डिशहोमले आफ्ना इन्टरनेट प्रयोगकर्ताका लागि “खुशीको बोनस – ३६५ दिन नै बोनस!” नामक विशेष योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान लिने वा रिचार्ज गर्ने ग्राहकहरूले हरेक हप्ता आयोजना हुने ‘लक्की ड्र’ मा सहभागी हुन पाउनेछन्।
प्रत्येक हप्ता १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन्, जसमा १० जना नयाँ ग्राहक र ४ जना वार्षिक रिचार्ज गर्ने वर्तमान ग्राहक हुनेछन्। विजेताहरूलाई पुरै ३६५ दिनको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ।
डिशहोमले यस योजनामार्फत ग्राहकहरूसँगको सम्बन्ध थप सशक्त बनाउने र उनीहरूको निरन्तर समर्थनप्रति आभार प्रकट गर्ने उद्देश्य राखेको जनाएको छ।
विजेताको घोषणा हरेक शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ। कुनै कारणवश शुक्रबार सम्भव नभएमा घोषणा आइतबार साँझ ५ बजे गरिनेछ।
कसरी भाग लिन सकिन्छ?
- नयाँ जडानकालागि: नजिकको डिशहोम डिलरसँग सम्पर्क गर्न वा ०१-५९७०३६५ मा फोन गर्न सकिनेछ।
- रिचार्जका लागि: खल्ती, ईसेवा, वा माईडिशहोम एप प्रयोग गर्न सकिनेछ।
उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरू:
- १०० एमबिपिएस: रु. ८,५०० (भ्याट सहित)
- २०० एमबिपिएस : रु. ११,५०० (भ्याट सहित)
- ३०० एमबिपिएस : रु. १३,५५० (भ्याट सहित)
- नयाँ जडानका लागि अतिरिक्त रु. १,१३० (भ्याट सहित) लाग्नेछ।
डिशहोमले ग्राहकलाई उत्कृष्ट सेवा र मूल्य प्रदान गर्ने प्रतिबद्धतासहित अगाडि बढिरहेको जनाएको छ। कम्पनीका अनुसार “३६५ दिन बोनस” योजना सेवाको मात्र होइन, इन्टरनेट प्रयोगको अनुभवलाई समेत थप समृद्ध बनाउनेछ।