एनएमबी बैंक र खेती भेन्चरको साझेदारीमा बागमती गाउँपालिकाका किसानहरूलाई धितोरहित खेती ऋण

खेती एपमार्फत यस साझेदारीले बागमती गाउँपालिका अन्तर्गत व्यवसायिक कृषकहरूका लागि धितोबिना २ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ ।

एनएमबी बैंक लिमिटेड, खेती भेन्चर प्रा.लि. र बागमती गाउँपालिका, मकवानपुर बीच त्रिपक्षीय सम्झौता गरिएको छ, जस अन्तर्गत बागमती गाउँपालिकाले किसानहरूको आर्थिक स्थिति सुधार गर्न एनएमबी डिजिटल कर्जा (खेती कर्जा) प्रदान गरिनेछ।

यस साझेदारीले बागमती गाउँपालिका अन्तर्गतका व्यवसायिक कृषकहरूका लागि खेती एपमार्फत धितोबिना २ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ।

बागमती गाउँपालिकाले योग्य किसानहरू छनोट गर्न र बजार प्रबन्ध गर्न मद्दत गर्नेछ, साथै दुग्ध किसानहरूलाई उनीहरूको किस्ता भुक्तानीहरू व्यवस्थापन गर्ने डेरीहरूसँग जोड्ने छ| किसानहरूलाई आफ्नो तालिका अनुसार किस्ता भुक्तानी छनोट गर्ने अवसर पनि दिनेछ।

सम्पूर्ण प्रक्रिया डिजिटल रहने र खेतीले डिजिटल साक्षरता तालिम दिनेछ। एनएमबी बैंकले वित्तीय साक्षरताको तालिम दिनेछ। यसका साथै खेती भेन्चरले डिजिटल परामर्श र बीमामा पहुँच प्रदान गरी किसानहरूलाई सहयोग जारी राख्नेछ।

तपाई ‘खेति एप’ यहाँ पाउन सक्नुहुन्छ।

खेती एप वि.स. २०७६ मा विकास गरिएको थियो र तीन वर्षअघि एनएमबी बैंकसँगको सहकार्यमा धितोबिना डिजिटल कर्जा प्रदान गर्न सुरु गरेको हो।

सम्झौतामा एनएमबी बैंकका एमएसएमई र साना कर्जा विभाग प्रमुख डा. बुद्धि मल्ल, खेतीका सह-संस्थापक न्यूराज अगस्ट कार्की र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन्।