मुलुकी देवानी संहिता, २०७४

व्यवसाय सुरु गर्दा करारको महत्व बारे जान्नै पर्ने हुन्छ। करार भन्नाले कानूनी रुपमा बाध्यकारी सम्झौताहूलाई बुझ्नुपर्छ जसले संलग्न पक्षहरुको अधिकार, जिम्मेवारी र दायित्वहरुलाई रुपरेखा दिन्छ।  कुनै पनि व्यवसायको लागि करारको बुझाइ र व्याख्या आधारभूत आवश्यकता हो र यसले लेनदेनलाई जिवन्त बनाउँछ।   करारको महत्व करारले देहाय बमोजिमको कार्यहरु गर्दछ। कानूनी सुरक्षा स्पष्टता साथै अपेक्षा पूर्ती […]

व्यवसाय सुरु गर्दा करारको महत्व बारे जान्नै पर्ने हुन्छ। करार भन्नाले कानूनी रुपमा बाध्यकारी सम्झौताहूलाई बुझ्नुपर्छ जसले संलग्न पक्षहरुको अधिकार, जिम्मेवारी र दायित्वहरुलाई रुपरेखा दिन्छ। 

कुनै पनि व्यवसायको लागि करारको बुझाइ र व्याख्या आधारभूत आवश्यकता हो र यसले लेनदेनलाई जिवन्त बनाउँछ।

 

करारको महत्व

करारले देहाय बमोजिमको कार्यहरु गर्दछ।

  • कानूनी सुरक्षा
  • स्पष्टता साथै अपेक्षा पूर्ती
  • कानूनी अनुपालनको निर्देशन
  • भुक्तानी सुरक्षा
  • गोपनीयता र व्यापारीक हित संरक्षण
  • पक्षहरुको सहमतिको अभिलेख/रेकर्ड

मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आउनु अगाडी नेपालमा करार सम्बन्धी व्यवस्था  करार ऐन २०२० ले गरेको थियो।

दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कूनै काम गर्न वा नगर्नका लागि कानून बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिन्छ। सम्झौता पछी, एक व्यक्तिले अर्को व्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावना त्यसरी प्रस्तावित व्यक्तिले स्वीकृति जनाएको हुनुपर्छ। 

 

करारमा खुलाउनै पर्ने कुराहरु

वैद्य करारको तत्वहरु;

  • दुई वा सोभन्दा बढी पक्ष हुने – करारमा दुई वा सो भन्दा बढी पक्षहरु समावेश भएको हुनुपर्छ।
  • प्रस्ताव र स्वीकृति – एक पक्षबाट स्पष्ट प्रस्ताव र अर्को बाट स्वीकृति भएको हुनुपर्छ।
  • कानुनी विचार – सम्झौतामा पक्षहरुबीच मूल्य भएको वस्तुको कानूनी आदान प्रदान भएको हुनुपर्छ।
  • वैद्य वस्तु – सम्झौताको उद्देश्य वा वस्तु कानूनी हुनुपर्छ।
  • पक्षहरुको क्षमता – संलग्न पक्षहरु सम्झौता गर्न कानूनी रुपमा सक्षम हुनुपर्छ, जसको मतलब तिनीहरु नाबालिग, मानसिक रुपमा असक्षम वा कानूनद्वारा अयोग्य ठहर भएको हुनु हुँदैन। 
  • संविदात्मक अभिप्राय – करारका पक्षहरुबीच कानूनी सम्बन्ध सिर्जना गर्ने इरादा र करारका सर्तहरु पालना गर्ने अभिप्राय हुनुपर्छ।
  • स्वतन्त्र सहमति – करकाप, जालसाज, अनुचित प्रभाव वा झुक्यानमा पारी वा गल्तीबाट प्रभावित नभई, पक्षहरु बीच स्वतन्त्र सहमति हुनुपर्छ।
  • कानूनद्वारा स्पष्ट रुपमा बदर घोषित हुनु हुँदैन – कुनै पनि सम्झौतालाई कानूनले स्पष्ट रुपमा बदर घोषित गरेको हुनुहुँदैन।
  • निश्चितता र सम्भावना – सम्झौताका सर्तहरु स्पष्ट, निश्चित र कार्यसम्पादन गर्न सक्षम हुनुपर्छ।
  • कानूनी औपचारिकता – सम्झौताले कानूनद्वारा निर्धारित सबै कानूनी औपचारिकताहरु पुरा गर्नुपर्छ। 

 

उल्लिखित तत्वहरु वैद्य र कानून बमोजिम कार्यन्वयन हुने करारको आधारभूत आवश्यकताहरु हुन्। 

 

करारको उल्लङ्घन गरेमा के हुन्छ ?

करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा, करार बमोजिम आफूले गर्नु पर्ने काम निजले नगर्ने कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारवाही र आचरणबाट निज करार बमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ। यसरी करार उल्लङ्घनबाट भएकोमा त्यसबाट मर्का पर्ने पक्षले करार उल्लङ्घनबाट भएको वास्तविक हानि वा नोक्सानी, करार उल्लङ्घन गर्ने पक्षबाट भराई लिन पाउनेछ।

मुलुकी देवानी संहिता २०७४ ले करार साथै व्यक्तिसँग सम्बन्धीत कानून समेट्छ। यसले व्यक्ति सम्बन्धि कानून, पारिवारिक कानून, सम्पत्ति सम्बन्धी कानून, र निजी अन्तर्राष्ट्रिय कानूनहरु लाई एकीकरण र आधुनिकीकरण गरी समेटेकोछ। संहिताद्वारा सम्बोधन गरिएका केही प्रमुख क्षेत्रहरु:

  • व्यक्ति सम्बन्धी विषय – संहिताले विवाह, सम्बन्ध विच्छेद, धर्मपुत्र धर्मपुत्री, माथवर, संरक्षकत्व आदि सम्बन्धी विषयहरुलाई सम्बोधन गर्दछ।
  • सम्पत्ति कानून – यसले सम्पत्तिको हक, स्वामित्व, हस्तान्तरण, धितो, बहाल, बण्डा सम्बन्धि विषयहरु समेट्छ।
  • दुष्कृति – यसले लापरवाही, मानहानी, अनाधिकृत प्रवेश र क्षतिहरुसँग सम्बन्धीत दायित्वहरुका विषय समेटेको हुन्छ।
  • पारिवारिक कानून – यसले संरक्षकत्व, माथवर, मातृक तथा पैत्रिक अख्तियारी, मासिक खर्च तथा पारिवारिक विवाद समाधानसँग सम्बन्धीत मामिलाहरु समावेश गर्दछ।