नेपालको माछा पालन (मत्स्य) क्षेत्र अहिले तीव्र रूपान्तरणको चरणमा रहेको छ, जसलाई उत्पादन वृद्धि र पोषणको एक मुख्य स्रोतका रूपमा माछाको माग बढ्दै जानुले सघाएको छ। पछिल्ला केही दशकहरूमा देशमा माछा पालनको निरन्तर वृद्धि भएको देखिन्छ, जहाँ कुल उत्पादन सन् २०७३/७४ मा ६२,८९७ मेट्रिक टनबाट बढेर सन् २०७७/७८ मा ८३,६२३ मेट्रिक टन पुगेको छ।
यद्यपि, गुणस्तरीय माछाको दानामा सीमित पहुँच र किसानहरू माझ चेतनाको कमी जस्ता चुनौतीहरू यथावत् छन्, जसले गर्दा यस क्षेत्रको पूर्ण क्षमतामा बाधा पुगेको छ। यस्ता चुनौतीहरूमाझ संयुक्त अधिराज्य सरकारले लगानी गरेको कासा (CASA) कार्यक्रम (स्विस कन्ट्याक्टद्वारा नेपालमा कार्यान्वयन गरिएको) जस्ता पहलहरूले साना किसानहरूलाई उत्पादनशीलता वृद्धि गर्न आवश्यक ज्ञान र स्रोतहरू प्रदान गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
यस्ता प्रयासहरूबाट उत्पन्न भएका धेरै सफल कथाहरू मध्ये एक हो छपिया गाउँकी समर्पित महिला माछा कृषक पुष्पा भट्टराईको कथा — जसले आधुनिक माछा आहार प्रविधि अपनाएर आफ्नो जीवनशैली परिवर्तन गरिरहेकी छिन्।
नेपालको माछा क्षेत्रले हालैका वर्षहरूमा उल्लेखनीय वृद्धि गरेको छ, जसमा विगत केही दशकहरूमा उत्पादन निरन्तर बढ्दै गएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय मत्स्यपालन प्रवर्द्धन तथा संरक्षण केन्द्रको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३/७४ मा नेपालको कुल माछा उत्पादन ६२,८९७ मेट्रिक टन थियो, जुन २०७७/७८ सम्ममा बढेर ८३,६२३ मेट्रिक टन रह्यो। यो वृद्धिको प्रमुख कारण हो माछाको स्वास्थ्य लाभप्रति बढ्दो जनचेतना र माग। धेरै मानिसहरूले माछाको पोषण मूल्यलाई चिन्ने बित्तिकै, खपत बढेको छ, जसले गर्दा यस क्षेत्रको विस्तार भएको छ।
यस वृद्धिको बावजुद, माछा क्षेत्रमा धेरै क्षेत्रगत चुनौतीहरू कायमै छन् जसमा स्थानीय बजारमा गुणस्तरीय व्यावसायिक माछाको दानाको अभाव, माछाको उचित विकासको लागि माछाको दाना प्रयोग गर्ने फाइदाहरूको बारेमा माछा किसानहरूमा सीमित चेतना र त्यस्तो दानाको सही प्रयोगको बारेमा उनीहरूको अपर्याप्त ज्ञान। यसका साथै, नेपालमा माछा क्षेत्र मुख्यतया पुरुष प्रधान छ, जसमा सार्क कृषि केन्द्र द्वारा प्रकाशित तथ्याङ्क अनुसार कुल साना किसानहरूमा महिला किसानको सहभागिता जम्मा ३३ प्रतिशत छ जो मुख्यतया उत्पादनमा मात्र केन्द्रित छन्।
