धेरै व्यक्तिहरु नगद प्रवाह (नगद प्रवाह) आम्दानि वा कारोबारसँग झुक्किने गर्छन्। तर नगद प्रवाह भन्नाले कुनै निश्चित अवधिभित्र हजुरको व्यवसायभित्र भित्रिने र बाहिरिने पैसा हो।
व्यवसायिक गतिविधि चलायमान राख्न, खर्च तिर्न, र व्यवसाय वृद्धिमा लगानी गर्न नगद प्रवाह महत्वपूर्ण हुन्छ।
तपाईंको व्यवसायमा पैसाको आवागमन (बहाव) को अवस्था बुझ्न नगद प्रवाह प्रक्षेपण एक महत्वपूर्ण उपकरण हो।
यसले तपाईंलाई सम्भावित नगद कमीहरू पहिचान गर्न मद्दत गरि तपाईंलाई सूचित भएर खर्च व्यवस्थापन गर्न (अनावश्यक खर्च कम गर्न) र वित्तीय अवसरहरूको (फाइदा उठाउन/समाउन)* सक्षम बनाउँदछ। अप्रत्याशित (नसोचिएको) खर्चहरुबाट पूर्णरूपले जोगिन सम्भव नभए पनि (राम्रोसँग/प्रभावकारी) खर्च पूर्वानुमान गर्नुभयो भने तपाईं आफ्नो व्यवसायको मासिक नगद प्रवाह अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नुहुनेछ।
नगद प्रवाहमा के पर्छन्?
नगद आप्रवाह
- बिक्रीबाट आम्दानि: वस्तुको बिक्रि वा सेवाहरू प्रदान गरेबापत ग्राहकहरूबाट प्राप्त गरिने पैसा।
- लगानी आय *(इन्भेस्टमेन्ट इन्कम): गरिएको लगानीबाट हुने *(आय / कमाई / आम्दानि), जस्तै लाभांश वा ब्याज।
- ऋण र *(वित्तियोपज / वित्तपोषण / फाईन्यानसिङ्ग): बैंक वा लगानीकर्ताहरूबाट ऋण लिँदा पाईएको पैसा।
- *(सम्पत्ति / एसेट) बिक्री: व्यवसायका मसिनरि, उपकरण वा अन्य चल/अचल सम्पत्ति बेचेर आउने पैसा।
- अन्य आम्दानि: रोयल्टी वा अनुदान जस्ता विविध स्रोतहरुबाट हुने आम्दानि।
नगद बहिर्गमन:
- सञ्चालन खर्चहरू: (बहाल/भाडा)* , उपयोगिता , र कर्मचारीका तलब जस्ता व्यवसाय सञ्चालन सम्बन्धित खर्च।
- बिक्रि गरिएको सामानको *(लागत/खर्च) (कस्ट अफ गुड्स सोल्ड, COGS): व्यवसायले बेचेको सामानहरुको उत्पादन गर्दाको लागत।
- ऋण चुक्ताहरू: तिर्न बाँकी रहेको ऋण घटाउनको लागि (गरिने भुक्तानीहरू/तिरिने पैसा)।
- पूँजीगत * (व्यय / खर्च) (क्यापिटल एक्स्पेनडिचर्स): मेसिनरी, प्रविधि वा जग्गाजमिन जस्ता दीर्घकालीन सम्पत्तिहरूमा गरिने लगानी।
- करहरू: सरकारलाई गरिने भुक्तानी (जस्तै भ्याट, व्यापार/व्यवसाय कर)
नगद प्रवाह | नगद बहिर्वाह |
|
|
नगद प्रवाहको हिसाब कसरी गर्ने?
