बैङ्क प्रणालीमा ठूलो लगानीयोग्य नगद संचित हुदैं गर्दा ऋणको माग ठप्प भएकोले निक्षेप दरहरू पनि घटेको छ। लगतै बैङ्कको आधार दरहरू घटेको छ। परिणाम स्वरूप कर्जामा ब्याज पनि घटेको छ।
यो वर्ष, पहिलो त्रैमासको अन्त्यमा ‘ए’ वर्गका वाणिज्य बैंकहरूको औसत आधार दर ७.३४% ले घटेको छ।
कूल २० बैङ्कको सुचीमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क (५.७१%) र राष्ट्रिय वाणिज्य बैङ्क (६.०५%) आधार दर सबैभन्दा कम रहेको छ जसले तिनको तुलनात्मक रूपमा कम लागतको वित्त संरचना रहेको जनाउँछ।
| आधार दर भनेको के हो?
→ आधार दर भनेको त्यो न्यूनतम ब्याज दर हो जसमा बैङ्कहरूले कर्जा जारी गर्न सक्छन्। बैङ्क तथा वित्तीय संस्थाहरूलाई यस दरभन्दा तलको दरमा कर्जा दिन अनुमति छैन, जुन उनीहरूको नियामक नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको छ। बैङ्कहरूले आफ्नो आधार दर निर्धारण गर्दा आफ्ना कोषको लागत, सञ्चालनको लागत र अनिवार्य नगद अनुपातको लागत लगायतका विभिन्न वित्तीय सूचकलाई ध्यानमा राख्छन्। |
आधार दरमा गिरावटको अर्थ बैङ्कहरूले सस्तो दरमा कर्जा दिन सक्छन्। बैङ्कहरूले कर्जाको प्रकृति र सम्बन्धित जोखिमका आधारमा आफ्नो आधार दरमा निश्चित प्रिमियम थप्छन्। नेपाल राष्ट्र बैङ्कले बैङ्कलाई आधार दरमा ५% सम्मको प्रिमियम थपेर कर्जा दिन अनुमति दिन्छ। प्राथमिकता क्षेत्रहरूमा, उनीहरूले २% सम्मको प्रिमियम लगाउन सक्छन्।
समाचार माध्यमका अनुसार, बैङ्कहरूले न्यूनतम ०.२५% प्रिमियम थपेर कर्जा दिन सुरु गरेका छन्, जबकि ठुला ऋणी जस्तै कर्पोरेट क्षेत्रलाई आधार दरमै कर्जा उपलब्ध हुन शुरु गरेको छ।
तालिका १: २०८१/८२ को त्रैमासिक अन्त्यको आधार दरका साथ ‘क’ वर्गका बैङ्कहरूको सूची
| बैंकका नाम | आधार दर |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ५.७१% |
| राष्ट्रिय वाणिज्य बैंक | ६.०५% |
| नेपाल बैंक | ६.७२% |
| एभरेस्ट बैंक | ६.८०% |
| नबिल बैंक | ७.०२% |
| कृषि विकास बैंक | ७.०७% |
| नेपाल इन्भेस्टमेण्ट मेगा बैंक | ७.०८% |
| सानिमा बैंक | ७.२४% |
| ग्लोबल आईएमई बैंक | ७.२९% |
| कुमारी बैंक | ७.४८% |
| एनएमबी बैंक | ७.४९% |
| सिद्धार्थ बैंक | ७.५८% |
| माछापुच्छ्रे बैंक | ७.६१% |
| प्रभु बैंक | ७.६५% |
| नेपाल SBI बैंक | ७.७२% |
| लक्ष्मी-सूर्य बैंक | ७.७९% |
| सिटिजन बैंक | ७.९२% |
| प्राइम कमर्शियल बैंक | ७.९२% |
| हिमालयन बैंक | ८.३५% |
| एनआईसी एशिया बैंक | ८.३७% |
| औसत | ७.३४% |









