Nep
Eng
Nep
Eng

दराज नेपालमा बिक्रेताहरूलाई रू ५००,००० सम्मको धितो मुक्त ऋण

“दराजका बिक्रेताहरूले अब आफ्ना आर्थिक आवश्यकता पूरा गर्न रू ५,००,००० सम्मको धितो मुक्त ऋण पाउन सक्ने"
Sajilo Karja

एमएसएमई संचालित ई-कमर्स वृद्धि उत्प्रेरित गर्ने, नेपालको अग्रणी ई-कमर्स प्लेटफर्म दराज नेपाल एनएमबी बैंकसँग मिलेर दराज एनएमबी सजिलो  कर्जा सुरु गर्न साझेदारी गरेका छन् जसले दराजका बिक्रेतालाई ऋण सुविधा प्रदान गर्नेछ।

बिक्रेताले आफ्नो व्यावसायिक आवश्यकता अनुसार रु ५००,००० सम्मको ऋणका लागि आवेदन दिन सक्छन्।

यो ऋण लिन योग्य व्यवसायहरूले यसको उपयोग गरेर आफ्नो पूँजी आवश्यकताहरू परपूर्ति, व्यवसाय वृद्धि, प्रविधि र पूर्वाधारमा लगानी र नयाँ बजार अवसरहरू खोज गर्न सक्छन्।

विज्ञापनहरू

सरल र न्युनतम कागजाती आवश्यकताका साथ यो ऋण कागजरहित आधारमा छोटो समयमै प्रक्रिया गरिनेछ। यस सुविधाबाट दराजको प्लेटफर्म बिक्रेताको रहेका एमएसएमईहरूले लाभान्वित हुने अपेक्षा गरिएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
Sajilo Karja