नगद प्रवाहका समस्याहरू समाधान गर्नभन्दा पहिला तपाईंले यसको हिसाब कसरि गर्ने थाहा पाउन जरुरि छ। तल दिईएको फर्मुलाबाट यो सजिलै पत्ता लगाउन सकिन्छ:
[नगद प्रवाह = कुल आम्दानि + मूल्यह्रास (डेप्रीसिएसन्) – पूँजी व्यय (क्यापिटल एक्सपेनडिचर) – कार्यशील पूंजी (वर्किङ्ग क्यापिटल) मा भएको परिवर्तन]
नगद प्रवाहको महत्व
१. परिचालन निरन्तरता / (निरन्तर/अनअवारोधित* व्यवसाय संचालन): तलब, बहाल, र आपूर्तिकर्ता (सप्लायर) लाई भुक्तानी जस्ता दैनिक परिचालन खर्चहरू पुर्याउन सकिने निश्चित गर्दछ।
२. वित्तीय स्वास्थ्य: सकारात्मक नगद प्रवाह हुँदा एक व्यवसाय कठिन वित्तीय स्थिति/अवस्था झेल्न सक्षम रहेको संकेत गर्दछ।
३. लगानीका अवसरहरू: अतिरिक्त नगद विस्तार वा सुधारका निम्ति व्यवसायमा पुन: लगानी गर्न सकिन्छ।
नगद प्रवाहमा समस्या हुँदाको प्रभाव:
नगद प्रवाहका समस्याहरुले, विशेष गरी यदि त्यस्ता समस्याहरु समयमै हल नगरिएमा, व्यवसायलाई गम्भीर रूपमा असर गर्न सक्छ। खराब नगद प्रवाहले व्यावासालाई निम्न रूपमा असर गर्न सक्छ:
- ढिलो भुक्तानीको कारण आपूर्तिकर्ताहरूसँग तनावपूर्ण सम्बन्ध
- चाहिएजति पैसाको अभाव हुँदा अवसरहरू छुट्नु
- कर्मचारीका मनोबलमा कमि हुनु र तिनीहरुले बढ्दो संख्यामा काम छोड्न थाल्नु
- तनाव र चिन्ता बढ्नु
- दिवालियापनको? / इनसल्भेन्सीको जोखिम
यद्यपि, नगद प्रवाहमा समस्या हुँदैमा आत्तिनु पर्दैन – यदि व्यवसायहरूले बेला रहँदै नगद प्रवाहका चुनौतीहरूको सामना गर्न र सक्रिय रूपमा आफ्नो वित्त व्यवस्थापन गर्न लागिपरे भने तिनीहरू यस्ता जोखिमहरुबाट बच्न सक्छन्।
नगद प्रवाह व्यवस्थापन गर्ने केहि प्रभावकारी तरिकाहरु:
- पूर्वानुमान: नियमित रूपमा नगद प्रवाह र बहिर्वाहको अनुमान गरेर नगद (अधिक/अतिरिक्त) र कमी हुनसक्ने समय पूर्वानुमान गर्नुहोस्। यसका लागि (ऐतिहासिक / विगतका) डेटा प्रयोग गंर्नुहोस्।
- प्राप्यहरू निगरानीमा राख्नुहोस्: ग्राहकहरुले गर्नुपर्ने भुक्तानीहरु ट्रयाक राख्नुहोस्। प्रारम्भिक भुक्तानी गर्नेहरुलाई छुटहरू दिने जस्ता * स्ट्राटेजी/रणनीति लागु गरेर समयमै हिसाबकिताब निप्टाउनुलाई प्रोत्सहान गर्नुहोस्।
- खर्च नियन्त्रण गर्नुहोस्: नियमित रूपमा आफ्नो खर्चको समीक्षा गर्नुहोस् र कम गर्न वा हटाउन सकिने गैर-आवश्यक खर्चहरू पहिचान गर्नुहोस्।
- एक नगद रिजर्भ कायम राख्नुहोस्: अप्रत्याशित खर्च वा मौसमी उतार-चढ़ावहरू सामना गर्न गर्नको केहि नाफाको केहि अंश * ‘नगद बफर’ का रूपमा छुट्टयाएर राख्नुहोस्।
- आय विविधीकरण गर्नुहोस्: एकल आय स्रोतमाथिको निर्भरता कम हुने गरि आफ्नो व्यवसायको नगद प्रवाह अझ स्थिरीकरण गर्न थप आय श्रोतका सम्भावना र अवसरहरु खोज्नुहोस्।
- प्रविधिको प्रयोग गर्नुहोस्: सजिलैसँग नगद प्रवाह ट्र्याक गर्न र सजिलैसँग रिपोर्टहरू तयार गर्न लेखा सफ्टवेयरहरु प्रयोग गर्नुहोस्। यसो गर्नाले तपाईंको व्यवसायको वित्तिय स्थितिबारे गहिरोसँग बुझ्न सकिन्छ।
नेपाली उद्यमीहरुका लागि चुनौतीहरु
वित्तीय सेवाहरूमा पहुँच: धेरै उद्यमीहरूले ऋण वा वित्तपोषण प्राप्त गर्न कठिनाइहरूको सामना गर्छन्, जसले उनीहरूको नगद प्रवाह व्यवस्थापनलाई असर गर्छ।
बजार उतार-चढाव: मौसमी माग र आर्थिक अस्थिरताले अनुमानित नगद प्रवाहमा बाधा पुर्याउन सक्छ।
नियामक अनुपालन: स्थानीय नियमहरुसँग अनुपालनमा रहन थप खर्च लाग्ने भई नगद प्रवाहमा असर पुर्याउन सक्छ।