वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५

The Privacy Act, 2018 in Nepal addresses the protection of personal data and privacy rights of individuals by regulating the collection, storage, and processing of personal information.

व्यवसायको क्रममा उपभोक्ता र अन्य सहयोगीहरुको तथ्याङ्क वा सूचनाहरु सङ्कलन गर्दा उनीहरुको गोपनीयता सम्बन्धी हकलाई ध्यानमा राख्नुपर्छ। 

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले नेपालमा गोपनीयताको अधिकारको रक्षा गर्दछ।

 

यो ऐन के र कसका लागि ?

यस ऐनले व्यक्तिगत जानकारी र संवेदनशील सूचता/तथ्याङ्क सुरक्षित राख्न निर्देशन दिन्छ। यसले व्यक्तिको गोपनीयताको हकको रक्षा गर्दछ र वैयक्तिक सूचनाको संरक्षण र सुरक्षित उपयोगको व्यवस्था गर्दछ।

ऐनले देहाय बमोजिमका कुराहरुको गोपनीयताको रक्षा गर्ने निर्देशन दिन्छ;

  • व्यक्तिको जीउ,
  • आवास,
  • सम्पत्ति,
  • लिखत,
  • तथ्याङ्क,
  • पत्राचार तथा
  • चरित्र सम्बन्धी विषय

 

वैयक्तिक सूचना भनेको के हो ?

ऐनले देहायका सूचनाहरुलाई वैयक्तिक सूचना भनि उल्लेख गरेको छ। 

  • निजको जात, जाति, जन्म, उत्पत्ति, धर्म, वर्ण वा वैवाहिक स्थिति,
  • निजको शिक्षा वा शैक्षिक उपाधि,
  • निजको ठेगाना, टेलिफोन वा विद्युतीयपत्र (इमेल) को ठेगाना,
  • निजको राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर, सवारी चालक अनुमतिपत्र, मतदाना परिचयपत्र वा सार्वजनिक निकायबाट जारी भएका परिचयपत्रको विवरण,
  • वैयक्तिक सूचना उल्लेख गरी निजले कसैलाई पठाएको वा निजले प्राप्त गरेको पत्र,
  • निजको औँलाको छाप, हस्तरेखा, आँखाको रेटिना, रगत समूह वा निजको अन्य वायोमेट्रिक सूचना,
  • निजको आपराधिक पृष्ठभूमि वा निजले फौजदारी कसूरमा सजाय पाएको वा कसूर भुक्तान गरेको विवरण,
  • कुनै निर्णय प्रक्रियामा पेशागत वा विशेषज्ञ राय दिने व्यक्तिले त्यस्तो प्रकृयामा के, कस्तो राय वा धारणा व्यक्त गरेको थियो भन्ने विषय।

 

यसले कसलाई नियमन गर्दछ ?

वैयक्तिक सूचना तथा तथ्याङ्क संकलन गर्ने जुनसुकै व्यक्ति वा सार्वजनिक संस्थाहरुमा यो ऐन लागु हुन्छ किनकी यस ऐनले तथ्याङ्क सुरक्षा र गोपनीयता सम्बन्धी नियमहरु निर्धारण गर्दछ। 

 

गोपनीयता खुलासा हुने अवस्थाहरु;

देहायको अवस्थामा व्यक्तिको शारीरिक वा मानसिक अवस्था वा निजी जीवनको गोपनीयता खुलासा गर्न सकिनेछ:-

  • सम्बन्धित व्यक्तिको मञ्जुरी भएको विषय भएमा,
  • सम्बन्धित व्यक्तिले नै आफूखुशीले सार्वजनिक गरिसकेको विषय भएमा,
  • अनुसन्धान वा अभियोजन गर्ने अधिकारीले कुनै कसूरको सिलसिलामा अनुसन्धान गरेको विषय भएमा,
  • कुनै सुविधा वा सहुलियत प्राप्त गर्न सम्बन्धित विषय वा व्यक्तिको शारीरिक अवस्था वा निजी जीवन खुलासा गर्नु पर्ने अवस्थामा निजले त्यस्तो सुविधा वा सहुलियत प्राप्त गरेमा वा प्राप्त गर्न इच्क्षा गरेमा।