दिगो व्यापार अभ्यासहरू: साना पहल, ठूलो प्रभाव

“दिगोपन भनेको: इकोलोजी - वातावरणलाई सम्मान गर्ने; अर्थतन्त्र - कुशल स्रोतापयोग र इक्विटी - मानिसहरू स्याहार"
Sustainable business |Source: Image by rawpixel.com on Freepik

दिगो व्यापार भन्नाले सञ्चालनहरू र उत्पादन प्रक्रियाहरूसँग सम्बन्धित व्यवसायिक निर्णय हुन् जसले व्यवसायिक गतिविधिहरूलाई मानिस, स्रोत र वातावरणप्रति स्याहार्ने बनाउँछ।

तपाईंको व्यवसाय कसरी दिगो बनाउन सक्नुहुन्छ र के तपाईंको निर्णयहरुले केहि प्रभाव पार्न सक्छ? त्येसका लागि चालिने कदमहरु साना हुनसक्छन् तर यदि सबै व्यवसायहरूले यस्तै साना दिगो पहलहरू गर्ने हो भने, संयुक्त रूपमा यसले ठूलो परिवर्तन ल्याउन सक्छ।

र यो वातावरण र समाजलाई फाइदा पुर्‍याउँने अभिनव र रणनीतिक पहल मात्र नभई यसले विशाल अवसरहरू पनि खोल्छ। आफ्नो व्यवसायिक गतिविधिहरुमा दिगो अभ्यासहरू समावेश गरेर, तपाईंले अपशिष्ट र खर्चहरू कम, ठूलो बजारमा प्रवेश, ब्रान्डको प्रतिष्ठा वृद्धि, र सरोकारवालाहरूसँग बलियो सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ।

यी दिगो अभ्यासहरू के हुन सक्छन्? यहाँ केही उदाहरणहरू छन्:

  • दिगो प्याकेजिङ प्रयोग (जस्तै, रिसाइकल कागजहरुबाट बनाईने जैवविघटन प्याकेजिङ)
  • कागजको प्रयोग घटाउने
  • पानी र बिजुली बचत
  • सुरक्षित र स्वस्थ कार्यथल बनाउनु
  • नवीकरणीय उर्जाको प्रयोग
  • आफ्नो भान्साको फोहोर कम्पोस्ट गर्नु
  • फोहोर न्यूनीकरण र रिसाइकल गर्ने व्यायास्थाको विकास
  • आफ्नो आपूर्ति श्रृंखला पुन: मूल्याङ्कन 
  • कर्मचारीहरूलाई शिक्षा र स्वैच्छिक कार्यहरूलाई प्रोत्साहित
  • गैर नाफामुखी संघसंस्थाहरुसँग सँग सहकार्य
  • कार्यालयका उपकरणहरू रिसाइकल वा दान
  • आफ्नो कार्यालय स्थानमा बिरुवाहरू राख्ने
  • नैतिक र स्थानियकृत उत्पादन र सोर्सिङ

तपाईंको व्यवसाय दिगो अभ्यासहरूको सन्दर्भमा काहाँ छ निर्धारण गर्न यो सुची हेर्नुहोस्:

पर्यावरण सामाजिक संचालन
  • कार्बन फुटप्रिन्ट (तपाईंको हरितगृह ग्यास उत्सर्जन)
  • ऊर्जा प्रयोग (उर्जा खपत, प्रयोग गरिएको ऊर्जा प्रकार सहित)
  • वातावरणीय क्षति: प्रदूषण, वायु प्रदूषण र विषाक्त पदार्थहरू सहित।
  • फोहोर: फोहोर घटाउने र रिसाइकल 
  • स्रोत र कच्चा पदार्थ प्रयोग: सिमित प्राकृतिक स्रोत र कच्चा पदार्थमा निर्भरता, स्रोत संरक्षण, नवीकरणीय ऊर्जाको प्रयोग
  • उत्पादन जीवनचक्र
  • पानी प्रयोग 
  • उत्पादन सुरक्षा, पुन:प्रयोग योग्यता र गुणस्तर
  • कर्मचारी सम्बन्ध र संलग्नता (रोजगार अनुबंध प्रकारहरू सहित)
  • काममा स्वास्थ्य र सुरक्षा, खुला सञ्चार, काम गर्ने समयमा लचिलोपन, पर्याप्त ज्याला
  • मानव अधिकार र आधुनिक दासत्व
  • धोखाधडी, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण
  • डाटा गोपनीयता र सुरक्षा (ग्राहक र व्यापार साझेदारहरूबाट पाईने डाटा ह्यान्डलिंग र सुरक्षा)
  • व्यवस्थापन संरचनामा लैङ्गिक सन्तुलन
  • के तपाईंका आपूर्तिकर्ताहरूले दिगो अभ्यासहरू अभ्यास गर्छन्?

स्रोत: अकाउनटेंसी युरोप को एसएमईहरुको लागि ३चरण दिगोपन मूल्याङ्कनबाट तयार

आफ्नो रहिआएको व्यापारमा धेरै दिगो व्यापार अभ्यासहरू परिचालन गर्न सक्नु सँगसँगै तपाईं दिगो व्यावासायाहरुमै पनि लाग्न सक्नुहुन्छ, जस्तै:

  • हस्तकला र स्टेशनरी सामग्री
  • हस्तनिर्मित प्राकृतिक, पर्यावरण मैत्री र जैविक उत्पादनहरू
  • हेम्प उत्पादनहरू
  • पर्यावरण-मैत्री दैनिक उपभोग्य सामाग्रीहरु
  • दिगो निर्माण सामग्री
  • इको-पर्यटन सेवाहरू
  • इको-व्यापार परामर्श सेवा (जस्तै, कृषि सेवाहरू)
  • नवीकरणीय ऊर्जा
  • दिगो फेसन (थ्रिफ्ट कपडा पसलहरू)
  • साइकल र इलेक्ट्रोनिक्स मर्मत तथा भाडा
  • सेकेन्ड-ह्यान्ड /पर्यावरण मैत्री खुद्रा व्यापार
  • कौशी खेती
  • किसानको बजार
  • अर्गानिक रेस्टुरेन्ट र खानपान सेवाहरू

