Nep
Eng
Nep
Eng

This post is also available in: English

नेपाली हस्तकला व्यावसायिक क्षेत्रका लागि सीपयुक्त जनशक्ति उत्पादन गर्न समझदारीपत्र

हस्तकला उद्योगका लागि सीपयुक्त जनशक्ति उत्पादन गर्न रणनीतिक साझेदारी भएको छ ।
तस्बिर : रा.स.स

नेपाली हस्तकला क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान नेपाल हस्तकला महासंघबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।

गत चैत्र २७ गते आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठानका कार्यकारी निर्देशक श्री रमेशकुमार बखती महासंघका अध्यक्ष श्री रवीन्द्र शाक्यले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। उक्त पहल, दीर्घकालीन रणनीतिक प्रयास अन्तर्गत सीपयुक्त जनशक्तिको निर्माण गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न लक्षित छ। समारोहमा श्रम तथा रोजगार मन्त्री माननीय श्री शरदसिंह भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले हस्तकला क्षेत्रको विकासले सरकारकोआन्तरिक रोजगारी प्रवर्द्धन दशकसफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।

नेपाली श्रमशक्तिको यथोचित उपयोग गर्न, रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण प्रवर्धन गर्न तथा वैदेशिक रोजगारीबाट आर्जित सीप, ज्ञान पुँजीको यथोचित प्रयोग गरी मुलुकको वृहत्तर उन्नतिमा सहयोग गर्ने सन्दर्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेउत्पादन उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधारनारा सहित २०८१ फागुन २६ २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ सम्पन्न गरेको थियो, जसमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको रोजगारी आगामी कार्यदिशा, कृषिमा उत्पादन उत्पादकत्व अभिवृद्धि, उद्यमशीलता, उद्योग क्षेत्रको विकास विस्तार, रोजगारदाताका समस्या, पर्यटन प्रवर्धन, श्रम बजारको माग अनुरूपको सीप विकासको आवश्यकता लगायतका विषयमा प्रकाश पार्दै रुपान्तरणकारी आन्तरिक रोजगार प्रवर्धन दशक (.. २०८२/८३२०९१/९२) को घोषणा पनि गर्नुभएको थियो।

विज्ञापनहरू

हाम्रो सम्पदाको अभिन्न अङ्गका रूपमा रहेका नेपालका परम्परागत हस्तकलाहरूमा प्रशस्त व्यापारिक सम्भावना रहेको बताइँदै आएको छ। यद्यपि, सीपयुक्त जनशक्तिको अभावका कारण हस्तकला क्षेत्रले आफ्नो पूर्ण सम्भावना दोहन गर्न सकिरहेको छैन। यही चुनौतीलाई सम्बोधन गर्दै समझदारीले हस्तकला सीपको संरक्षणसहित आधुनिक उद्यमशीलतासँगको समन्वय गर्न खोजेको हो।

उक्त समझदारीअनुसार श्रम बजारको मागलाई ध्यानमा राखी विभिन्न प्रकारका तालिमहरू सञ्चालन गरिनेछन्। तीमध्ये रोजगारोन्मुख सीप तालिम, उद्यमशीलता तालिम, प्रशिक्षकहरूका लागि तालिम प्रमुख रहनेछन्। तालिमपश्चात सहभागीहरूलाई स्वरोजगारमा लाग्न उत्प्रेरित गरिनेछ भने महासंघसँग आबद्ध रोजगारदाताहरूसँगको सहकार्यमा उनीहरूलाई रोजगारीमा जोड्ने पहल पनि गरिनेछ।

समझदारीपत्र ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८०’ को दफा ७(ङ) अन्तर्गत तयार गरिएको हो, जसले आवश्यकतानुसार औद्योगिक प्रतिष्ठान, संघ–संस्था तथा निजी क्षेत्रका तालिम प्रदायक निकायहरूसँग सहकार्यमा तालिम सञ्चालन गर्ने अधिकार सुनिश्चित गरेको छ।

परम्परागत सीपको संरक्षण गर्दै उद्यमशीलता रोजगारी सिर्जनालाई जोड्ने यस पहलले स्वदेशी श्रमशक्तिको प्रयोग तथा नेपाली उत्पादनको मूल्य अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर : रा.स.स