Nep
Eng
Nep
Eng

This post is also available in: English

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका किसानहरूलाई लाभ पुर्याउन २.१ करोड डलर योजनामा सम्झौता

यूएसएआईडीको यो वित्तीय सहयोगले ६९,००० घरपरिवार र ५३,००० हेक्टर जमिनमा नयाँ कृषि प्रविधि र अभ्यासहरू अपनाउन सहयोग गर्ने र उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ।
EqualStock via Pexels

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास निकाय यूएसएआईडीले हालै नेपालको खाद्य सुरक्षा सुधार गर्न यूएसएआईडी प्रत्यक्ष वित्तीय परियोजनामा हस्ताक्षर गरेका छन्।

यूएसएआईडीका अनुसार यस परियोजनाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संघीय, प्रादेशिक र स्थानीय सरकारहरू मार्फत कृषिको विकास कार्यक्रम योजना बनाउने र कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्न २.१ करोड डलर बराबरको वित्तीय सहायता प्रदान गर्नेछ।

यस परियोजनाले ६९,००० घरपरिवारलाई ५३,००० हेक्टर कृषि जमिनको उपयोगमा सहयोग गर्ने अपेक्षा गरिएको छ, जस अन्तर्गत किसानहरूलाई नयाँ प्रविधि र आधुनिक कृषि अभ्यासहरू अपनाउन मद्दत गरी उनीहरुको उत्पादन क्षमता बृद्धि गर्ने लक्ष्य राखेको छ।

विज्ञापनहरू

 

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
EqualStock via Pexels