चिया र कथाको संगम ‘द टि टेल्स’

'हामी यहाँ चौतारामा बसेर केही त बनायौँ है । खुसी लाग्छ।’

 


 

काठमाडौं। चिया। यो शब्दले नै एउटा कथा बोक्छ। नेपालीका लागि चिया पेय पदार्थ मात्रै मानिदैंन। यसलाई एउटा बानी, एउटा संस्कृतिको रूपमा लिइन्छ। चिया पसलमा राजनीतिदेखि सिनेमासम्मका गफ हुन्छन्। चिया पसलमा कथाहरू खोतलिन्छन्। कथाहरू बुनिन्छन्।

मैतिदेविस्थित टि टेल्सको झन् नाममा नै चिया कथा छ। अर्घाखाँचीबाट एसएलसी सकेर काठमाडौं आएका ऋषिके बस्याल धनुषाबाट आएका रोहित शाहले टि टेल्सखोलेका हुन्। क्याफे सञ्चालनमा आएको चार महिना भयो।

जग्गा लिएदेखि हेर्ने हो भने महिना भयो। सञ्चालनमा आएको ठिक चार महिना भयो,’ ऋषिके भन्छन्।

ऋषिके आफैं चियाको पारखी हुन्। रोहितलाई पनि चिया उत्तिकै मन पर्छ। दुवै साथीहरूको एउटा समान बानी जस्तै हो चिया पिउनु। कलेज पढ्दाताका होस वा अरू बेला भेटघाटका क्रममा, उनीहरूले चिया पसलमा कैयौँ घण्टा बिताएका छन्। आफू नै चियाको पारखी भएका कारण व्यवसाय गर्ने हुँदा के गर्ने भन्ने प्रश्नको उत्तर खोज्न उनीहरू धेरै अल्झिनु परेको थिएन।

यसको सुरुवाती सोच साथीको हो’, ऋषिकेश भन्छन्, ‘ऊ व्यवसाय प्रशासनमा स्नातकोत्तर हो उसले नै केही गरौँ यतिका वर्षदेखि सँगै छौं भन्यो। मैले पनि थिएटरलाई सँगसँगै लैजान के ले सहयोग हुन्छ भन्ने हेर्दा क्याफेले हुन्छ लाग्यो। परिवारको पनि साथ थियो। त्यो हुँदा सबै कुरा मिलेपछि क्याफे नै गर्ने सोच भयो।

ऋषिकेश थिएटरमा संलग्न छन्। केही वर्षयता उनले थिएटर अभिनयमा साधना गरिरहेका थिए। त्यही बेला रोहितले सोच अघि सारेपछि उनलाई पनि अभिनयसँगै क्याफेलाई समानान्तर लैजान सकिन्छ भन्ने लाग्यो। उनी भन्छन् आम्दानीको स्रोतको रूपमा भन्दा चिया पसल सोचमा आयो। आफूलाई पकाउन पनि मजा आउने भएकाले चिया पसल नै गरेका छौं।

अर्घाखाँची काठमाडौं एसएलसी दिएर अरू युवाजस्तै पढ्ने केही गर्ने सपनासहित काठमाडौं आएका ऋषिकेश धनुषाबाट आएका रोहितको भेट मेगा कलेजमा भएको थियो। त्यही भेट आज व्यवसायमा साझेदारी गर्नेसम्म विस्तार भएको छ।

चिया कथाको संगम

ऋषिकेश रोहित १२ को पढाई पछि पनि भेटघाट गर्ने ठाउँ बनेको थियो बानेश्वरको विमला दिदीको चिया पसल। बिहानदेखि बेलुकासम्म एक कप चिया मात्रै खाएर बसे पनि कसैले उठेर जानु नभन्ने त्यो चिया पसलको विशेषता थियो। तयारी गर्दै गर्दा ऋषिकेश रोहितको सोच पनि आफ्नो क्याफे त्यस्तै बनाउने भन्ने थियो।

पछि चिया मात्रै केन्द्रित रहेको क्याफे चियावाला खुल्यो। त्यसपछि क्रमशः काठमाडौंका विभिन्न ठाउँमा चिया केन्द्रित भएर क्याफेहरू खुलिरहेका छन्।

