नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सी.एन.आई.वाई.ई.एफ) को आयोजनामा ‘द स्टार्टअप
फेस्टिभल २०२३’ यही पुष ७ गते हुने भएको छ।
एक उद्यमीको रूपमा तपाईंका लागि नेपालको स्टार्टअप परिवेश बुझ्नुका साथसाथै तपाईंको सफलताको यात्रामा मद्दत पुर्याउने अमूल्य ज्ञान र अन्तरदृष्टि प्राप्त गर्ने उत्कृष्ट अवसर हुन सक्छ।
यस कार्यक्रमको लागि सी.एन.आई.वाई.ई.एफ निम्न ११ कम्पनीहरूसँग साझेदारी गरेको छ। यी कम्पनिहरुसँग स्टार्टअपमा लगानी गर्नका लागि कुल रू. २५ अर्ब रहेको भनिएको छ।
- एन.एम.बि क्यापिटल
- हिमालय क्यापिटल
- ग्लोबल इक्विटी फन्ड
- टिम भेन्चर्स
- टेलि भेन्चर्स
- नियोटेरिक
- लोटस होल्डिंग्स
- एन.आई.एम.बि एस क्यापिटल
- अवसर
- विश्वसनीय नेपाल लाइफ इन्स्योरेन्स
- आध्यन्त फन्ड म्यानेजमेन्ट
कार्यक्रममा यी गतिविधिहरू हुनेछन्:
- स्टार्टअपहरूद्वारा प्रस्तुति र पिचिङ
- प्यानल छलफल र उद्योग नेताहरु द्वारा वक्ता सत्र
- रोबोट युद्ध
- ह्याकाथन
- “बियर डेटिङ”
- उत्पादन/सेवा प्रदर्शनी
यस कार्यक्रमका लागि तपाईं यहाँ दर्ता गर्न सक्नुहुन्छ।