व्यवसाय अनुपालना: प्रत्येक व्यवसायले के बुझ्नुपर्छ

"यदि तपाईंलाई अनुपालना महँगो लाग्छ भने गैर-अनुपालनको खर्च तपाईंलाई थाहा नहोला"
Business compliance| Source: Image by pikisuperstar on Freepik

तपाईंको व्यवसाय पूर्ण रूपमा कानुन अनुरूप छ भनी सुनिश्चित गर्नु एक जटिल र समय- खर्चिलो प्रकृया हो। तर यसलाई भने कदापी बेवास्ता नगर्नुहोस्।

गैर-अनुपालनाले गम्भीर परिणामहरू निम्त्याउन सक्छ – भारि जरिवाना र दण्ड, मुद्दा, गुडविलमा हानि देखि लिएर व्यवसाय बन्द समेत हुने सक्ने भएकाले यसले अन्ततः तपाईंको भविष्यको व्यवसाय सम्भावनाहरूलाई नै असर गर्छ।

अनुपालना भनेको सरकार र अन्य सम्बन्धित अधिकारीहरूले तोकेका निर्देशिकाहरुको पालना गर्नु हो – अथार्त: तपाईंको व्यवसाय कानून अनुसारको हुनु।

अनुपालनाको धेरै पक्ष हुन्छन्। आधारभूत रूपमा, तपाईंले केही कुराहरू विचार गर्न आवश्यक छ।

तपाईंको सानो हस्तकला व्यवसाय होस् वा प्याकेज गरिएको खाद्य उत्पादन उद्योग, वा त तपाईं म:म पसल नै किन चलाईरहनु भएको नहोस् – तपाईं सधैँ कानूनसँग सहमतिमा रहेको सुनिश्चित गर्नुहोस्।

सर्वप्रथम, आफ्नो कम्पनी उद्योग विभाग र स्थानीय सरकारमा दर्ता गर्नुहोस्। तपाईंको कम्पनीलाई एक वैधानिक व्यवसायिक संस्थाको दर्जा पाउनेछ, र तपाईंको गतिविधि थप विश्वसनीय हुनेछ।

तपाईंले ध्यानमा राख्नुपर्ने अर्को कुरा कर अनुपालना हो। यसको लागि मूल्य अभिवृद्धि कर (VAT) र स्थायी लेखा नम्बर (PAN) को लागी दर्ता गर्नुहोस्।

कर्मचारी राख्ने विचार गर्नुभएको छ भने तपाईं श्रम कानूनबारे सचेत हुनुपर्छ। यी कानूनहरूले उचित पारिश्रमिक तिर्ने, सुरक्षित कार्यस्थलहरू कायम राख्ने, काम गर्ने समय, र उपयुक्त बिदाको हक प्रदान गर्ने जस्ता कुराहरु समावेश गर्दछन्।

यद्यपि, हामीले पहिले भनेझैं, अनुपालनाका धेरै पक्षहरु हुन्छन्। जस्तै, यदि तपाईं खाद्य प्याकेजिङ वा प्रशोधन उद्योगमा हुनुहुन्छ भने तपाईंको व्यवसायले गुणस्तर मापदण्डहरूको कडाईका साथ पालना गर्नुपर्छ। उदाहरणका लागि, आर्थिक वर्ष २०२१/२२ मा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले अखाद्य खाद्य पदार्थ उत्पादन र बिक्री गरेको अभियोगमा ११५ कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। व्यवसायीहरु पक्राउ परेका घटनाहरू पनि छन्।

सङ्घीय तथा स्थानीय सरकारका कानुनहरू पालना गर्ने व्यवसायहरू प्रायः राम्रो प्रदर्शन गर्ने गर्दछन्। यसबाहेक, कानुनी रुपमा अनुशासित व्यवसायले स्वतन्त्र रूपमा आफ्ना उत्पादन वा सेवाहरू विभिन्न बजारहरूमा बेच्न सक्छन्। यसै कारण, एक अनुपालना- उन्मुख रणनीतिले बजार उपस्थिति बलियो बनाउँछ र व्यावासयाहरुलाई प्रतिस्पर्धात्मक लाभ दिन्छ।

व्यवसायका लागि अनुपलानाको महत्व बुझ्नका लागि, तल पढ्नुहोस्:

तपाईंको व्यवसायको लागि अनुपालनाको महत्त्व दर्शाउने पाँच कारणहरू यहाँ दिईएको छ:

कम्पनीलाई कानुनी कारबाहीबाट सुरक्षा

तपाईंले कानुन र नियमहरू पालना गर्नाले आँफूलाई सुरक्षित राखेर आफ्नो व्यवसाय कानूनसँग सहमतिमा रहेको सुनिश्चित हुन्छ। अभिलेख, कागजी कार्य र वित्तीय प्रतिवेदन सामान्यतया: अनुपालनको लागि आवश्यक छन्। यी कागजातहरूले प्रमाणको रूपमा काम गर्दछ्न् र अदालतमा तपाईंको रक्षा र तपाईंको कम्पनीको हितमा काम गर्दछन्।

गैर-अनुपालनको लागि कडा जरिवाना र अन्य कानूनी परिणाम हुन सक्छन्। तपाईंले अनुपालन कायम गर्दा त्यस्ता वित्तीय कठिनाइहरू तथा कानूनी दायित्वहरूको सामना गर्नुपर्ने जोखिम कम हुन जान्छ। अनुपालनाले कानून अनुरुप हुने तपाईंको प्रतिबद्धता देखाउँछ, जुन कुनै सानो उल्लङ्घन भइहालेमा पनि दोष कम गर्ने कारक हुन सक्छ।