चियावाला लगायतमा भएको वातावरण आफूहरूलाई मन पर्ने ऋषिकेश बताउँछन्।  उनी भन्छन्, ‘त्यहाँ राम्रो भाईब्स थियो। जति बेर पनि बस्न पाइने। त्यस्ता ठाउँ जाँदा जाँदै के सोच आयो भने क्याफेमा चौतारा हुनुपर्छ। गुन्द्री ओछ्याएर बस्ने ठाउँ हुनुपर्छ। मान्छे आएपछि भिड भयो भन्ने नहोस् उठेर जानु पर्ने अवस्था नहोस् भन्ने थियो। त्यही कुरा हेरेर हामीले यो क्याफे बनायौँ।

टि टेल्सको विशेषता भनेको कथा चिया हो। ऋषिकेश भन्छन्, ‘ आफूले पनि थिएटर गर्ने भएकाले चियासँग कथाहरू जोडिनुपर्छ भन्ने लाग्छ। त्यो गर्न खोजेका छौं।

टि टेल्समा चौतारो छ। गुन्द्री ओछ्याएर बस्नलाई सानो चौर छ। साथीभाइ गफ गर्ने मात्रै होइन समय भुलाउनका लागि उनो, लुडो, चेसजस्ता खेलहरू छन्। सँगै पढ्न रुचाउनेका लागि पुस्तकको पनि व्यवस्था छ। बेला मौकामा समय अवस्था मिल्दा कविताको कार्यक्रम, सिनेमासम्बन्धी चर्चा पनि यहाँ हुन्छ।

जग्गा खोज्दाको सास्ती

काठमाडौंमा खाली जग्गा पाउनु निकै कठिन। यो कठिनाइ ऋषिकेश रोहितले पनि भोग्नु पर्यो। क्याफे सञ्चालन गर्ने निधो उनीहरूले गरें। क्याफे कस्तो हुनुपर्छ भन्नेमा पनि उनीहरूले एउटा निर्णय गरिसकेका थिए। तर, भने अनुसारको ठाउँ कतै नपाइने। ऋषिकेश भन्छन्, ‘गत वर्षको असारबाट यसका लागि खट्यौँ। जग्गा खोज्न मनोहरादेखि कीर्तिपुरसम्म कुदेका थियौं। जग्गा पाउन तीन महिना जति लाग्यो। तीन महिनाको कसरतपछि उनीहरू पाएको जग्गा थियो मैतीदेवीमा। तर, त्यहाँ उनीहरूको सामुन्ने अर्को चुनौती थियो।

यहाँ १० वर्षदेखि कवाड खाना रहेछ,’ उनी भन्छन्, ‘महानगरले कवाडखाना हटाएको थियो। यहाँ जग्गा मन परेपछि यहाँ नै क्याफे बनाउने निर्णय गर्यौँ।

जग्गा पाएपछि पनि क्याफे निर्माण गर्दा भने उनीहरूले सोचेको जस्तो भएन्।

सुरुवातमा हाम्रो बजेट कम थियो,’ उनी भन्छन्, ‘तर झन्डै डबल लगानी भयो। यहाँ भएको कवाडको फोहोर सफा गर्न नै हामीलाई ३५/४० हजार लाग्यो।

अहिले क्याफे रहेको ठाउँमा ढलदेखि बिजुली केहीको पनि व्यवस्था थिएन।  त्यो सबै कुराको व्यवस्थापन गर्दै जाँदा खर्च धेरै हुन गएको ऋषिकेश बताउँछन्। उनी भन्छन्, ‘हामीले बाहिर देख्दा सजिलो छ।  ट्रस्स मात्रै हाल्ने हो जस्तो लाग्थ्यो। तर पछि गर्दै जाँदा सोचेकोभन्दा डबल लगानी भयो। घर बनाएको जस्तै महानगरबाट अनुमति लिने सबै गरेका छौं।

अर्घाखाँचीको चुकौनी बटुकको स्वाद, गुल्मीको गुँढको चिया

चिया बनाउँदै जाँदा आफूले सकेसम्म स्थानीय स्वादलाई पनि ल्याउनुपर्छ भन्ने लागेको थियो ऋषिकेश रोहितलाई। त्यही अनुसार अहिले टि टेल्समा चुकौनी बटुकजस्ता सामग्री पाउँछन्। यसको मौलिक स्वादलाई पनि प्रस्तुत गरिएको ऋषिकेश बताउँछन्।

अर्घाखाँचीको मान्छे भएकाले मैले काठमाडौंमा चुकौनी बटुकमा मौलिक स्वाद पाइरहेको थिएन,’ उनी भन्छन्, ‘यहाँ मौलिक स्वादसहित बेचिरहेका छौं। त्यो बाहेक हामीले गुँढ चिया पनि बेचिरहेका छौं। मान्छेले चिनी छोडिरहेको बेला चिनीको विकल्पको रूपमा गुल्मीको दिगामको गुँढ (सख्खर) ल्याएर यहाँ बेचिरहेका छौं।