यी समस्याहरूलाई सम्बोधन गर्न संयुक्त अधिराज्य सरकारको विदेश, राष्ट्रमंडल र विकास कार्यालय (एफसिडिओ) ले नेपालमा कार्यान्वयन गरिएको कासा (CASA) कार्यक्रमलाई वित्त पोषण गर्दै आएको छ जस अन्तर्गत अन्नपूर्ण माछा दाना उद्योगसँग साझेदारी रहेको छ। यस कार्यक्रमलाई स्विस कन्ट्याक्टले कार्यान्वयन गर्दै आएको छ।
साझेदारी अन्तर्गत कार्यक्रमले साना किसानहरूलाई व्यावसायिक दाना अपनाउन र प्रवर्द्धन गर्न मधेस, बाग्मती र लुम्बिनी मा ‘डेमो-पोखरी’ सत्रहरू आयोजना गर्यो। कासाले अन्नपूर्णको उत्पादन गुणस्तर बढाउन, मूल्य प्रतिस्पर्धात्मकता सुधार गर्न र स्थानीय रूपमा उत्पादित माछा दानाको व्यवहार्यतालाई बलियो बनाउन मद्दत गरिरहेको छ। डेमो पोखरीले उचित आहार, पानीको गुणस्तर मर्मतसम्भार र माछा विकासको लागि पोखरीको डिजाइन सहित पोखरी व्यवस्थापनमा उत्कृष्ट अभ्यासहरूबारे प्रकाश पार्दछ।
तीनै प्रदेशमा डेमो-पोखरी सत्रहरू सफलतापूर्वक सञ्चालन भए। सियारी गाउँपालिका (लुम्बिनी प्रदेश) को छपिया गाउँमा आयोजना गरिएको सत्रमा जम्मा ४१ सहभागीमध्ये तीन जना मात्र महिला थिए। मत्स्यपालन क्षेत्रमा महिलाको सहभागिता प्रायः सीमित भए पनि, यी मध्ये एक महिला, पुष्पा भट्टराईले तालिम लिएर त्यसलाई व्यवहारमा रूपान्तरण गर्दै सफलताको नमूना देखाएकी छिन्।
छपियाकी पुष्पा भट्टराई
पुष्पा भट्टराई रूपन्देही जिल्लाको सियारी-५ को छपिया गाउँकी स्थायी बासिन्दा हुन्। छपिया विशेष गरी माछापालन र जलचर अभ्यासका लागि परिचित छ, जहाँ कृषि जीविकोपार्जनको मुख्य श्रोत कृषि हो। दुई छोरीकी आमा पुष्पा १२ वर्षदेखि माछा पालनमा सक्रिय छिन्। पुष्पाको परिवारसँग ६१,९६५ वर्ग फिट (१७ कट्टा) मा फैलिएको माछापोखरी छ, जसलाई उनकी छोरी काब्याको नाममा ‘काब्या माछा फार्म’ नाम दिइएको छ। माछा पालनसँगै उनले तरकारी, अन्य बाली र पशुपालन पनि गर्दै आएकी छिन्। साथै घरायसी अन्य जिम्मेवारीहरू पूरा गर्दै आफ्ना बच्चाहरूको हेरचाह पनि गर्छिन्।
परम्परागतबाट समकालीन: माछा आहार तरिकामा परिवर्तन
डेमो पोखरी सत्रअघि, पुष्पाले आफ्नो माछालाई परम्परागत रूपमा भुस, फुटेको चामल (फुल्की), र गहुँ मात्र खुवाउने गर्थिन्। डेमो-पोखरी सत्रमा भाग लिएपछि, उनले नियमित दानाले कसरी माछाको स्वास्थ्य र वृद्धि भन्ने बुझेपछि दिनको एक पटक आफ्नो माछालाई अन्नपूर्ण दाना खुवाउन थालिन्। आर्थिक सीमितताका बाबजुद उनले बुझिन् कि व्यावसायिक दाना उच्च प्रोटिनयुक्त हुन्छ, जसले माछाको द्रुत विकास गर्न मद्दत गर्छ—यो कुरा उनी पहिले जानकार थिइनन्।