आन्तरिक प्रक्रियाहरूमा सुधार

कम्पनीको नियमहरूबारे प्रत्येक कर्मचारीलाई सचेत बनाई ति नियमहरु पालना भएको सुनिश्चित गरेर अनुपालन अधिकारीहरूले आन्तरिक कार्यसंचालनमा सुधार ल्याउन सक्छन्। यसका लागि तपाईं प्रशिक्षण कार्यक्रमहरू तयार गर्न सक्नुहुन्छ, वा तपाईंका आपूर्तिकर्ता र विक्रेताहरूलाई विशेष उपकरणहरू सञ्चालन गर्न आवश्यक निर्देशनहरू प्रदान गर्न अनुरोध गर्न सक्नुहुन्छ।

व्यवसायहरूले सामान्यतया: सञ्चालनमा मद्दत पुग्न, गुणस्तर कायम राख्न र कर्मचारी सुरक्षा सुनिश्चित गर्न उचित निर्देशिका र प्रक्रियाहरू निर्धारण गरेका हुन्छन्। यसरि, दैनिक कार्यसंचालनमा अनुसरण गरिनु पर्ने सबै चरणहरू पालना भएको र अप्रत्यशीत बन्द र दुर्घटनाहरू रोक्नको लागि आपतकालीन प्रोटोकलहरू पनि स्थापित रहेको सुनिश्चित गर्न सक्नुहुन्छ।

ग्राहक विश्वास बढाउँछ

कानूनले उपभोक्ताको अधिकार र भलाइको रक्षा गर्दछ भन्ने कुरा थाहा भएकाले ग्राहकहरुले कुनै पनि व्यवसायले कानून र उच्च मापदण्डहरूलाई कडाईका साथ पालना गरेमा सो व्यवसायमलाई विश्वास गर्न र त्यसको उत्पादन र सेवाहरू प्रयोग गर्न बढी झुकाव राख्छन्।

मानौं, तपाईं एक अनलाइन पसल संचालन गर्नुहुन्छ जहाँ ग्राहकहरूले विभिन्न सामानहरू खरिद गर्न सक्छन्। तपाईंले डेटा गोपनीयता, उपभोक्ता सुरक्षा, सुरक्षित भुक्तानी प्रक्रिया जस्ता सम्बन्धित नियमहरूलाई उच्च प्राथमिकता दिनुभयो भने तपाईंमाथि ग्राहकको विश्वास बढ्दछ। यसले तपाईंको कम्पनीलाई बिक्री बढाउन, ब्रान्ड प्रतिष्ठा बढाउन, आलोचनाहरुबाट बच्न र तपाईंको ग्राहक आधार बढाउन मद्दत गर्न सक्छ।

कर्मचारी प्रतिधारण वृद्धि

धेरै व्यवसाय अनुपालन मुद्दाहरुको मूल कारण कुनै दुर्भाग्यपूर्ण घटनाको समयमा कर्मचारीको सुरक्षा हुने गर्दछ। त्यसैले, कर्मचारीहरूले आफ्नो कार्यस्थल निष्पक्ष र सुरक्षित छ भन्ने महसुस गर्न महत्त्वपूर्ण छ। उनीहरुले यो महशुस गरेमा यसको फलस्वरूप व्यवसायप्रति वफादार रहन्छन् जसले तिनीहरूलाई लामो समयसम्म कम्पनिमा रहिरहन प्रोत्साहित गर्नेछ।

कम्पनीको प्राथमिक कर्तव्य सहकर्मीहरू र व्यवस्थापनमा रहेका जो कोहीबाट पनि कुनै पनि कर्मचारीहरूलाई कुनै पनि प्रकारको उत्पीडनको शिकार हुन नदिने कुरा सुनिश्चित गर्नु हो। सो कुरा सुनिश्चित गर्न नसक्दा वफादारी र मूल्यवान कर्मचारीहरूको गुमाउनु पर्ने हुन सक्छ। तसर्थ, तपाईंको कानुनी अनुपालन कर्तव्यहरू प्रतिबिम्बित गर्ने नीति र प्रक्रियाहरू कर्मचारी पुस्तिकामा समावेश गर्नु बुद्धिमानी कदम हुनेछ।

आय वृद्धि

अनुपालन गर्दा एक कम्पनिले अन्य कम्पनीहरूसँगको कारोबारमा पनि पर्याप्त वृद्धि देख्न सक्छ, जसले गर्दा सो कम्पनिले आफ्नो B2B (व्यवसाय 2 व्यवसाय) गतिविधिहरू विस्तार गर्न सक्षम बनाउँछ। प्राय: कम्पनीहरुले जोखिम कम गर्न अनियमित उत्पादनहरू भन्दा नियमित उत्पादनहरू खरीद गर्न रुचाउँने भएकाले यो गर्न सम्भव छ।

नियमहरू पालना गर्ने व्यवसायहरूले अवैध वा म्याद सकिएको कुनै पनि सामग्री बिक्री गर्दैनन् भन्ने कुरामा ग्राहकहरू पनि विश्वस्त हुन्छ्न् र त्यस्ता व्यवसायबाट थप वस्तु र सेवा खरिद गर्ने गर्दछन्।

निष्कर्षमा, अनुपालन एक महत्त्वपूर्ण पक्ष हो जसले तपाइँको कम्पनी बनाउन वा बिगार्न सक्छ। यी निर्देशहरूले व्यवसायलाई सम्भावित कानुनी समस्याहरू र अप्रत्याशित परिस्थितिहरूबाट बच्न मद्दत गर्दछ। कम्पनीका कर्मचारी र संगठनको सुरक्षा सुनिश्चित गरेर, एक स्वस्थ अनुपालन वातावरणले कम्पनीको व्यावसायिक आचरणलाई दिगो बनाउन योगदान पुर्याउँछ।