Nep
Eng
Nep
Eng

This post is also available in: English

लुम्बिनी प्रदेशमा आधारित उद्यम र स्टार्टअपहरुकालागि इनक्युबेटर कार्यक्रम घोषणा

हरेक वर्ष, चयन गरिएका १० उद्यमहरूले आफ्नो चक्रिय व्यवसाय मोडेल विकास गर्न पूर्व-बिउ पुँजी (लगभग २,७७७ युरो) प्राप्त गर्नेछन्।

इम्प्याक्ट हब काठमाडौंले लुम्बिनी प्रदेशमा आधारित लघु, साना तथा मझौला उद्यम र स्टार्टअपहरूकालागि आफ्नो Roots of Circularity (RoC) इनक्युबेटर कार्यक्रम २०२४ को लागि आवेदन खुला गरेको छ।

यस कार्यक्रमले लुम्बिनी प्रदेशमा आधारित १० उद्यमहरूलाई चक्रिय व्यवसाय मोडेल विकास गर्न सहयोग प्रदान गर्नेछ। हरेक उद्यमलाई कार्यक्रमको अवधिमा पूर्व-बिउ पुँजी (प्री-सीड फन्ड) (लगभग युरो २,७७७) प्राप्त हुनेछ, साथै मासिक रूपमा कक्षाहरू, प्रशिक्षण सत्रहरू र सञ्जाल र सहकार्यका अवसरहरू पनि प्रदान गरिनेछ।

आवेदन बुझाउने अन्तिम मिति २०८१ भदौ २५, मंगलवार हो।

विज्ञापनहरू

चक्रिय अर्थ व्यवस्था भनेको के हो ?

चक्रिय अर्थ व्यवस्था  भनेको हामीले प्रयोग गर्ने वस्तुको — उत्पादन, सामग्री, र स्रोतहरूको — उपयोगितालाई सकेसम्म लामो समयसम्म प्रयोगमा राखेर तिनीहरूको अधिकतम उपयोग गर्ने लक्ष्य राखेको व्यवस्था हो। यस अन्तर्गत विभिन्न विधिहरु प्रयोग गरिन्छ जस्तै पुनर्प्रयोग, मर्मत/सम्भार वा रिसाइकल जसले वस्तुहरुको प्रयोगीताको चक्र जति सक्यो धेरै लम्बाउने प्रयास गर्छ र जतिसक्यो कम फोहोर उत्सर्जन गर्छ।

कार्यक्रम दुई चरणहरूमा विभाजित छ।

इनक्युबेटर कार्यक्रमको पहिलो चरण—अवधारणा र इनक्युबेसन (८ महिना) मा प्रत्येक महिनामा दुईवटा कक्षाहरू र व्यक्तिगत प्रशिक्षण सत्रहरू समावेश छन्।

दोस्रो चरण — प्री-एक्सेलेरेशन ३ महिनासम्म सञ्चालन हुनेछ। यस चरणमा समूहबाट एक वा दुई उद्यमहरू अगाढि बढ्ने छन् र अघि बढ्ने प्रक्रिया उनीहरूको आवश्यकता र चासोमा निर्भर हुनेछ ।

कार्यक्रमले महिला, युवा र सिमान्तकृत समूह जस्तै (दलित समूह, LGBTQIA+ लगायत) द्वारा संचालित स्टार्टअप र उद्यमहरूलाई प्राथमिकता दिनेछ । यसै अन्तर्गत १० मध्ये पाँच स्थान महिला उद्यमीहरूकालागि छुट्याइएको छ।

अवधारणा चरणभन्दा भन्दा माथिल्लो चरणमा रहेका र लुम्बिनी प्रदेशमा दर्ता भएका, सञ्चालनमा रहेका, र जसका उत्पादन र सेवाहरू न्यूनतम सम्भावित उत्पादन (मिनिमल भाइबल प्रोडक्ट)का साथ बजारमा  टेकिसकेका स्टार्टअप र  उद्यमहरूले आवेदन दिन सक्ने छन् ।

इनक्युबेसन कार्यक्रम Roots of Circularity (RoC) चार वर्षीय परियोजनाको एक हिस्सा हो र यसलाई युरोपियन कमिसनले वित्त पोषण गरेको छ। यो परियोजना इम्प्याक्ट हब एसोसिएसन (IHA) द्वारा इम्प्याक्ट हब काठमाडौं (IHK) र पशुपन्छी संरक्षण नेपाल  (WCN) सँगको सहकार्यमा नेतृत्व गरिएको छ, जसको उद्देश्य नेपालमा चक्रिय अर्थ व्यवस्थाको पारिस्थितिकी तन्त्र विकास गर्नु हो।

यस परियोजनाअन्तर्गत, लुम्बिनी र बागमती प्रदेशका ६० उद्यमलाई नवीन चक्रिय व्यवसायिक मोडेलतर्फ सहयोग प्रदान गरिनेछ। हरेक वर्ष प्रत्येक प्रदेशबाट १० वटा उद्यमहरूलाई इनक्युबेटर कार्यक्रमका लागि चयन गरिनेछ।

कार्यक्रमकोबारेमा विस्तृत जानकारीकालागि, जस्तै कार्यक्रम संरचना र आवेदन निर्देशनहरू र अन्य शर्तहरु, यहाँ हेर्नुहोस्।

आवेदन दिनको लागि, कृपया गूगल फारम भर्नुहोस्:

https://docs.google.com/forms/d/e/1FAIpQLSfzxQVb_zYn0EgHUUV46xm-lQZ5UYaUp9NfX3qoBZHORncdFw/viewform

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू