दिगो व्यापारिक विधि प्रयोगमा ल्याएका सात नेपाली एमएसएमईहरु

“विध्वंसित पृथ्वीमा व्यवासय हुँदैन”
Kokroma

आफ्नो व्यवसायको दिर्घकालीन सफलताका लागि व्यावसायिक योजना र कृयाकलापहरुमा दिगो विकासको मूल्यमान्यता र तरिका समावेश गर्नुको महत्व अहिलेको गतिशील समयमा विवादित छैन। 

ग्राहक, लगानीकर्ता, र अझ फराकिला सामाजिक परिवेशका पक्षहरुको बदलिँदो आवश्यकता र मागसँग सहमतिमा रहन व्यवसायिक योजनाहरु मुल्यमान्यता निर्देशित हुनु आवश्यक छ। दिगोपन र स्थायित्वलाई प्राथमिकता दिएमा व्यवसायिक कृयाकलाप नैतिक हुनुपर्ने बढ्दो मागलाई सम्बोधन गर्दै व्यवसायहरुले आफूलाई आफ्नो उद्द्यम क्षेत्रमा अग्रिण  स्थानमा राख्न सक्नेछन्।

वातावरण र समाजमा फाइदाजनक प्रभाव पर्ने उद्देश्यले व्यापारिक नीतिहरुमा दिगोपन समावेश गर्दा द्रूत रूपमा बदलिरहने बजारमा दिर्घकालिन अस्तित्व र स्थिरता पाउन सकिन्छ। दिगो व्यवसायिक अभ्यासमा नेतृत्व गरिरहेका यी सात एमएसएमईहरुबारे यहाँ हामीले चर्चा गरेका छौँ:

 

माया युनिभर्स एकाडेमी

तनहुँको माया युनिभर्स एकाडेमी परम्परागत शिक्षण पद्दति भन्दा अघि बढेको एउटा अभिनव र दिगो विद्यालय हो। यस विद्यालयको प्रमुख लक्ष्यहरुमध्ये सामाजीक उद्द्यमद्वारा हुने आयले आत्मनिर्भर हुँदै आफ्ना विद्यार्थीलाई  बहुमुल्य उद्द्यमशील सीप र ज्ञान दिनु रहेको छ।

माया युनिभर्स एकाडेमीले आत्मनिर्भर हुन तर्फा चलाएको कदम्हारुमध्ये एउटा स्वयंसेवाका अवसरहरु दिनु हो। अभिभावकहरु स्वयंसेवा गरि विद्यालय संचालनमा सक्रिय रूपमा संग्लग्न हुन्छन। यो अनुपम मोडेलले समुदाय र साझा जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै परिवारहरुमा पर्ने आर्थिक बोझ कम गर्छ, विशेषगरी कम आय भएका घरपरिवारमा। दैनिक कार्यहरुमा अभिभावकको सहभागीता हुँदा सहयोगी सिकाई वातावरण पनि बन्दछ।

माया युनिभर्स एकेडेमीको दिगोपनता तर्फको अर्को पहल भने कृषि र कुखुरापालनमा केन्द्रित छ। यसतर्फ विद्यालयले आफ्नो जमिन अर्ग्यानिक तरकारीहरूको खेतीमा लगाएर आफ्ना विद्यार्थीका लागि स्वस्थ खानाको स्थिर आपूर्तिको गर्दै आएको छ। उच्च गुणस्तरीय शिक्षाको साथसाथै, माया युनिभर्स एकेडेमीको यो पद्दतिले दिगोपन र आत्मनिर्भरताको अवधारणालाई बढावा दिएर विद्यार्थीहरूलाई भविष्यको लागि तयार पार्दछ।

 

ईको साथि नेपाल

इको साथी नेपाल पर्यावरणमैत्री उत्पादनहरू बिक्री गरेर दिगो जीवन प्रवर्द्धन गर्ने लक्ष्य राखेको एउटा चिरपरिचित कम्पनि हो। सन् २०१९ मा दन्तचिकित्सक मुना कार्कीद्वारा प्लास्टिक र गैर-जैवविघटन सामग्रीको प्रयोगलाई न्यूनीकरण गर्दै जिरो वेस्ट जीवनशैली प्रवर्द्धन गर्नका निम्ति यो कम्पनि स्थापना भएको थियो। यसका निम्ति ईको साथी नेपालले पर्यावरण-मैत्री उत्पादनको फाइदाहरूलाई जोड दिने किसिमको जानकारीमूलक चित्र र उत्पादन विवरणहरु दिने मुख्य पद्दति अपनाएको छ। 