चियामा प्रयोग हुने दूध मैतीदेवीमै आफ्नै उमेरका युवाहरूले खोलेको पसलबाट ल्याइरहेका छन्। त्यस्तै, आफ्नो ठाउँबाट अर्ग्यानिक वस्तुका रूपमा फापरको पिठो पनि ल्याउने गरेको उनी बताउँछन्।

चिया बनाउँदा बेच्दा ऋषिकेश र रोहित दुवैले चिया बनाउनमा के महत्त्वपूर्ण रहेछ भन्ने पनि बुझेका छन्।

चिया बेच्दा मुख्य कुरा चिया पत्ती मसला हो,’ उनी भन्छन्, ‘चियामा केही नराखी चिया पत्ती मात्रै राखेर पनि चिया मिठो हुन्छ। हामी यहाँ मसला चिया भनेर बेच्छौं। त्यसमा मसला हाल्छौं।

दूधमा कति पानी हाल्ने? यो कुरा पनि महत्त्वपूर्ण हुने ऋषिकेश बताउँछन्। खुल्ला दूध हुँदा त्यसमा गुणस्तरमा एकैनास नहुने भएकाले आफूहरूले प्याकेटको दूध प्रयोग गर्ने गरेको उनले बताए। उनले भने, ‘त्यो हुँदा हरेक दिन आउने दूध उस्तै हुन्छ एउटा किसिमको स्वादलाई निरन्तरता दिन सकिन्छ।

क्याफे खुल्नुभन्दा अघि आफूहरूले निर्माणकै क्रममा चिया बनाउँदै परीक्षण गरेर एउटा स्वादलाई निरन्तरता दिएको उनले बताए।

कस्तो व्यवसाय?

टि टेल्स खुलेसँगै यहाँ सबै किसिमका ग्राहकको आगमन पनि भइरहेको ऋषिकेश बताउँछन्। मुख्य गरी बिहानको समयमा कलेजका विद्यार्थीहरू, दिउँसो कार्यालयमा काम गर्ने मान्छे साँझमा भने सबै किसिमका मान्छे त्यहाँ आउँछन्।

थिएटरको मान्छे भएको साथीभाइ पनि टन्नै भएकाले धेरै साथीहरू पनि आउनुहुन्छ,’ ऋषिकेश भन्छन्।

क्याफे खुल्दै दैनिक १५ देखि १६ लिटर दूधको चिया औसतमा बिक्री भइरहेको थियो। अहिले साथीभाइ सामाजिक सञ्जालबाट पनि क्याफेको प्रचार भएकाले बिक्रीमा पनि वृद्धि भएको छ। 

हामीले व्यवसायलाई दूध बिक्रीको आधारमा तुलना गरेका छौं। सुरुवातमा जाडोको समय भएकाले चिसो सामान बिक्री भएको थिएन,’ उनले भने, ‘हामीले १५/१६ लिटर दूधको चिया बेचिरहेका थियौं। अहिले चिसो  पेय पदार्थदेखि आइसटीहरु बिक्री गरिरहेका छौं। अहिले दूध हप्ताको दिन चाहिँ २५ लिटरभन्दा माथिको चिया बेचिरहेका छौं। हामी अझै हुर्किँदै छौं।

व्यवसायमा पनि वृद्धि हुँदै जाँदा सञ्चालन राम्रोसँग भई रहँदा हाल टि टेल्समा ऋषिकेश, उनकी श्रीमती रोहितबाहेक जनाले रोजगारी पाएका छन्। प्राय: बिहानको समयमा ऋषिकेश उनकी श्रीमती क्याफेमा हुन्छन् भने दिउँसोदेखि साँझसम्मको समयमा रोहित त्यहाँ हुन्छन्।

दुवै जना क्याफेलाई लिएर सन्तुष्ट छन्। प्लस टु सकिएपछि विदेश जान भनेर क्लास भर्ना गरेका ऋषिकेश अहिले आफूले गरिरहेको काम हेर्छन्। चिया पिउँदै रोहित  उनी चौतारामा बसेर गफिन्छन्। ऋषिकेश भन्छन्, ‘हामी यहाँ चौतारामा बसेर केही बनायौँ है भन्दै हेर्छौँ। खुसी लाग्छ।