Nep
Eng
Nep
Eng

This post is also available in: English

राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ शुभारम्भ

दश लाख सम्मको कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्षसम्मका लागि प्रदान गरिनेछ।
heckepics from Getty Images

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘किसान सरल कर्जा’ नामक कर्जा योजना ल्याएको छ। कृषि छेत्रको विकासको लागि शुरु गरिएको यस योजना अन्तर्गत किसानहरुले दश लाख सम्मको कर्जा प्राप्त सक्नेछन् जस भित्र एक लाख बराबरको “किसान क्रेडिट कार्ड” को सुविधा पनि लिन सकिनेछ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ देखि ६५ वर्ष उमेर समूहका कृषक वा कानुनी रूपमा दर्ता भएका फर्म वा कम्पनीले यो कर्जाको लागि आवेदन दिन सक्नेछन्। यो कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिका हुनेछन। यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्षसम्मका लागि प्रदान गरिनेछ।

आधार दरमा ०.५% प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरिनेछ। बैंकले खुद व्यवसायिक सम्पत्तिको ७०% सम्मको कर्जा लगानी गर्नेछ। 

विज्ञापनहरू

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहनेछ। बैंकले आवश्यक परेमा घर/जग्गा धितोको रुपमा स्विकार्नेछ। कर्जा वा परियोजनाको बीमा पनि गरिनेछ।

‘किसान सरल कर्जा’ बैंकका देशभरिका सबै शाखाबाट उपलब्ध हुनेछ। बैंकले हाल देशका ७७ जिल्लामा २९४ शाखा सञ्चालन गरिरहेको छ।

एक हप्ता अघि मात्र राष्ट्रिय वाणिज्य बैंकले ‘एक प्रदेश, एक विशेष कार्यक्रम’ अन्तर्गत प्रदेश विशेष कृषि कर्जा सुरु गरेको थियो जस अन्तर्गत हरेक प्रदेशको विशिष्ट कृषि उपजको आधारमा बैंकले ५० करोड रुपैयाँसम्म कर्जा  प्रदान गर्ने योजना अघि सारेको थियो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
heckepics from Getty Images