प्लास्टिकमा आधारित दैनिक उपभोग्य वस्तुहरू व्यापक रूपमा प्रयोग हुने देशमा यस्ता सामग्रीको ठाउँमा वातावरणमैत्री विकल्पहरूको ईको फ्रेन्ड्ली नेपालले उपलब्ध गराएको छ। यस कम्पनिले बाँसबाट बनेको काइँयो, कपाल ब्रस, पानीको बोतल, ब्याकप्याकका साथै पुन: प्रयोग गर्न सकिने कटलरी र महिनावारी कपहरू बिक्रि गर्दछ। वातावरण-मैत्री विकल्पहरू प्रदान गरेर ग्राहकहरूलाई उनीहरूको मूल्यमान्यतासँग मिल्ने निर्णय गर्न प्रोत्साहन गरेर दिगो भविष्यको पहलमा योगदान पुर्याएको छ।

 

धातु

धातु ई-वेस्ट मा प्रमुख ध्यान राखेको स्क्र्याप धातुहरू प्रयोग गरी स्थानीय तहमै प्रिमियम पेयवेयर, डिनरवेयर तथा विभिन्न सजावटी सामानहरु बनाउनमा केन्द्रित ब्रान्ड हो। यो नवीन विधिले धातुहरुको पुन: प्रयोगमा मद्दत मात्र नपुगाएर तिनीहरूलाई उच्च गुणस्तरका आकर्षक उत्पादनहरूमा पनि परिणत गर्दछ। 

सन् २०२० मा स्थापना भएको धातुले छोटो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय बजारहरू सफलतापूर्वक कब्जा गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। अझ, तामा जस्ता धातुहरूको मूल्य पहिचान गरि यसलाई आफ्नो उत्पादनमा समावेश गरेको कुराले गोलाकार आर्थिक पद्दतिको सम्भावना पनि झल्काउँछ।

 

लोकल वुमेन्स हेंडीक्राफ्ट

लोकल वुमेन्स हेंडीक्राफ् (एलडब्लुएच) सन् २००८ मा सीमान्तकृत र शोषित महिलाहरूलाई सशक्तिकरण गर्ने परिवर्तनकारी लक्ष्यका साथ स्थापना गरिएको थियो। एलडब्लुएच सन् २०२५ सम्म विश्वको सबैभन्दा अविकसित क्षेत्रहरूका १०,००० महिलाहरूको सशक्तिकरणका साथै दिगोपन र मानव अधिकार प्रवर्धन गर्ने कपडा उत्पादन क्षेत्रको स्थापना गर्ने लक्ष्य राखेको छ।

साक्षरता शिक्षा र हस्तकला उत्पादनमा महिलाहरुको सीप वृद्धिका लागि अवसरहरू प्रदान गरेर एलडब्लुएचले महिलाहरूलाई आफ्नो परिवारलाई दिगो रूपमा समर्थन गर्न सक्षम बनाउँछ। यस कम्पनिले प्रयोग गरेका नीतिले मानिसहरूको जीवन परिवर्तन, गरिबीको चक्र अन्त्य र महिलाहरूको सामाजिक तथा आर्थिक स्तरोन्नति गर्ने क्षमता राख्दछ। आफ्नो प्रभावकारी नीतिहरु साझा गर्नुका साथै आफूसँग समान विचारधारा भएका संस्थाहरूलाई आपसी साझेदारी गर्न प्रोत्साहन गरेर एल.डब्लु.एचले महिलाहरूलाई सशक्त बनाउन र दिगो व्यवसायलाई प्रोत्साहन दिन विश्वव्यापी आन्दोलन खडा गर्न लागीपरेको छ।

 

पाईला 

पाईला एक दिगोपन र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेको पर्यावरण-मैत्री जुत्ता कम्पनी हो। यस कम्पनीले नेटल जस्ता स्थानीय रूपमा व्युत्पन्न सामग्रीहरूबाट जुत्ताहरू बनाएर आफुलाई बेग्लै पहिचान दिएको छ। परम्परागत लुमहरू प्रयोग गरेर पूर्णतया हातले बुनेर बनाईने यी जुत्ता उच्च स्तरिय शिल्पकलाको बेजोड नमुना हुन्। 

