Nep
Eng
Nep
Eng

This post is also available in: English

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

टेम्केमैयुङ गाउँपालिका–३ का किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन्।
तस्बिर: रासस

 


 

वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन्। 

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन्। वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताउनुभयो।

“चार वर्षदेखि सागसब्जी लगाउँदै छु, वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ।”, वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उहाँले भन्नुभयो। 

विज्ञापनहरू

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो। किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उहाँको कथन छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस