Nep
Eng
Nep
Eng

This post is also available in: English

चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ आरम्भ

१०१,८७९ चिनियाँ पर्यटकसहित नेपालमा २०२४ मा चिनियाँ पर्यटकको सङ्ख्यामा ६७% वृद्धि भएको छ, जसले चीनबाट हुने पर्यटनमा भएको बलियो वृद्धि तथा सम्भावनालाई प्रतिबिम्बित गर्दछ।
तस्बिर: Nepal Tourism Board - Trade | Facebook

नेपालले धेरै चिनियाँ पर्यटकहरूलाई देशमा आकर्षित गर्न चीनसँगको सहकार्यमा चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा गरेको छ। गत शनिबार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ दूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले यो अभियानको घोषणा गरेका हुन्।

चिनियाँ नयाँ वर्षको समयमा आयोजित यो कार्यक्रम पर्यटन प्रवर्द्धन गर्ने र आधिकारिक चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कोभिड महामारीले देशको पर्यटन उद्योगलाई नकारात्मक असर पारेपछि नेपालमा पर्यटक आगमन बिस्तारै गति लिइरहेको छ।

विज्ञापनहरू

यस २०२४ मा कुल १,१४७,५६७ पर्यटकले देश भ्रमण गरे – जुन गत वर्षको तुलनामा १३२,६८५ पर्यटकले बढी (१३.१% को वृद्धि) हो। साथै यो महामारी पछिको सबैभन्दा धेरै आगमन संख्या हो। यसले दैनिक रूपमा देशमा लगभग ३,००० पर्यटकहरू आइरहेको जनाउँछ।

जसमध्ये १०१,८७९ पर्यटक चीनबाट आएका थिए। अघिल्लो वर्ष सोहि सङ्ख्या ६०,८७८ थियो जुन ६७% को वृद्धि हो। अमेरिका र भारत पछि देशमा पर्यटकहरूको तेस्रो ठूलो स्रोत बजार चिन रहेको छ।

यसअघि, नेपाल सरकारले पर्यटन प्रवर्द्धन गर्न २०८० सालदेखिको दशकलाई (२०२३-२०३२) ‘नेपाल भ्रमण दशक’ र २०२५ लाई ‘नेपाल विशेष पर्यटन वर्ष’ घोषणा गरेको छ।

समारोहमा नेवारी नृत्य, चिनियाँ सिंह र ड्र्यागन प्रस्तुति, र ७० जना नेपाली विद्यार्थीहरूले मादल र बांसुरी बजाएर विशेष सम्मान अर्पण गर्दै नेपाल र चीनको समृद्ध संस्कृतिको उत्सव मनाइएको थियो। जसमा दुई राष्ट्र बीचको कूटनीतिक सम्बन्धको ७० वर्ष र सांस्कृतिक सम्बन्ध पनि मनाइएको थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: Nepal Tourism Board - Trade | Facebook