नेपालमा युवा पुस्तामाझ ढाका जस्ता परम्परागत पहिरन लोप हुँदै गर्दा संस्कृति संरक्षणको मूल्य बुझेर पाइला पछाडि रहेका डिजाइनरले यसलाई पुनर्जीवित गर्ने अनौंठो तरिका ल्याएका छन्। परम्परागत रुपमा कपडा बनाउन प्रयोग गरिने हाते बुनाईको प्रविधि आफ्नो जुत्ताको डिजाईनमा समावेश गरेर पाईलाले  परम्परा र समसामयिक फेशन जोड्न सफल रहेको छ। स्थानीय र दिगो रूपमा स्थानीय तह मै उत्पादित स्रोत प्रयोग गरेर वातावरणमा आफ्नो प्रभाव कम गर्न सकेको पाईला पर्यावरण-मैत्री उद्दयमशीलताको उदाहरण हो।

 

कोक्रोमा

नेपाली बच्चाको कपडा ब्रान्ड कोक्रोमा दिगोपन र समाजीक प्रभावप्रतिको प्रतिवद्धताको उदाहरण हो । नेपालमै उत्पादन भएको र नेपालमै बुनिईने यसका उत्पादन १००% सुतिको कपडाबाट बनाईन्छ। अझ,  कपडा कैदीहरुद्वारा बनाइन्छ, जसले कोक्रोमालाई एक अद्भुत सामाजिक उद्यम पनि बनाउँछ। यस कार्यक्रम मार्फत, कैदीहरूले आफ्नो परिवारलाई सहयोग गर्न मात्र नभई उपयोगी सीप र कार्य अनुभव पनि प्राप्त गर्छन् जसले समाजमा उनीहरूको पुनर्स्थापनामा मद्दत पुर्याउँछ।

कोक्रोमाको कपडा उत्पादनमा नेपालका महिला टेलरहरूको विशेषज्ञता रहेको छ। यी दक्ष कारीगरहरुलाई घरबाटै काम गर्ने व्यवस्था गरिएको छ जसेल समय खाने यात्रा गरिराख्नुपर्ने आवश्यकता हटाउँनका साथै आफ्नै हिसाबले काम गर्ने लचिलोपन प्रदान गर्छ। यस प्रणालीले महिलाहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई प्रभावकारी रूपमा सन्तुलन गर्न सक्ने क्षमता प्रदान गर्दछ।

 

भीगन डेरी नेपाल

भीगन डेरी नेपाल गैर-डेयरी दूध, दही, चीज, क्रीम, बदाम, नौनी, मह, जस्ता थुप्रै भीगन उत्पादन प्रदान गर्न समर्पित नेपाली खाद्य ब्रान्ड हो। नेपालमै बनाईने आफ्ना सबै उत्पादन स्थानीय रूपमै बेचेर यस कम्पनिले स्थानीय समुदायलाई मद्दत गर्नुका साथै दिगो उद्द्यमशीलता प्रवर्द्धन गरिरहेको छ।

आफ्ना उत्पादन र विज्ञापनहरूमार्फत भीगन डेरी नेपालले मानिसहरूलाई उनीहरूको खाने बानीको नैतिक र वातावरणीय प्रभावहरू विचार गर्न प्रोत्साहित गर्दछ। यसबाहेक, भीगन जीवनशैली अपनाउनाले मुख्यत: पशु आधारित खाद्यवस्तुको माग हटाउनु मात्रै नभएर ग्रीनहाउस ग्यास उत्सर्जन कम गर्न, इकोसिस्टमको सुरक्षा गर्न र जलवायु परिवर्तनसँग लड्न पनि ठुलो भूमिका खेल्छ। भीगन जीवनशैली प्रवर्धन गर्दै आफ्ना उत्पादन मार्फत मानिसहरूको स्वास्थ्य, पशुहरूको कल्याण र वातावरणमा सुधार ल्याउन सकिन्छ भन्ने विश्वास भीगन डेरी नेपालले राखेको छ।