स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९

के तपाईँ आफ्नै व्यवसाय सुरु गर्दै हुनुहुन्छ ? तपाईँका नवीन विचारहरुलाई प्रोत्साहन गर्न र स्टार्टअपहरुलाई प्रवर्धन गर्नका लागि नेपाल सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ परिचय गराएको छ। सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा यसका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ, जसको प्रभावकारी कार्यान्वयन भएमा कम्तीमा १०० स्टार्टअपले रकम पाउन सक्नेछन्।    […]

के तपाईँ आफ्नै व्यवसाय सुरु गर्दै हुनुहुन्छ ?

तपाईँका नवीन विचारहरुलाई प्रोत्साहन गर्न र स्टार्टअपहरुलाई प्रवर्धन गर्नका लागि नेपाल सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ परिचय गराएको छ। सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा यसका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ, जसको प्रभावकारी कार्यान्वयन भएमा कम्तीमा १०० स्टार्टअपले रकम पाउन सक्नेछन्। 

 

स्टार्टप उद्यम वा व्यवसायका मापदण्ड

  • उद्यम वा व्यवसाय स्थापना वा संचालन भएको सात वर्ष ननाघेको साथै चुक्ता पूंजी रु ५० लाख भन्दा बढी नभएको
  • स्थिर पूंजी (घर जग्गाको मूल्य बाहेक) रु २ करोड भन्दा बढी नभएको साथै उद्यममा पूर्णकालिन कामदारको संख्या दश जना भन्दा बढी नभएको
  • कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्याको समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सृजनशिल सोचको प्रयोगको कार्य भएको साथै उद्यमले वार्षिक रुपमा गर्ने कूल खर्चको कम्तिमा ५ प्रतिशत अंश उत्पादन विकास, बजार विकास एवं अनुसन्धान र विकासमा खर्च गर्ने गरेको 
  • उद्यमको बौद्धिक सम्पत्तिको पेटेन्ट वा डिजायन वा सफ्रटवेयर दर्ता भएको वा पेटेन्ट वा डिजायन वा सफ्टवेयर दर्ता गर्न योग्य रहेको।
  • स्टार्टअप उद्यमको रुपमा सञ्चालन गर्न सकिने उद्यमका क्षेत्रहरु देहाय बमोजिम १४ वटा रहनेछन्-
    • कृषि तथा पशुपन्छीमा आधारित, 
    • वन(जडीबुटी, वन पैदावार) मा आधारित, 
    • पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, 
    • विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित,
    • मानव स्वास्थ्य सेवासँग सम्बन्धित,
    • शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित,
    • सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित,
    • पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित,
    • अटोमोबाइलसँग सम्बन्धित,
    • परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित,
    • खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित,
    • घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने,
    • खाद्य उत्पादन तथा प्रशोधन,
    • फोहोरमैला व्यवस्थापन तथा वातावरण।

स्टार्टअप उद्यम कार्यक्रमलाई व्यवस्थित गर्न, उद्यमहरूलाई ऋण दिने मापदण्ड तय गर्न, नयाँ उद्यमीहरूबाट परियोजना प्रस्तावहरू आमन्त्रित गर्न, प्रस्तावित परियोजनाहरूको छनोट र मूल्याङ्कन गर्न र स्टार्टअप उद्यमहरूको लागि ऋण अनुरोध गर्न “स्टार्टअप उद्यम कार्यान्वयन समिति” गठन गरिनेछ।

 

मूल्याङ्कन प्रक्रिया

  • इच्छुक उद्यमीहरुबाट प्रस्ताव आमन्त्रित गर्ने र ऋणका लागि प्रस्तावित परियोजनाहरुको विवरण तयार गर्ने।
  • प्राप्त प्रतिवेदनका आधारमा समितिले परियोजनाको एकीकृत मूल्याङ्कन प्रतिवर्दन तयार गरी कर्जा प्रवाहको लागि प्राथमिकिकरण सहित उत्कृष्ट परियोजनाको छनौट गरी विभाग समक्ष सिफारिस गर्ने छ। प्रस्तावित परियोजना समितिमा पेश भएको तीस दिनभित्र मूल्याङ्कन र छनौट गरी कर्जा प्रवाहको लागि सिफारिस गर्नुपर्नेछ।
  • विभागले स्टार्टअप उद्यमीलाई आफ्नो प्रस्ताव विभागमा बुझाउनुपर्ने सूचना जारी गरेपछी उद्यमीले उक्त प्रस्ताव २१ दिनभित्र बुझाउनुपर्नेछ। 
  • त्यसपटि सिफारिस भएको परियोजनाको विवरण कर्जा प्रवाहको लागि नेपाल राष्ट्र बैङ्कलाई लेखी पठाउनु पर्ने छ। सिफारिस भएको परियोजनाको विवरण नेपाल राष्ट्र बैङ्कले तत्काल सम्बन्धित कर्जा प्रवाह गर्ने बैंकलाई उपलब्ध गराउनु पर्नेछ।
  • बैङ्कले समितिबाट भएको सिफारिसको आधारमा सम्बन्धित प्रस्तावक उद्यमीलाई दुई किस्तामा कर्जा प्रवाह गर्नुपर्नेछ र पहिले किस्ता वापत स्वीकृत कर्जा रकमको पचास प्रतिशत रकन प्रवाह गर्नुपर्नेछ। उद्योग मन्त्रालयले परियोजना धितो राखी स्टार्टअपहरुलाई सहुलियत व्याजदरमा ऋण र पुँजी उपलब्ध गराउँछ।
  • तोकिएका बैंकहरूले राष्ट्र बैंकले सिफारिस गरेको ३ दिनभित्र स्टार्टअप उद्यमीसँग सम्झौता गर्नुपर्नेछ र उद्यमीले सम्झौतामा हस्ताक्षर गरेको ३ कार्यदिवसभित्र ऋणको पहिलो किस्ता प्राप्त गर्नेछन्।