पुष्पाले सियारी-५, बाँघुसरीमा रहेको श्री जलदेवी माछा उत्पादन सहकारीबाट माछाको दाना प्राप्त गर्छिन्, जसको रूपन्देही जिल्लाका तीन प्रमुख गाउँपालिकाहरू: सियारी, मायादेवी र शुद्धोधनको लागि वितरकको रूपमा सेवा गर्ने अन्नपूर्णसँग औपचारिक सम्झौता छ। पुष्पा सहकारीकी एक सदस्य हुन्। ३२७ सदस्यहरू मध्ये, केवल ३० जना महिला छन्। यसका अतिरिक्त, उनी सहकारीमा भण्डारण सुविधाको निरीक्षण गर्ने जिम्मेवारीमा पनि छिन् र माछा कृषकहरूलाई आपूर्ति वितरणमा संलग्न छिन्। सहकारीसँग आबद्ध हुँदा उनलाई माछाको दानामा केही छुटको पहुँच मिलेको छ, यद्यपि रकम सामान्य छ। त्यस्तै गरी, सहकारीमा उनको सक्रिय संलग्नता, कृषकहरूको प्रशंसा र आफ्नो नेतृत्व क्षमता मार्फत उनी गाउँको माछा पालन समुदाय भित्र एक नेतृत्वको रूपमा स्थापित भएकी छिन्।

साक्षात र व्यवहारिक सिकाइ
प्रत्यक्ष सत्रले उनलाई माछाको दानाको फाइदा, यसको सही प्रयोग, नियमित जाँचको महत्त्व र माछाको स्वास्थ्यको लागि उत्तम अक्सिजन स्तर र तापक्रम सुनिश्चित गर्न पानीको गुणस्तर कायम राख्ने बारेमा सिकायो।
उनले सामान्य माछा रोगहरू कसरी पहिचान गर्ने र प्रभावकारी रोकथाम र उपचार रणनीतिहरूको बारेमा पनि सिकिन्।
थप पुष्पाले चोकर (भुस) र घरेलु विकल्पहरू प्रयोग गर्दा पानी प्रदूषण बढी हुन्छ भन्ने बुझिन्, जबकि माछाको दानाले कम प्रदूषण निम्त्याउँछ, जसले वातावरणीय प्रभावलाई कम गर्ने दिगो जलियपालन अभ्यासहरूको महत्त्वलाई प्रकाश पार्छ।

बढ्दो आम्दानी र आत्मविश्वास मार्फत बढ्दो उत्प्रेरणा
पुष्पाको अनुसार अन्नपूर्ण माछाको दाना दिँदा माछाहरू चाँडै खानको लागि सतहमा आउँछन्, र दानाको आनन्द लिन्छन्। यसले उनलाई माछाको विकासलाई (तिनीहरूको आकारको) अझ प्रभावकारी रूपमा निगरानी गर्न सघाएको छ। उनले अनुभव गरे अनुसार माछाको दानाको प्रति दिन एक पटक मात्र प्रयोग गर्दा पनि माछाको वृद्धि उल्लेखनीय छ, जुन चोकर र अन्य घरेलु विकल्पहरूमा निर्भर हुँदा सम्भव भएको थिएन।
डेमो-पोखरी सत्र सञ्चालन गर्ने कासा-समर्थित जुनियर प्राविधिक सहायक श्री पंचम लोधले माछा हुर्कने समयसम्म नियमित उनको माछाको पोखरीको भ्रमण गरे, प्रोत्साहनका साथै नियमित निरीक्षण प्रदान गरे। पुष्पाले नोभेम्बर २०२४ मा आफ्नो माछा स्थानीय माछा व्यापारीलाई बेचिन्, जसले रूपन्देही जिल्ला र नजिकैका जिल्लाहरूमा पनि विभिन्न नगरपालिकाहरूमा माछा वितरण र बिक्री गर्छन्।
