सरकारी खरिद : जनकपुरधाममा गहुँ खरिद सुरु, धान खरिद भने लक्ष्यभन्दा कम

जनकपुरधाममा गहुँ खरिद प्रक्रिया सुरु भएको छ भने, बजार मूल्य उच्च हुँदा धान खरिद लक्ष्यभन्दा कम भएको छ।
गहुँको खेत | तस्बिर: जोनाथन पीटरसन/पेक्सेल्स

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले किसानबाट गहुँ खरिद सुरु गरेको छ। वैशाख ११ देखि सुरू गरिएको खरिद प्रक्रिया सरकारले तोकेको समर्थन मूल्यका आधारमा अघि बढाइएको हो। कार्यालय प्रमुख निर्मल थापाका अनुसार, सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल हजार ८६७ रुपैयाँ ३८ पैसाका दरले तोकेको छ। सोही मूल्यमा धनुषा महोत्तरी जिल्लाका किसानबाट ,५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ। कार्यालयले प्रतिकिसान ५० क्विन्टल प्रतिसहकारी संस्था ५०० क्विन्टलसम्म गहुँ बेच्न पाउने व्यवस्था गरेको छ। गहुँ खरिदका लागि जनकपुरको मुजेलियास्थित कार्यालय परिसरमा निःशुल्क काँटा (तौल मेसिन) सञ्चालन गरिएको छ। खरिद प्रक्रिया सम्बन्धित स्थानीय तहको सिफारिश गहुँ सफा गरी तोकिएको मापदण्डअनुसार मात्र हुने जनाइएको छ। किसानलाई भुक्तानी चेकमार्फत उपलब्ध गराइनेछ। 

यसैबीच, कार्यालयले चालु आर्थिक वर्षमा धान खरिदको लक्ष्य अनुसारको परिणाम हासिल गर्न भने नसकेको जनाएको छ। ३२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको भए पनि केवल हजार ३४६ क्विन्टल मात्र खरिद गरिएको हो। धान खरिदमा लक्ष्य नपुग्नुको प्रमुख कारण बजार मूल्य समर्थन मूल्यभन्दा धेरै हुनु हो। सरकारले प्रतिक्विन्टल हजार ५८० रुपैयाँमा धान खरिद गर्ने व्यवस्था गरे पनि किसानहरूले निजी बजारमा करिब हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्री गरेका थिए। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरधाम कार्यालयले किसानका लागि सहजता ल्याउन सरकारी खरिद प्रक्रियामा विश्वास बढाउन थप प्रयास गर्ने जनाएको छ।

आर्थिक वर्ष

नेपालको आर्थिक वर्ष श्रावन १ (हालको वर्ष) देखि अर्को सालको अषाढ ३२ सम्म चल्ने गर्छ |

उद्यम सम्बन्धि समाचार/अपडेटहरू पाउनुहोस्। जानकार रहनुहोस्।

माइक्रो, साना र मझौला उद्यमहरूको लागि व्यापार जानकारी