तपाईंको व्यवसायलाई दिगो रूपमा बढाउन मद्दत गर्न यहाँ केही रणनीतिहरू छन्:

स्पष्ट लक्ष्यहरू राख्नुहोस

दिगोपन मार्फत आफ्नो व्यवसाय बढाउनको लागि पहिलो महत्त्वपूर्ण चरणमा तपाईंले लक्ष्यहरू निर्धारण, र ति लक्ष्यहरु हासिल गर्ने रोडम्याप स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने हुन्छ। स्पष्ट लक्ष्य राख्नाले विस्तृत योजना तयार गर्दै अर्थपूर्ण परिवर्तन र प्रगतिको लागि एक ढाँचा निर्माण गर्न मद्दत पुग्छ।

उदाहरणका लागि, तपाईंले हरितगृह ग्यास उत्सर्जन कम गर्ने, फोहोर कम गर्ने, सामाजिक समानता प्रवर्द्धन गर्ने वा जिम्मेवार आपूर्तिकर्ता छनोट गर्ने जस्ता लक्ष्य राख्न सक्नुहुन्छ। दिगोपन लक्ष्यहरू स्पष्ट हुनाले तपाईंको गतिविधिहरू निश्चित र निर्धारित हुन्छन् जसले निश्चित र निर्धारित हुन्छन् जसलेतपाईंको प्रगतिको अनुगमन गर्न र परियोजनाहरूको सफलता मूल्याङ्कन गर्न सम्भव बनाउँछ।

आफ्नो ब्रान्ड फरक पार्नुहोस्

तपाईंको ब्रान्डलाई अरु भन्दा फरक पार्ने एउटा तरिका तपाईंका उत्पादन वा सेवाहरू कसरी वातावरणमैत्री छन् भनेर प्रदर्शन गर्नु हो। यसमा नवीकरणीय स्रोतहरूको उपयोग, उत्पादन-सम्बन्धित फोहोर र कार्बन उत्सर्जन कटौती, वा रिसाईकलिङ्ग र का पहलहरु पर्न सक्छन। यस्ता वातावरणमैत्री गतिविधिहरू प्रवर्द्धन गरेर तपाईंले आफ्नो कम्पनीले वातावरणमा गर्ने नकारात्मक प्रभावहरू कम गर्न प्रतिको प्रतिबद्धता देखाउन सक्नुहुन्छ। यसबाहेक, तपाईंले आफ्नो वेबसाइट, सामाजिक संजाल र प्याकेजिङ्ग सामग्रीहरू जस्ता विभिन्न मार्केटिङ च्यानलहरू मार्फत आफ्नो दिगो पहलहरू र तिनीको सकारात्मक प्रभावबारे जानकारी दिन सक्नुहुन्छ।

समान विचारधारा भएका संस्थाहरूसँग सहकार्य गर्नुहोस्

समान विचारधारा भएका संस्थाहरूसँगको सहकार्यले तपाईंको व्यवसाय र प्रभाव दुवैलाई बढाउँछ। यसरि सहकार्य गर्दा विचार र स्रोतहरू संयोजन गरेर दिगोपनका चुनौतीहरूलाई अझ प्रभावकारी रूपमा सामना गर्न, थप महत्वाकांक्षी परियोजनाहरू चलाउन, उद्योग-व्यापी परिवर्तनलाई गति दिन, र उपभोक्ता व्यवहारमा अझ ठूलो प्रभाव पार्न सकिन्छ।

नवप्रवर्तन गर्दै आफ्ना उत्पादन/सेवाहरू विविधीकरण गर्नुहोस्

अनुसन्धान गरेर दिगो विकल्प वा समाधानहरू आवश्यक पर्ने क्षेत्रहरू पहिचान गर्नुहोस् र त्यसअनुरूप नयाँपन र विविधता ल्याउनुहोस्। तपाईंले आफ्नो उत्पादन डिजाइनमा ‘सर्कुलर इकोनोमी’ को सिद्धान्तहरू पनि समावेश गर्न सक्नुहुन्छ — जहाँ फोहोर कम गर्न उत्पादनहरू सिर्जना गरिन्छ।

हरित वित्तपोषण विकल्पहरू अन्वेषण गर्नुहोस्

सकारात्मक वातावरणीय र सामाजिक परिणाम ल्याउने गरिका दिगो र पर्यावरण-मैत्री उत्पादन र सेवाहरू उत्पादन गर्ने परियोजनाहरूको वित्तपोषणलाई “हरित वित्तपोषण” भनिन्छ। वाणिज्य बैंक, विकास बैंक, र लगानीकर्ता जस्ता विभिन्न वित्तीय संस्थाहरूले हरित वित्त दिने गर्छन्। विशेष गरी नवीकरणीय ऊर्जा उद्योग क्षेत्रका धेरै नेपाली व्यवसायहरू सौर्य ऊर्जा प्लान्ट, जलविद्युत आयोजना, र बायोगैस प्लान्ट निर्माण गर्नका लागि यसरि वित्तपोशन पाएका छन्। दिगो वित्तपोषणको विचार विकसित हुँदै जाँदा, नेपाली व्यवसायहरू पनि जिम्मेवारी पूर्वक बढ्दै हरियो भविष्यमा योगदान गर्ने राम्रो सम्भावना छ।