दिनमा कम्तिमा एक पटक अन्नपूर्ण दानाको प्रयोग गर्न तिर लागेर पुष्पाले आफ्नो आम्दानी र नाफा दुवै दोब्बर गर्न सक्षम भइन्। गत वर्ष, चोकर र अन्य घरेलु विकल्पहरू प्रयोग गरेर, उनले ५ क्विन्टल माछा उत्पादन गर्दै रु एक लाख कमाइन्। जुन हाल जम्मा छ महिनामा १० क्विन्टल माछा र रू दुई लाख आम्दानी पुगेको छ। उनको अनुसार साँच्चै उल्लेखनीय कुरा के हो भने गत वर्ष, उनले आफ्नो पोखरीमा लगभग उही संख्यामा माछाका भुराहरू भण्डारण गरिन् जुन यस पटक गरेकी थिइन्, तर आकार र तौलको हिसाबले नतिजा गत वर्षको तुलनामा यस वर्ष उल्लेखनीय रूपमा राम्रो भएको छ। यो सकारात्मक नतिजाले उनलाई माछाको दाना प्रयोग गरिरहन प्रोत्साहित गरेको छ। समयसँगै, उनी दिनमा एक पटक भन्दा बढी आफ्नो माछालाई खुवाउन सक्षम हुनेमा उनी विश्वस्त छिन्।
पुष्पाले थप बताए अनुसार उनले केवल चोकर प्रयोग गर्दा माछाको वृद्धि सुस्त थियो। आकारमा पुग्न लगभग एक वर्ष लागेको र धेरै माछाहरू प्रायः मौसम र तापक्रममा परिवर्तनका कारण मरेका थिए। यसको विपरित दानाको प्रयोगले माछालाई केवल छ महिनामा बढ्न र आकारमा पुग्न मद्दत गर्यो, जसले गर्दा एक वर्ष भित्र दुईवटा वृद्धि चक्र पूरा गर्न पनि सम्भव भएको छ।

ज्ञान र सहयोग मार्फत महिला सशक्तिकरण
पुष्पाले आफ्ना छोरीहरूले आफूबाट आधुनिक माछा आहारका अभ्यासहरू सिकेको देखेर गर्व गर्छिन्। डेमो-पोखरीले पुस्ताहरूमा ज्ञान हस्तान्तरणलाई सहज बनाएको छ र दीर्घकालीन फाइदाहरू सुनिश्चित गरेको प्रकाश पारिन्। उनको अनुभवले सहयोगी पारिवारिक गतिशीलता र डेमो-पोखरी जस्ता समावेशी कार्यक्रमहरूको सशक्तिकरण प्रभावलाई पनि प्रदर्शन गर्दछ, जसले उनलाई माछा पालन अभ्यासमा प्रमुख निर्णयहरू लिन र सहकारीसँग संलग्न हुन सहज स्थिति निर्माण गरेको छ। एक आदर्श मोडेलको रुपमा पुष्पा विश्वास गर्छिन् कि यस्तै सहयोगको साथ रहे उनको गाउँका अन्य महिलाहरूले पनि भाग लिन सक्छन्, आधुनिक प्रविधिहरू सिक्न सक्छन् र माछा उद्यमशीलता पछ्याउन सक्छन्। जसले व्यक्ति र समुदाय दुवैको लागि उत्पादकत्व, आय र आर्थिक स्वतन्त्रता बढाउन सक्छ।
यस लेखका लेखिका नोभेला आचार्य कासा कार्यक्रम अन्तर्गत बजार विश्लेषक हुन्।
यो लेख प्रथम पटक कासाको वेबसाइटमा अंग्रेजीमा प्रकाशित भएको थियो र जानकारी टोलीद्वारा पुन:प्रकाशनका लागि अनुवाद गरेको हो। तपाईंले कासा अन्तर्गतको लिङ्क यहाँ पाउन सक्नुहुन्छ।