नेपाली खाद्य ल्याब परीक्षणलाई भारतको मान्यता, सहज निर्यातका लागि बाटो खुला

मान्यतासँगै नेपालबाट भारततर्फ खाद्यान्न निर्यात गर्ने व्यवसायीहरूका लागि व्यक्तिगत रूपमा समय, लागत र झन्झट एकैचोटि कम हुने भएको छ। साथै, राष्ट्रिय असरका रूपमा यसले भारतसँगको व्यापार घाटा न्यूनिकरणमा पनि प्रभावकारी र फलदायी भूमिका खेल्न सक्छ।
तस्बिर : रा.स.स

भारतले नेपालमै जाँच भएका केही खाद्य वस्तुहरूको परीक्षणलाई औपचारिक मान्यता दिने निर्णय गरेको छ। स्रोतहरूका अनुसार, भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डिएफटीक्युसी) अन्तर्गत रहेको नेशनल फूड एन्ड फिड रेफरेन्स ल्याब (एनएफएफआरएल) बाट परीक्षण भएका वस्तुहरूको विश्लेषण प्रमाणपत्रलाई मान्यता दिने भएको हो। तर, यदि कुनै वस्तुबारे भारतलाई शंका लागेमा भने पुनः परीक्षण गर्न सकिने व्यवस्था यथावत् रहेको छ। यस निर्णयसँगै नेपाली व्यवसायीहरूलाई उत्पादन परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ। नेपालका निर्यातकर्ताले अब नेपालमै परीक्षण गरेर बिक्रीका लागि भारत पठाउन सक्ने छन्। 

एनएफएफआरएल ल्याबले पूर्वाधार सुदृढ गर्दै परीक्षण क्षमतालाई २८४ प्यारामिटरबाट ६३० प्यारामिटरसम्म विस्तार गरेको थियो। भारतीय पक्षले नेपाललाई पूर्वाधार अभिवृद्धिको सिफारिस गरेअनुसार नेपालले प्रयोगशालाको स्तरोन्नति गरेको त्यसको आधारमा भारतले परीक्षण रिपोर्टलाई मान्यता दिने निर्णय गरेको हो।

मान्यता प्राप्त वस्तुहरू प्रभाव

स्रोतहरूका अनुसार, नेपालमै परीक्षण गरेर भारतमा निर्यात गर्न सकिने प्रमुख वस्तुहरूमा जाम, जेली, जुस, अचार, चिनीजन्य वस्तुहरू, अदुवा, ताजा फलफूल, तरकारी तयारी चाउचाउ समावेश छन्।

यस मान्यताले नेपाली व्यवसायी किसानहरूलाई ठूलो राहत मिलेको छ। मान्यतापुर्व, व्यवसायीहरू भारतको ल्याब परीक्षणका लागि दिल्ली, कोलकाता, लखनउ वा मुम्बई जस्ता शहर पुग्नु पर्ने, पुग्दा महिनौ समय लाग्ने, हजारौ रुपैयाँ खर्च हुने प्रक्रियामा ढिलाइ हुँदा खाद्यान्न नष्ट हुने जोखिम समेत हुने गरेको थियो। साथै एजेन्टमार्फत प्रक्रिया अघि बढाउँदा अनौपचारिक शुल्क तिर्नुपर्ने अवस्थाले व्यवसायीहरूलाई थप भार परेको थियो। अब उक्त निर्णयले ती सबै अवरोध तथा प्रक्रियागत झन्झट हटाइदिएको छ।

लामो समयदेखिको तयारीपछि कार्यान्वयनमा पुगेको मान्यता

नेपाल भारतबीच सन् २०१९ मै खाद्य वस्तुको पारस्परिक मान्यता सम्बन्धी सम्झौता भए पनि प्राविधिक तयारी, पूर्वाधार अभाव कोभिड महामारीका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि भारतले औपचारिक रूपमा नोटिफिकेसन जारी गर्दै नेपाल सरकारको एनएफएफआरएल प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिएको हो। स्रोतहरूका अनुसार, रोकिएको मान्यता प्रदान गर्ने विषय गत पुषमा सम्पन्न नेपालभारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा प्राथमिकताका साथ समावेश भएको थियो। बुँदा नम्बर १२ अन्तर्गत परीक्षण, प्रमाणिकरण पारस्परिक मान्यता सम्बन्धी सहमति जुटेपछि चैतमा भारतीय प्राविधिक टोलीले काठमाडौ आएर एनएफएफआरएल ल्याबको निरीक्षण मूल्यांकन गरेको थियो।

नेपालको निर्यात व्यापार, विशेष गरी भारतसँगको व्यापार घाटा न्यूनीकरणमा यस निर्णयले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो उपलब्धिले नेपाली उद्यमी, कृषक तथा निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको परीक्षण सुविधा दिने मात्र नभई, दीर्घकालीन रूपमा नेपालभारत व्यापार सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी