Nep
Eng
Nep
Eng

This post is also available in: English

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ शुभारम्भ

कर्जा अधिकतम १० वर्षसम्मका लागि प्रदान गरिनेछ र ब्याजदर आधार दरमा ०.५% प्रिमियम थप गरेर निर्धारण गरिनेछ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत सोमबार (असोज १४ गते) ‘एक प्रदेश, एक विशेष कार्यक्रम’ अन्तर्गत प्रदेश विशेष कृषि कर्जा सुरु गरेको छ, जसको मुख्य उद्देश्य देशभरिका सबै प्रदेशहरूमा कृषि क्षेत्रको विकास गर्नु हो। 

हरेक प्रदेशको विशिष्ट कृषि उपजको आधारमा बैंकले ५० करोड रुपैयाँसम्म कर्जा  प्रदान गर्नेछ।

हरेक प्रदेशका लागि विशेष कृषि वस्तुहरू रूपमा पहिचान गरिएको छ:

विज्ञापनहरू

कोशी: अलैंची

मधेश: माछापालन

बाग्मती: कुखुरापालन

गण्डकी: फलफूल

लुम्बिनी: पशुपालन 

कर्णाली: जडीबुटी

सुदूरपश्चिम: केरा खेती

कानुनी रूपमा दर्ता भएका फर्म वा कम्पनीहरूमा आबद्ध भई कृषि क्षेत्रमा संलग्न भएका १८ देखि ६५ वर्ष उमेर समूहका कृषि उद्यमीले यो सुविधा प्राप्त गर्न आवेदन दिन सक्नेछन्।

बैंकले अधिकतम १० वर्षसम्मको लागि कर्जा प्रदान गर्नेछ र आधार दरमा ०.५% प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरिनेछ। बैंकले खुद व्यवसायिक सम्पत्तिको ७०% सम्मको कर्जा लगानी गर्नेछ। 

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहनेछ। बैंकले आवश्यक परेमा घर/जग्गा धितोको रुपमा स्विकार्नेछ। कर्जा वा परियोजनाको बीमा पनि गरिनेछ।

प्रदेश विशेष कृषि कर्जा बैंकका देशभरिका सबै शाखाबाट उपलब्ध हुनेछ। बैंकले हाल देशका ७७ जिल्लामा २९४ शाखा सञ्चालन गरिरहेको छ ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू