न आवश्यक हुन सक्छ। यो पनि आन्तरिक राजस्व कार्यलयमै गर्न सकिन्छ।

दर्ताको लागि आवेदन दिन र थप जानकारीका लागि: https://taxpayerportal.ird.gov.np/taxpayer/app.html

 

चरण ४: उद्योग विभागबाट इजाजतपत्र/लाईसेन्स लिनुहोस्

तपाईंको व्यवसाय औपचारिक बनाउने प्रकृयाको अर्को चरणमा उद्योग विभागबाट इजाजतपत्र लिनुपर्ने हुन्छ। उद्योग विभागले उत्पादन, व्यापार, र सेवा उद्योगमा संलग्न व्यवसायहरूको लागि इजाजतपत्र जारी गर्दछ।

लघु, घरेलु र साना व्यवसायहरू घरेलु तथा साना उद्योग कार्यालयमा गरिन्छ।

इजाजतपत्र पाउनका लागि तपाईंले आवश्यक कागजातहरू सहित एक आवेदन फारम पेश गर्नुपर्ने हुन्छ। यदि तपाईंको आवेदन स्वीकृत भए तपाईंलाई इजाजतपत्र जारी गरिनेछ।

 

चरण ५: तपाईंको व्यवसायको लागि आवश्यक अनुमतिपत्रहरु र प्रमाणपत्रहरू लिने

अनुमतिपत्र/पर्मिट र प्रमाणपत्रहरू लिनु व्यवसाय औपचारिक बनाउने अन्तिम चरण हो।

यसका लागि व्यवसायको प्रकारअनुसार विभिन्न प्रक्रियाहरू र मापदण्डहरू हुन सक्छन्। जस्तै, तपाईंलाई व्यापार इजाजतपत्र, कर दर्ता, भ्याट दर्ता, उद्योग-विशेष अनुमतिहरु, वा अन्य नियामक अनुमतिहरू आवश्यक पर्न सक्छ। यसले सबै लागू कानूनहरूको अनुपलाना हुने सुनिश्चित गर्दछ।

सबै आवश्यक अनुमतिहरू र प्रमाणपत्रहरू प्राप्त गरिसकेपछि तपाईं आफ्नो व्यवसाय सञ्चालन गर्न तयार हुनुहुनेछ।

अझ, तपाईंको उद्योग, स्थान, र अन्य विशिष्ट परिस्थितिहरू अनुसार औपचारिकीकरण प्रक्रियामा थप चरणहरु आवश्यक पर्न सक्छ। 

तसर्थ, तपाइँ सबै आवश्यकता पूरा भएको सुनिश्चित गर्न कानुनी र व्यवसायिक सल्लाहकारहरुसँग परामर्श लिनु उचित हुन्छ।