Nep
Eng
Nep
Eng

This post is also available in: English

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत क्यूआर मर्चेन्ट कर्जा सुविधा

उद्यमीहरूले आफ्ना क्यूआर कारोबार इतिहासको आधारमा अधिकतम २ लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न र साना व्यवसायीहरूलाई वित्तीय सहयोग प्रदान गर्न लक्षित क्यूआर मर्चेन्ट फोन कर्जा सुविधा सुरु गरेको छ। यसले उद्यमीहरूलाई उनीहरूको क्यूआर कारोबार इतिहासको आधारमा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने छ।

यो फोन कर्जा सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले लगातार चार हप्ता आफ्नो खाताबाट हप्तामा कम्तीमा दुई वटा व्यवसायिक कारोबार गर्नुपर्नेछ, जसमा मासिक कारोबार न्यूनतम १०,००० रुपैयाँ हुनुपर्नेछ।

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी कर्जा लिन र भुक्तानी गर्नको लागि धितो राख्नु पर्ने वा बैंकमा प्रत्यक्ष उपस्थित हुन आवश्यक छैन। यो कार्यक्रमले साना व्यवसायीहरूलाई औपचारिक वित्तीय सहायता प्राप्त गर्न र उनीहरूको विस्तारलाई प्रोत्साहित गर्न सहयोग पुर्‍याउनेछ ।

लेख सेयर गर्नुहोस्