वान टु वाच (One to Watch) द्वारा लगानी कोषको घोषणा

यस कोषले डिजिटल अर्थतन्त्रमा केन्द्रित प्रविधि सम्बन्धि र प्रविधिद्वारा सक्रिय साना तथा मध्यम उद्यमहरुलाई ॠण र पुँजी लगानी प्रदान गर्नेछ।

गत हप्ता वान टु वाच (One to Watch) ले नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट कम्युनिटी २ फण्ड (एनआईआईसी २) नामक लगानी कोषको घोषणा गरेको छ।

यस कोषले डिजिटल अर्थतन्त्रमा केन्द्रित प्रविधि सम्बन्धि र प्रविधिद्वारा सक्रिय साना तथा मध्यम उद्यमहरुलाई ॠण र पुँजी लगानीको साथसाथै प्राविधिक सहयोग र व्यवसाय विकास सेवाहरू प्रदान गर्नेछ।

कोषले चाँडै इच्छुक साना तथा मध्यम उद्यमहरुकोलागि आवेदन खोल्नेछ।

विज्ञापनहरू

स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (SDC) को लगानी अन्तर्गत पर्ने यो कोषलाई वान टु वाचले कार्यान्वयन गर्दै हो। वान टु वाच नेपाल र नेदरल्याण्डमा आधारित लगानी व्यवस्थापन कम्पनी हो, जसले व्यावसायिक रूपमा र प्रभावकारी व्यवसायहरूलाई समर्थन र लगानी गर्छ।

थप अपडेटको लागि जानकारीसँग सम्पर्कमा रहनुहोस्!

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू